घरमा सुख र समृद्धि भित्र्याउन वास्तुशास्त्रका ७ सल्लाह

वास्तुशास्त्रलाई भवन निर्माण विधाको विज्ञान भनेर पनि अर्थ लगाउन सकिन्छ । यो विज्ञानको यस्तो दिशा हो जसले प्रकृतिका पाँच तत्वहरु हावा, पानी, पृथ्वी, अन्तरिक्ष र आगोलाई समायोजन गरी तिनलाई मानिस र घरको सामाग्रीसँग सन्तुलित पार्छ ।

367B408218B985F-icon.png
6722views
2B03A689B319B09-Home-For-Vastu.jpg


वास्तुशास्त्र भनेको विज्ञान, कला, खगोल विज्ञान र ज्योतिष शास्त्राको अद्भूत मिश्रण हो । यो पनि भन्न सकिन्छ कि, यो एउटा प्राचिन रहस्यमय विज्ञान वा भवन संरचना निर्माणको दर्शन हो जसले हाम्रो जीवन अझ राम्रो बनाउनमा सहयोग पुर्याउँछ। 

वास्तुशास्त्रलाई भवन निर्माण विधाको विज्ञान भनेर पनि अर्थ लगाउन सकिन्छ । यो विज्ञानको यस्तो दिशा हो जसले प्रकृतिका पाँच तत्वहरु हावा, पानी, पृथ्वी, अन्तरिक्ष र आगोलाई समायोजन गरी तिनलाई मानिस र घरको सामाग्रीसँग सन्तुलित पार्छ ।

वास्तुशास्त्र को आधारभूत सिद्धान्त भनेको घर बनाउँदा वातावरणलाई सन्तुलित पार्नु हो जहाँ हामीले मानसिक सान्त्वना पाउन सक्नुका साथै स्वास्थ्य, धन, सौभाग्य र संवृद्धिलाई वृद्धि गर्ने अवसर पाउन सक्छौं । 

यद्यपी यो कुनै जादुमय कुरा होइन कि जसले गर्दा रातारात तपाईको जीवनमा परिवर्तन ल्याउँछ । यो एउटा अनुशासन र अभ्यास पनि हो जसको अनुशरण गर्नाले तपाईंको जीवनमा क्रमिक सुधार आउँछ । 

सामान्यतया भवनहरु वास्तुशास्त्र का सिद्धान्त अनुरुप निर्माण गरिने भएता पनि थप त्यसमा केहि वास्तुका सल्लाहहरु छन् जसलाई हामी घरको सजावटमा पालना गरेर हाम्रो जीवनमा खुशी र समृद्धि ल्याउन सक्छौं ।

हामीले वास्तुका ७ सामान्य सरल सुझावहरु संकलित गरेका छौं जसले हाम्रो घरमा भाग्य र धन ल्याउन सक्छ ।

१) घरमा समृद्धिको प्रवेशद्धार 

एउटा सुन्दर प्रवेशद्धारले धन र समृद्धिलाई आकर्षित गर्छ । वास्तुहशास्त्रका अनुसार उत्तर वा पूर्वी दिशा प्रवेशद्धारका लागि उत्तम मानिन्छ । यसलाई राम्रोसँग व्यवस्थित तरिकाले उज्याालो रहने गरी राख्नुहोस् । ढोका काठले बनाइएको हुनु राम्रो हुन्छ । त्यहाँ जुत्ता र्याक वा जुत्ता चप्पलहरु नराख्नुरहोस् किनभने यसले घर भित्र सकारात्मक उर्जाको प्रवेशलाई अवरोध सिर्जना गर्छ । प्रवेशद्धारमा आफ्नो नेमप्लेट अवश्य राख्नुहोस् । 

२) घरमा प्रवेशद्धारको पर्खाल नांगो नराख्नुहोस्

यदि प्रवेशद्धारमा पर्खाल छ भने त्यसलाई खाली नराख्नुहोस् । नांगो पर्खालले एक्लोपनाको प्रतिनिधित्व गर्दै नकरात्मकता र दुःखको संकेतको बिम्ब झल्काउँछ । रचनात्मक कलाले भित्ता सजाउनुहोस् । आफ्नो अनुकुलता र रुची अनुसार त्यसमा भगवानको तस्विर झुण्ड्याउने र मूर्ति राख्न पनि सकिन्छ ।

३) खुशीले भरिपूर्ण बेडरुम

स्वास्थ्य नै धन हो । राम्रो र पर्याप्त निन्द्राबीना तपाईं स्वस्थ रहन सक्नु्हुन्न । शयन कक्ष जहिले पनि वास्तुको नियम अनुसार व्यवस्थित गरिनुपर्छ । बेडरुममा दिनको समयमा प्राकृतिक प्रकाश पुग्ने हुनुपर्छ ।

प्रत्येक दिन कम्तिमा पनि २० मिनेट झ्याल खोली कोठामा स्वच्छ हावाको सञ्चार हुनु जरुरी छ । शयन कक्षमा सिमित फर्निचर राख्नुका साथै भित्ताका रंग पनि सुखदायक हुनुपर्छ । यदि दुई जना सुत्ने कोठा भएपनि डबलको सट्टा एउटै विस्तरा राख्नुहोस् । यो एकता र सामिप्यताको प्रतीक हो । दक्षिण–पश्चिम दिशामा विस्तरा राख्नुहोस् तर कुनामा वा भित्तामा टाँसेर नराख्नुहोस् ।

४) राम्रो भाग्यको चित्रकला

वास्तुकला अनुसार नदिको दृश्य, बगिरहेको पानी वा सुनौलो माछाको चित्रकला भित्तामा राख्नाले तपाईंको घर र जीवनमा भाग्य र धनको वृद्धि हुन्छ । विशाल चित्रकलाले थप उर्जालाई आकर्षित गर्छ । प्रसस्त स्वच्छ हावा तथा प्राकृतिक प्रकाश वास्तुकलाको अभ्यासका लागि अत्यन्त महत्वपूर्ण पक्ष हुन् । यसले तपाईंको घरमा धन र समृद्धि भित्र्याउँछ त्यसैले घरमा प्रर्याप्त घाम र हावा छिर्ने कुराको निश्चित गर्नुहोस् । 

५) सकारात्मक उर्जाको वहाव

घरमा एक्वारियम ल्याउनुहोस् । यसले सकारात्मक उर्जा प्रदान गर्छ । एक्वारियमले भाग्य र धनलाई आकर्षित गर्छ । एक्वारियममा राखिएका माछाहरु स्वस्थ, सक्रिय र सधै गतिशिल छन् वा छैनन् भन्ने् कुरा निश्चित गर्नुहोस् । माछाको निरन्तरको चालले धनको प्रवाहलाई उर्जामय बनाउँछ । पानीलाई सधै सफा राख्नुतहोस् । कोठाको उत्तर–पूर्व स्थानमा एक्वारियम राख्नु उत्तम हुन्छ ।

६) शान्तिपूर्ण सह–अस्तित्व

वास्तुशास्त्र भनेको तपाईंको घर तपाईंको जीवनमा शान्ति र समृद्धि ल्याउन प्रकृतिको उर्जाहरुलाई सन्तुलनमा राख्ने र समायोजन गर्ने विज्ञान हो । हाम्रो अत्यावश्यक दैनिक प्रक्रिया भनेको भोजन आहार गर्नु हो । यसको लागि भान्सा सबैभन्दा महत्तवपूर्ण ठाँउ हो । भान्सा सन्तुलनमा रहनु अपरिहार्य हुन्छ किनकि यहाँ प्रकृतिका दुई विपरित शक्ति आगो र पानी रहन्छन् । चुल्हो र धारा कहिले पनि नजिक राख्नु हुँदैन । सम्भव भएसम्म आगो र पानीलाई टाढा राख्नका लागि चुल्हो र धारालाई एउटै लाइनमा नराख्नुहोस् ।

७) चम्किलो भाग्य

तपाईंको घर र जीवनमा सकरात्मक उर्जाको आकर्षण बढाउनको लागि झ्याल र ढोकाको सिसाहरु सधै सफा र चम्किलो राख्नुहोस् । यदि तपाईसँग ठाँउ छ भने झ्यालको बाहिरपट्टि सानो बगैंचा बनाउनुहोस् । अझ सकिन्छ भने बगैंचाको छेउमा स–साना ढुङ्गा बिछ्याई पानीको फोहरा (फाउन्टेन)को निर्माण गर्नुहोस् । 

फाउन्टेनलाई घरको उत्तर–पूर्वी दिशामा राख्नुुहोस् र पानीको प्रवाह स्थिर रहेको कुराको निश्चितता गर्नुहोस् । बगिरहेको पानीले सधै उर्जा र समृद्धि प्रवाहको संकेत गर्छ ।


 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

96E1B73EF5AF18F-Housing-final.jpg

अव्यवस्थित रुपमा निर्माण गरिएका हाउजिङमा बसोबास गर्दा मानसिक समस्या निम्तिन सक्छ

A7CC0D77CEBA37A-land.gif

कसरी छनोट गर्ने राम्रो घडेरी ? वास्तुबिद् वासुदेव शास्त्रीका टिप्स यस्ता छन्

94190BE3865FBF0-Basu-Dev-Sastri.jpg

कुन राशिले कस्तो रङ प्रयोग गर्ने ? वाशुदेव शास्त्रीको सुझाव