कसरी छनोट गर्ने राम्रो घडेरी ? वास्तुबिद् वासुदेव शास्त्रीका टिप्स यस्ता छन्

प्राचिन वैदिक वास्तुशास्त्रमा घर तथा व्यवसायिक भवन बनाउने घडेरीका लागि उपयुक्त अनुपयुक्त भूमि छुट्याउन निम्न कुराको गहिरो बिचार विमर्श गरेको पाइन्छ ।

367B408218B985F-icon.png
1169views
A7CC0D77CEBA37A-land.gif

आजकल वास्तुशास्त्रमा धेरैको चासो छ । मुलतः मानिसहरु घर बनाउँदा वास्तुशास्त्रलाई पालना गर्न खोज्छन् । तर, उत्कृष्ट वास्तुका लागि जमिनको छनौटदेखि नै ध्यान पु¥याउनु जरुरी छ ।  

प्राचिन वैदिक वास्तुशास्त्रमा घर तथा व्यवसायिक भवन बनाउने घडेरीका लागि उपयुक्त अनुपयुक्त भूमि छुट्याउन निम्न कुराको गहिरो बिचार विमर्श गरेको पाइन्छ । माटोको रंग, समलता, उब्जनी, दिशाका आधारमा जमिनको बर्गीकरण गरी कस्तो जमिन कस्तो प्रयोजनका लागि उपयुक्त हुन्छ भनी ब्याख्या गरिएको छ । वास्तुविद् आचार्य वासुदेव शास्त्री ले ‘वैदिक ज्ञान–विज्ञान’ पुस्तकमा उल्लेख गर्नुभएका केही महत्वपूर्ण जानकारी र टिप्स यसप्रकार छन् । 

माटोको रङको आधारमा

घर बनाउन लागेको घडेरीको माटोको रङ कस्तो छ भनेर वास्तु–शास्त्रका आधारमा पाँच तरिकाले परीक्षण गरिन्छ ।

  1. छुँदा नरम, हेर्दा कमेरो माटो, मिठो स्वाद दिने खालको माटो भएको हुनाले घडेरी ब्राहमणी नामले चिनिन्छ । यस्तो ठाउँमा घर बनाउनाले सुख, शान्ति पाइन्छ । यस्तो घडेरी सर्वोत्तम मानिन्छ ।
  2. रातो माटो भएको, छुँदा अलि कठोर, चाम्रो, डल्ला डल्ला परेको, धुजा धुजा परेर माथिमाथि चर्केको चिम्टाइलो भूमिलाई क्षेत्रीया घडेरी भनिन्छ । यस्तो घडेरी बलवर्धक, तेज र वीरता बढाउने हुन्छ । यस्तो घडरी उत्कृष्ट मानिन्छ ।
  3. पहेलो तथा हरियो रङ भएको, छुँदा धेरै कडा वा नरम नभएको मध्यम खालको माटोको स्वाद अमिलो अमिलो भएको घडेरीलाई वेश्या घडेरी भनिन्छ । यस्तो घडेरीमा उद्योग व्यापारका लागि भवन निर्माण गर्न सकिन्छ ।
  4. छुँदा साह्रै अरठ्ठ परेको, कठोर कालो रङ भएको, स्वाद नमिठो भएको घडेरीलाई शुद्रा घडेरी भनिन्छ । आवासका लागि यस्तो घडेरी राम्रो मानिदैन । कुनै व्यवसायिक भवन निर्माणको काम गर्नु नै राम्रो हुन्छ । रङ, सुगन्ध, अवस्था मिश्रित भूमिमा स्कुल, क्याम्पस लगायत शिक्षा प्रदान गर्ने भवन बनाउँदा शुभ मानिन्छ ।
  5. कोमल सेतो माटोले युक्त ज्ञान–विज्ञान व्यापारी गृहस्थीदेखि लिएर सबैका लागि सर्वोत्तम, क्षत्रीय भूमि कल कारखाना, किल्ला, ब्यारेक, तालिम केन्द्र बनाउन उत्कृष्ट, व्यापारिक क्षेत्र, व्यवसायिक प्रतिष्ठान, कलकारखाना, गोदाम, बजार आदि बनाउन वैश्य भूमि शुभ मानिन्छ । शुद्र भूमि कठोर फलाम, सिमेन्ट उद्योगका लागि वृक्षरोपण, औषधि उद्योग र हस्पिटलका लागि राम्रो मानिन्छ । यदि वास्तुको नियमलाई  भङ्ग वा अतिक्रमण गरिएमा राम्रो हुँदैन ।

समलताका आधारमा

वस्तु शास्त्रमा समतलताको आधारमा घडेरीलाई मुख्य चार प्रकारमा विभाजन गर्न सकिन्छ ।

कर्मपृष्ठ

बीचमा अग्लो एवं चारैतर्फ भिरालो भएको घडेरीलाई कूर्मपृष्ठ (कछुवा ढाडे) घडेरी भनिन्छ । यस्तो भूमिमा आवास बनाउनाले जीवनमा सुख, समद्धि, उल्लास र बलवृद्धि हुन्छ ।

गजपृष्ठ

जुन घडेरी चार कुना उठेको छ र बीचमा सामान्य होचो छ, त्यस्तो घडेरीलाई गजपृष्ठ (हात्तीढाडे) घडेरी भनिन्छ । यस्तो घडेरीमा निवास गर्नाले आयु, आरोग्य, ज्ञान र धनको वृद्धि हुन्छ ।

दैत्यपृष्ठ

जुन घडेरी पूर्व र उत्तरतर्फ अग्लो र पश्चिमतिर होचो छ,। त्यस्तो घडेरीलाई दैत्यपृष्ठ (दैत्यढाडे) घडेरी भनिन्छ । यस्तो ठाउँमा आवास बनाउनाले हानी हुन्छ । विशेष गरेर चौपाया, सन्तती र आर्थिक पक्षमा समस्या उत्पन्न गराउँछ ।

नागपृष्ठ

पश्चिम–पूर्वमा लामो सोतो भएको, माझमा होचो, दक्षिण–उत्तरमा अग्लो भएर उठेको घडेरीलाई नागपृष्ठ (नागढाडे) घडेरी भनिन्छ । यस्तो घडेरीमा आवास बनाउनाले घरमूलीको स्वास्थ, आफन्त, बन्धु–बान्धवसँग झै–भगडा र दुःख हुन्छ । मुख्य गरेर उपयुक्त चार प्रकारका घडेरी बाहेक अरु गोवीथी, गजवीथी, यमवीथी, भूतवीथी, वैश्वानरवीथी, धनवीथी आदिमा पनि विभाजन गरेको पाइन्छ ।

पत्र–पत्रका आधारमा 

भूमिमा माटो, ढुंगा, ग्यास, खनिज पदार्थ र पानीको समन्वय भएको हुन्छ । माटो विभिन्न चट्टान, पत्र–पत्र परेको विभिन्न खालको हुन्छ । एकै ठाउँमा पनि खन्दै जाँदा विभिन्न पत्रहरु पाइन्छ । पत्रका आधारमा भूमिलाई चार भागमा वर्गीकरण गर्न सकिन्छ,

कडा

कडा खालको पत्रले युक्त भएको भूमिलाई कडा भूमि भनिन्छ । यस्तो भूमि पानी जम्मा भए पनि धसिदैन । यस्तो भूमि चिरा–चिरा भएर फुट्दैन । यस्तो भूमिमा आवास बनाउँदा सर्वोत्तम हुन्छ ।

सामान्य

आकाशबाट परेको पानीलाई केही मात्रामा शोषण गर्न सक्ने, नरम खालको, चिरा–चिरा नभएको भूमिलाई सामान्य भूमि भनिन्छ । यस्तोमा आवास बनाउन सामान्य भनिन्छ ।

गेंगरी

बालुवा, स–साना ढुंगा मिसिएको, खस्रो खालको, चार हप्तादेखि सात हप्तासम्मको कतै बालुवा, कतै ढुंगा, कतै कडा माटो भएको भूमिलाई गेंगरी भूमि भनिन्छ । यस्तो भूमि आवासका लागि उत्कृष्ट मानिन्छ ।

पाकिला

बाक्लो माटो भएको, विभिन्न खालको रङ भएको माटो, कतै ढ¥याङ परेको भूमिलाई पाकिला भूमि भनिन्छ । यस्तोमा कलकारखाना बनाउँदा उत्तम मानिन्छ ।

उब्जनीका आधारमा

वास्तु–शास्त्रले घडेरीको शुभाशुभको लागि उब्जकीका आधारमा यसरी चार प्रकारले वर्गीकरण गरेको पाइन्छ ।

सवोत्तम

जुन भूमि हरियो–परियो छ । जसमा अमला, आँप, पलाँस आदिका फलफुलहरु पहिलेदेखि नै उब्जिने गरेका छन् त्यस्तो भूमिलाई सर्वोत्तम भूमि मानिन्छ । यस्तो भूमिमा आवास बनाउँदा सर्वोत्तम हुन्छ ।

उत्कृष्ट

जुन भूमिमा कृषि कार्यको रुपमा बाली लगाउँदै गरिएको छ । त्यसमा बालीको उब्जनी पनि राम्रो भइरहेको छ भने त्यस्तो भूमिलाई उत्कृष्ट भूमि भनिन्छ । यस्तोमा आवास बनाउनु पनि शुभ मानिन्छ ।

सामान्य 

जुन भूमिमा फूलहरुका बुट्टा, झाडी, काँडाघारी, जंगल छ र त्यसलाई फाँडेर घडेरी तयार गरिएको छ भने त्यस्तो भूमिलाई सामान्य भूमि मानिन्छ । यस्तो भूमि आवास निर्माणका लागि सामान्य मानिन्छ 

निकृष्ट (नीच)

जुन भूमि जलथल (भासयुक्त) परेको, हिलो, पानीको गन्ध आउने फोहोर फ्याँक्ने ठाउँ, दुर्गन्धयुक्त स्थानमा छ, त्यस्तो भूमिलाई निकृष्त भूमि भनिन्छ । यस्तो भूमिमा आवास बनाउनाले सुख प्राप्ती हुँदैन र

दिशाका आधारमा

आवास बनाउने घडेरीको मध्य वागबा पर्ने दिशाहरुका आधारमा पनि घरमा बास बस्नेहरुलाई प्रभाव पारिरहेको हुन्छ । त्यसैले वास्तु शास्त्रमा यसका बारेमा पनि केही निश्चित नियमहरु उल्लेख गरिएका छन् ।

  1. घडेरी समतल ९० डिग्री कोणमा हुनुपर्छ । वर्षातामा पानी परेको पानीको ईशान कोणमा बग्ने हुनुपर्छ । वास्तु शास्त्रमा आकाशबाट परेको पानीको वहावको आधारमा पनि शुभाशुभ हेर्ने गरेको पाइन्छ ।
  2. उत्त दिशामा बग्ने भएमा धन प्राप्ती, पश्चिमतिर बग्ने भएमा सन्तानमा समस्या, दक्षिणतिर बग्ने भएमा अशुभ फल दिने हुन्छ । पूर्वतिर बग्ने भएमा सम्पूर्ण क्षेत्रमा शुभ प्रमाव पार्ने हुन्छ । जुन घडेरीमा चारै कोण मिलेको छैन, त्यस्तो घडेरी पनि अशुभ मानिन्छ । तर, ईशान कोणमा चोसे भएको र ईशान बढेको भए शुभ मानिन्छ ।

यसरी आफ्नो आम्दानीको ठूलो हिस्सा लगानी गरेर बनाउने घरको घडेरी किन्दा नै धेरै कुरामा ध्यान दिनुपर्छ । त्यसमा पनि प्रमुख कुरा घरसम्म पुग्ने बाटो पहिलो प्राथमिकतामा पर्छ । घडेरी किन्दा पहिले घरबाट पर्ने दिशाहरुमा पनि प्रष्ट ज्ञान हुनुपर्छ । साथै, घरबाट कता कता बाटो, वृक्ष, डाँडा, मन्दिर पर्छन् यस बारेमा पनि प्रष्ट हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस : 

घर कता फर्काएर बनाउने, केके हुन् अशुभ ? यस्ता छन् बासुदेव शास्त्रीका सुझाव

बास्तु विज्ञान : घर बनाउनुअघि जान्नैपर्ने १३ कुरा

यी हुन् घडेरी किन्दा विचार पुर्‍याउनुपर्ने कानुनी कुराहरू

वास्तु मिलेको घरमा बस्दा सुख, सौभाग्य र आयु आरोग्यमा वृद्धि

घरमा सुख र समृद्धि भित्र्याउन वास्तुशास्त्रका ७ सल्लाह

 

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

चालू आवमा रियल इस्टेट क्षेत्रको वृद्धिदर पाँच वर्षयताकै उच्च रहने प्रक्षेपण

निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण

यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरेका शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

2B03A689B319B09-Home-For-Vastu.jpg

घरमा सुख र समृद्धि भित्र्याउन वास्तुशास्त्रका ७ सल्लाह

6E84DE76727210F-basudev-krishna-sastri-fina.gif

वैदिक कालगणना र नयाँ वर्ष [वासुदेव शास्त्रीको लेख]

94190BE3865FBF0-Basu-Dev-Sastri.jpg

कुन राशिले कस्तो रङ प्रयोग गर्ने ? वाशुदेव शास्त्रीको सुझाव