के तपाईं घरमा भान्छाकोठा (किचन) बनाउँदै हुनुहुन्छ ? यदि भान्छाकोठा बनाउँदै हुनुहुन्छ भने वास्तु मिलाउन नबिर्सिनु होला । वास्तु मिलेको भान्छामा पकाएको खानाले परिवारमा सुस्वास्थ्य र आयष्य प्रदान गर्दछ ।
के तपाईं घरमा भान्छाकोठा (किचन) बनाउँदै हुनुहुन्छ ? यदि भान्छाकोठा बनाउँदै हुनुहुन्छ भने वास्तु मिलाउन नबिर्सिनु होला । वास्तु मिलेको भान्छामा पकाएको खानाले परिवारमा सुस्वास्थ्य र आयष्य प्रदान गर्दछ ।
घरको दक्षिण–पूर्वी भागलाई आग्नेय कोण भनिन्छ, यही कोणमा भान्छा बनाउँदा सबैभन्दा उत्तम मानिन्छ । भान्छामा जहिले पनि पूर्वतिर फर्केर पकाउन मिल्ने गरी चुल्हो जडान गर्न नबिर्सिनु होला ।
१) दक्षिण–पश्चिमको कुना (नैऋत्य) कोणमा पनि भान्छा बनाउन सकिन्छ । त्यहाँ पनि पूर्वतिर फर्केर खाना पकाउनु पर्छ । पानीको स्रोत भने भान्छा कोठाको उत्तर–पूर्व कुनामा हुनुपर्छ ।
२) फ्रिज, भारी समानहरु (पकाउने भाँडाकुँडा, र्याकहरु) जहिले पनि पश्चिमबाट पर्व फर्केर राख्नुपर्छ ।
३) सागसब्जी, अनाज, मरमसला, तेल, घ्यू लगायत सामाग्रीहरु पश्चिपपट्टि राख्नुपर्छ र
४) फिल्टर, तामाको भाडाकुँडा, काँसको भाडाकुँडा उत्तरपट्टि राख्नुपर्छ ।
५) सधै पूर्व फर्केर भोजन गर्नुपर्छ ।
६) खाएको थालमा कहिल्यै हात धुने, कुल्ला गर्ने गर्न हुँदैन । जसले त्यसो गर्छ, त्यसको भएको सम्पत्ति नाश भएर जान्छ ।
७) गरगहना लगायत बहुमूल्य सामानहरु भान्छाकोठामा राख्न हुँदैन ।
८) पूजाकोठा बनाउन परेमा उत्तर–पूर्वी कुना इशान कोणमा राख्नुपर्छ ।
दक्षिण–पूर्व कुनाको भान्छाघर
भान्छामा गरिने कार्यमध्ये अग्नी सम्बन्धी काम प्रमुख हो । त्यसैले भान्छाघरका लागि पूर्व–दक्षिणको बीचभाग अर्थात् आग्नेय कोणलाई निर्धारण गरिएको हो ।
भान्छाघर आग्नेय कोणमा बनाउन सम्भवन नभएमा पूर्व अथवा पश्चिममा पनि बनाउन सकिन्छ । सम्भव भएसम्म पूर्व र पश्चिमलाई विकल्पका रुपमा लिई आग्नेय कोणलाई प्राथमिकता दिनु नै उचित हुन्छ ।
भान्छा कोठामा गह्रौं खालका सामानहरु राख्दा कोठाको दक्षिणतर्फको भागलाई प्रयोग गर्दा उत्तम हुन्छ । यसका साथै किचनमा राखिएका ग्याँस, चुल्हो, बर्नर आादि मुख्य प्रवेशद्धारबाट देखिनु हुँदैन । भान्छा कोठामा खाना खाने व्यवस्था गरिन्छ भने खाना खाँदा पश्चिम र पूर्व–उत्तर फर्केर खान सकिन्छ । दक्षिण फर्केर भने खान हुँदैन । उभिएर कहिल्यै खान हुँदैन । उभिएर खाने मान्छेलाई नशा र प्रेसर, पेट तथा मधुमेह लगायत रोगहरु लाग्न सक्छ ।
भान्छाकोठामा सडेगलेका सामानहरु राख्नु हुँदैन । फलफूल, सागसब्जी, अन्न सडेमा तत्कालै व्यवस्थित ठाउँमा बिसर्जन गर्नुपर्छ । जुठा भाँडाहरु कहिल्यै पनि भन्छामा राती राख्न हुँदैन । विशेष गरेर तरल पदार्थ, दूध, घ्यू, तेल, पानी र चामल, दाल, नुन, मसला, खाना जहिले पनि छोपेर राख्नुपर्छ ।
वास्तुशास्त्रका अनुसार खाना खाँदा रिसाएर, प्रतिशोधको भावना राखेर, पकाउने मान्छेसँग रिसाउँदै कहिल्यै पनि भोजन गर्न हुँदैन । पकाउने मान्छेलाई धन्यवाद दिँदै र अन्य देवता अन्न दिने धर्ती मातालाई धन्यवाद दिँदै अन्नको प्रशंसा गर्दै भोजन गर्यो भने सुस्वास्थ्य र दीर्घायु प्राप्त हुन्छ ।
एउटै दिशामा एउटै थालमा निरन्तर खानाले कार्यसिद्धि र सफलता प्राप्त हुन्छ । तामा, सीसा, आल्मुनियमको थालमा काहिल्यै पनि भोजन गर्न हुँदैन । पानी तामाको भाडामा राखेर खायो भने सुस्वास्थ्य प्राप्त हुन्छ । गाग्री, खड्कुलोलगायत तामाका भाडाहरुमा अनाज, तेल, घ्यू, मह कहिल्यै राख्न हुँदैन ।
कच्चा घरहरुमा भान्छाकोठा बनाउँदा दैलोको छेउमा वा खाँबोको छेउमा चुल्हो बनाउनु हुँदैन । टिन, खर र खपडा तथा ढुंगाले छाएको घरमा भान्छा बनाउँदा सधै भुइँतलामा बनाउन पर्छ ।
भान्छाको चुल्हो पूर्व फर्केर पकाउने बनाउन पर्छ । पूर्व फर्किएर पकाएको भान्छा गर्नाले सुस्वास्थ्य र दीर्घायु प्राप्त हुन्छ ।