काठमाडौंलाई कस्तो शहर बनाउने ? प्राचीन कि आधुनिक ?

कुनै समय काठमाडौं (कान्तिपुर) को सौन्दर्यवाट मोहित भएर आदिकवि भानुभक्त आचार्यले अलकापुरी नगरी कविता लेखेका थिए । यो अलकापुरी नगरी वास्तुशिल्पको शहर हो । यसलाई ‘मन्दिरै मन्दिरको शहर’ पनि भनियो । ४०० ईशापूर्व पुरानो किरात सभ्यतालाई अझैपनि आफ्नो गर्भमा समेटेर बाँचेको यो शहरले आधुनिकतालाई पनि आत्मसात गर्दै गएको छ ।

367B408218B985F-icon.png
636views
BADC0DC41A045A6-B70402D522DDBB9-Kathmandu-1.gif

कुनै समय काठमाडौं (कान्तिपुर) को सौन्दर्यवाट मोहित भएर आदिकवि भानुभक्त आचार्यले अलकापुरी नगरी कविता लेखेका थिए । यो अलकापुरी नगरी वास्तुशिल्पको शहर हो । यसलाई ‘मन्दिरै मन्दिरको शहर’ पनि भनियो । ४०० ईशापूर्व पुरानो किरात सभ्यतालाई अझैपनि आफ्नो गर्भमा समेटेर बाँचेको यो शहरले आधुनिकतालाई पनि आत्मसात गर्दै गएको छ ।

अहिले मन्दिरै मन्दिरको यो शहरमा आधुनिक व्यापारिक भवन, सिनेमा घर, प्रविधियुक्त संरचनाहरु थपिएका छन् । आदिकवि भानुभक्तले भनेझै कतै दिल्लीजस्तो, कतै लन्डनजस्तो फेरि कतै वाराणसीजस्तै । आधुनिकता र प्राचीन शैलीको फ्युजन भएको छ यो शहर ।

सानो उपत्यकाको एउटा अत्याधुनिक शहर । गगनचुम्बी भवन, पानीको फोहोरा लहराईरहेका कृतिम ताल-तलैया, सुविधासम्पन्न सपिङ मल, सिनेमा घर, चिल्ला एवं फराकिलो सडक, ठाउँ-ठाउँमा ओभरफ्लाई, सुरुङ मार्ग । व्यवस्थित सार्वजनिक यातायात । बेतोडले दौडिरहने मोनो रेल । थरीथरी बिजुलीबत्तीले झलमल्ल शहर । यस्तो शहर, जहाँ प्रवेश गर्नसाथ आधुनिकताले परिपूर्ण शहरमा पुगेको अनुभूत गर्न पाइयोस् । करिब दुई हजार बर्ष पुरानो सभ्यता बोकेर ठडिएको काठमाडौं शहर कस्तो होस् ? आधुनिक वा प्राचीन ?

कस्तो नबनाउने काठमाडौं ?

हामी विकासको मोडलबारे कुरा गर्दा ‘कस्तो बनाउने’ भनेर चर्चा गछौर्ं । काठमाडौंलाई कस्तो बनाउने भन्दा पनि कस्तो नबनाउने भनेर चर्चा गर्नु सान्दर्भिक हुन सक्छ । काठमाडौंलाई हामी पूर्णतः प्राचीन शहरका रुपमा विकास गर्न सक्दैनांै । आजको युगमा त्यो सम्भव नहोला । किनभने काठमाडौं भनेको मुलुकको राजधानी हो । प्रमुख प्रशासनिक शहर हो । देशभरबाट उपचार गराउन, पढ्न, भविष्य बनाउनेहरु यहाँ आउने गर्छन् । यसर्थ काठमाडौं शैक्षिक हब हो । व्यापारिक केन्द्र हो । उपचार गन्तव्य हो । यी सबै कुरालाई व्यवस्थापन, सुलभ, सहज बनाउनका लागि काठमाडौंले आधुनिकतामा छलाङ मार्नैपर्छ ।

काठमाडौंलाई हामी नितान्त प्राचीन शहरका रुपमा फर्काउन सक्दैनौं । पूर्णतः अत्याधुनिक शहर पनि बनाउन सक्दैनौं । यसलाई प्राचीन वास्तुशिल्प सजाएर आधुनिक सेवा-सुविधाले भरिपूर्ण शहरका रुपमा कायम रहन दिनुपर्छ

यहाँ अत्याधुनिक व्यापारिक भवन हुनुपर्छ । यहाँ प्रविधिमैत्री अस्पताल रहनुपर्छ । यहाँ जीवनोपयोगी शिक्षालय बन्नुपर्छ । आधुनिक सडक संरचना बन्नुपर्छ । छरितो र सुविधायुक्त सार्वजनिक यातायात, होटल-लज उपलब्ध हुनुपर्छ । त्यसैले काठमाडौंलाई अब पूर्णप्राचीन मोडलमै फर्काउन त्यति उपयुक्त हुँदैन ।

यद्यपि काठमाडौंको पहिचान भनेकै पौराणिक वास्तुशिल्प हो । यहाँका मठ-मन्दिर र प्राचीन संरचना सदियौं पुरानो वास्तुशिल्पको नमुना हुन् । यही नै काठमाडौंको सौन्दर्य र चिनारी पनि हो । आज विश्वमा ठूल-ठूला र अत्याधुनिक शहर निर्माण भएका छन् । ती शहर आधुनिकताको उच्चतम् नमुना हुनसक्छ ।

किशोर थापा

तर, काठमाडौं ती शहर जस्तो होइन, जोसँग लामो इतिहास र सभ्यता छैन । काठमाडौंको सभ्यता त्यसबेला सुरु भएको मानिन्छ, जतिबेला विश्वका कतिपय शहर नै बसेको थिएन । कुनैबेला यो पवित्र तपोभूमी रहेको थियो । इतिहासको विभिन्न कालखण्डमा यस शहरलाई गोपाल वंश, महिषपाल वंश, किरात वंश,  लिच्छिवी वंश, मल्ल वंशले आ-आफ्नो सभ्यता र रीतिथिी िबसाउँदै आए ।

चारैतिर पहाडले घेरेको यो कचौरा जस्तो शहरसँग सदियौं पुरानो मानव सभ्यताको अवशेष छ । विश्वका कति आधुनिक शहरसँग त्यो प्राचिन सभ्यता छैन, जो काठमाडौंसँग छ । काठमाडौंले आज घोडेजात्रा मनाइरहेको छ, भोटेजात्रा मनाइरहेको छ, मछिन्द्रनाथको जात्रा मनाइरहेको छ, सिन्दुर जात्रा मनाइरहेको छ ।

शहर फगत भौतिक संरचनाहरुको थुप्रो र मान्छेहरुको भिडभाड मात्र होइन । शहरको आफ्नै कला, संस्कृति, रीतिथिति, चालचलन हुन्छन् । काठमाडौं यस्ता मौलिक कला-संस्कृतिको शहर पनि हो । यसहिसाबले हामी काठमाडौंलाई भौतिक सुख-सुविधाले परिपूर्ण अत्याधुनिक शहरको रुपमा मात्र कल्पना गर्न सक्दैनौं ।

काठमाडौंलाई हामी नितान्त प्राचीन शहरका रुपमा फर्काउन सक्दैनांै । यसैगरी पूर्णत अत्याधुनिक शहर पनि बनाउन सक्दैनौं । यसलाई एक प्राचीन वास्तुशिल्प सजाएर आधुनिक सेवा-सुविधाले भरिपूर्ण शहरका रुपमा कायम रहन दिनुपर्छ ।

हामीले प्राचीन सम्पदाको महत्व बुझेनौं

काठमाडौं भन्नासाथ कस्तो शहरको परिकल्पना गरिन्छ ? काठमाडौं मुलुककै सबैभन्दा ठूलो र प्रमुख शहर हो । मुलुकको राजधानी पनि । यो शहर त मुलुककै नमुना हुनुपर्ने । काठमाडौं प्रवेश गर्नासाथ मान्छेहरु रोमाञ्चक हुनुपर्ने । काठमाडौंको सौन्दर्य देखेर मोहित हुनुपर्ने । काठमाडौंको विकास-प्रविधि देखेर उद्वेलित हुनुपर्ने । काठमाडौंको सेवा-सुविधा पाएर धन्य हुनुपर्ने । तर, काठमााडौंको जुन परिकल्पना गरिन्छ, त्यस्तो छैन । आज काठमाडौं भन्नासाथ धुलो-धूँवा, दुर्गन्ध, कोलाहालको च्याम्बर जस्तै भएको छ ।

आज हामीले प्राचीन सम्पदाहरु मास्दै गयौं । त्यसको महत्व र मूल्यलाई बुझेनांै । जथाभावी संरचना निर्माण गर्ने, जग्गा प्लटिङ गर्ने, ढलहरु बनाउने, तारहरु टाङ्ने, पाइपहरु बिछ्यायौं । शहरको हरियाली हराउँदै गयो । पार्कहरु साँघुरिदै गए ।

आज काठमाडौंमा निर्धक्क पानी पिउन सकिँदैन, निर्धक्क सास फेर्न सकिँदैन, सुविस्ताले हिँडडुल गर्न सकिदैन, ढुक्कसाथ खानेकुरा खान सकिँदैन । किन ? किनभने यो शहर अस्तव्यस्त भयो । जतात्यतै फोहोर, दुर्गन्ध, घेरैघर, तार, जताततै पाइप । धरापजस्तै पो भयो काठमाडौं ।

यो शहर हाम्रो हो । हामीले नै यसको गरिमालाई बचाउने हो । तर, आज शहरप्रति हाम्रो सद्भाव छैन । शहरलाई हामीले आफ्नो ठानेका छैनौं । त्यही कारण शहरमा जे गरे पनि हुन्छ भन्ने मानसिकताको विकास भयो । शहरलाई हेला गर्न थाल्यौं । शहरलाई हामी आफैले कुरुप बनायौ र हामी आफैं गाली गर्दै हिँड्न था थाल्यौं ।

शहर भनेको घरहरु, मान्छेहरु मात्र होइनन् । यो एउटा सभ्यता पनि हो । शहरसँग त्यसको आफ्नै सभ्यता हुन्छ । सभ्यता भनेको त्यहाँको रीतिथिति, चालचलन हो । शहरमा बसोबास गर्नेहरुले यहाँको सभ्यतालाई बुझ्नुपर्छ । यसका लागि हामी आफैं पनि सभ्य हुनुपर्छ । आज हामी सभ्य हुने हो भने हाम्रो शहरको सभ्यता पनि गौरवपूर्ण हुनेछ ।

सजीव शहर

विश्वका थुप्रै शहर मलाई निर्जीव जस्तै लाग्छ । शहर त छ, तर सुनसान । मान्छे एउटै देखिँदैन । चहलपहल देखिँदैन । शहरको प्रकृति भनेको भिडभाड, हो-हल्ला पनि हो । तर, व्यवस्थित ढंगको । शहर चलायमान हुनुपर्छ । गतिशील हुनुपर्छ । शहर सजिब हुनुपर्छ । काठमाडौंलाई हामीले निर्जीव बन्न दिनुहुँदैन ।

काठमाडौंलाई सुन्दर र सुविधायुक्त बनाउनु हाम्रो दायित्व हो । यहाँका घर-बस्तीहरु हटाएर बगैंचा बनाउन, रुख रोप्न त्यती सम्भव छैन । बरु हरेक टोल-टोलमा, हरेक घर-घरमा फूल रोपौं । स-सना बुट्यन लगाऔं । घरको छत र बार्दलीमा ढकमक्क फूल फुलाऔं । कति हरियाली देखिन्छ । कति रंगबिरंगी देखिन्छ । सुगन्धित हुनेछ ।

सरकारले वा महानगरले रुख रोपिदिन्छ, फूल रोपिदिन्छ भनेर किन पर्खेर बस्ने ? हामी आफैं पनि गर्ने । पानीको समूचित प्रयोग गर्ने । जथाभावी ढल नमिसाउने । जथाभावी फोहोर मैला नमिल्काउने । हाम्रो शहर हामी आफै किन नबनाउने ?

सकेसम्म साइकल चढौं । पैदल हिँडौं । निजी सवारीभन्दा सार्वजनिक यातायातलाई प्राथमिकता दिऔ । बाटो काट्न जेब्राक्रस वा स्काइ बि्रज नै प्रयोग गरौं । एम्बुलेन्स, दमकल जस्ता आपतकालीन सेवाहरुलाई बाधा नपुर्‍याऔं । ब्रेल मार्ग, साइकल रुटमा गाडी पार्किङ नगरौं । पसल नथापौ । हाम्रो शहरमा हामी आफैं किन सभ्य नबन्ने ?

(शिव मुखियासँग कुराकानीमा आधारित)

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

6F3F14629B29E43-KTM.gif

थाहा पाईराख्नुस्, काठमाडौं महानगरभित्र भवन निर्माण गर्ने मापदण्ड

6A34614058A3624-B70402D522DDBB9-Kathmandu-1.gif

काठमाडौं महानगरले कति सम्पत्तीमा कति कर लगायो ? (विवरणसहित)

D067A161B32DB85-Jyakaranda-3.gif

फूलैफूलले सिंगारिएको काठमाडौं (फोटोफिचर)