कुन राशिले कस्तो रङ प्रयोग गर्ने ? वाशुदेव शास्त्रीको सुझाव

घर तथा अफिसमा रङ लगाउँदा ध्यान दिनु जरुरी छ । राशिअनुसार शुभ रङको छनौट गर्नुपर्ने हुन्छ । घर तथा अफिसमा घरमूली, कार्यकारी प्रमुख वा शेयर होल्डरको राशिअनुसार रङको छनौट गर्न सकिन्छ । निवासस्थान, प्रमुखद्धार, बैठक कोठा आदिमा वास्तुशास्त्रअनुसार विचार पु¥याएर रङ लगाउँदा काममा सफलता, उत्साह र उमंग आउँछ । कुन राशिका व्यक्तिले कुन रङ लगाउँदा उपयुक्त हुन्छ ?

367B408218B985F-icon.png
2928views
94190BE3865FBF0-Basu-Dev-Sastri.jpg

घर तथा अफिसमा रङ लगाउँदा ध्यान दिनु जरुरी छ । राशिअनुसार शुभ रङको छनौट गर्नुपर्ने हुन्छ । घर तथा अफिसमा घरमूली, कार्यकारी प्रमुख वा शेयर होल्डरको राशिअनुसार रङको छनौट गर्न सकिन्छ । निवासस्थान, प्रमुखद्धार, बैठक कोठा आदिमा वास्तुशास्त्रअनुसार विचार पुर्याएर रङ लगाउँदा काममा सफलता, उत्साह र उमंग आउँछ ।

शैक्षिक संस्था, स्कुल, कलेज, शैक्षिक परामर्श केन्द्र लगायतमा सेतो र क्रिम रङ शुभ मानिन्छ । हस्पिटल तथा स्वास्थ्य सेवा केन्द्रहरुमा हल्का नीलो, हरियो, उज्यालो र मिश्रित रङ शुभ हुन्छ । घरमा लगाउने रङ हल्का सुनौलो, हरियो, मिश्रित रङ शुभ मानिन्छ । गेटमा कहिल्यै कालो रङ लगाउन हुँदैन ।

वस्तुसम्मत र सम्पूर्ण प्राकृतिक सिद्धान्तलाई आत्मसात गरी रङ लगाउने हो भने सुख, शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ । व्यवसायिक उन्नतिका लागि कर्पोरेट वास्तुलाई अनुसरण र उद्योग व्यवसायमा समुचित रङको प्रयोगले प्रगति बढ्दै जाँदा राष्ट्रिय उन्नतीमा सफलताको शिखर चढ्न सकिन्छ ।  

कुन राशिका व्यक्तिले कुन रङ लगाउँदा उपयुक्त हुन्छ ?

मेष र वृश्चिक

यी राशिको स्वामी मंगल भएको हुनाले मंगल ग्रहको रङ रातो, मिश्रित, गुलावी, सिलभर, हल्का फुस्रो हुन्छ । र, मेष र वृश्चिक राशिका व्यक्तिलाई यि रङ शुभदायक हुन्छन् । वृष र तुला

यी राशिको स्वामी ग्रह शुक्र हो । शुक्र ग्रहकको रङ भनेको सेतो, उज्यालो, घिउ, खैरो, फुस्रो, सिल्भर हो । घरमुली वा अफिसको कार्यकारी प्रमुखको राशिअनुसार यो रङको प्रयोग गर्न सकिन्छ । स्फटिक रङ शुभ हुन्छ ।

मिथुन र कन्या

यी राशीको स्वामी बुध ग्रह हो । बुधको रङ हरियो, खैरो, पहेँलो, गाढा हरियो र दुबो रङ हो । यस्तो रङ लगाउँदा सफलता मिल्छ । मिश्रित कार्य, व्यापार, व्यवसाय, आवसमा राशिअनुसार यो रङ शुभ मानिन्छ ।

कर्कट

कर्कट राशिको स्वामी चन्द्रमा हो । चन्द्रमाको रङ सेतो, दुधिलो, फिका सेतो मानिन्छ । राशिअनुसार यो रङको प्रयोग गर्दा सुख, शान्ति, सफलता प्राप्त गर्न सकिन्छ ।

सिंह

सिंह राशिको स्वामी सूर्य हो । सूर्यको रङ रातो, सप्तरंगी, गुलावी मानिन्छ । यो राशिका व्यक्तिले रातो, सप्तरंगी र गुलावी रङ लगाउँदा उत्तम मानिन्छ ।

धनु र मीन

यो राशिको स्वामी वृहस्पती हो । वृहस्पतीको रङ सुनौलो, पहेँलो, सुगा रङ, गाढा पहेँलो, बेसारे, केशरिया तथा मिश्रित मानिन्छ । यो रङको प्रयोग गर्दा उन्नति, प्रगति प्राप्त हुन्छ ।

मकर र कुम्भ

यो राशीको स्वामी शनि हो । शनिको रङ भनेको आकाशे, गाढा निलो, हल्का निलो, कालो मिश्रित टाटेपाटे, छिर्केमिर्के, धर्के, हल्का ध्वाँसे मानिन्छ ।

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

चालू आवमा रियल इस्टेट क्षेत्रको वृद्धिदर पाँच वर्षयताकै उच्च रहने प्रक्षेपण

निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण

यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरेका शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

2B03A689B319B09-Home-For-Vastu.jpg

घरमा सुख र समृद्धि भित्र्याउन वास्तुशास्त्रका ७ सल्लाह

A7CC0D77CEBA37A-land.gif

कसरी छनोट गर्ने राम्रो घडेरी ? वास्तुबिद् वासुदेव शास्त्रीका टिप्स यस्ता छन्

EAE5FD3434675AB-home.jpg

विहानै यी काम गर्दा घरमा सुख–समृद्धि आउँछ