भान्सामा हुने साङ्लाबाट कसरी छुटकारा पाउने ? तपाईंले जान्‍नैपर्ने यी घरेलु उपाय !

साङ्लाहरुले घरको सौन्दर्य बिगार्ने काम गर्छन् र घरधनीलाई इर्रिटेट गरिरहेका हुन्छन्।  साङ्ला विभिन्‍न किसिमका रोगहरुको वाहक पनि हो । यी साङ्लाहरुको सामना गर्न र यसबाट उन्मुक्ति पाउन केहि घरेलु उपचार विधीको अवलम्बन गर्नु अनिवार्य रहन्छ ।

367B408218B985F-icon.png
4602views
E12F653BCDDA684-Cockroach.jpg

साङ्लाहरुले घरको सौन्दर्य बिगार्ने काम गर्छन् र घरधनीलाई इर्रिटेट गरिरहेका हुन्छन्।  साङ्ला विभिन्‍न किसिमका रोगहरुको वाहक पनि हो । यी साङ्लाहरुको सामना गर्न र यसबाट उन्मुक्ति पाउन केहि घरेलु उपचार विधीको अवलम्बन गर्नु अनिवार्य रहन्छ ।

कल्पना गर्नुहोस् कि तपाईं रातको १-२ बजे निन्द्राबाट बिउझिएर पानी प्यास लागेर भान्सामा पानी पिउनको लागि जानुभयो र त्यहाँ भान्साको सफा स्ल्याबमा साङ्लाहरु कुदिरहेका छन् । यस्तै बत्तीको स्वीच अन गर्न खोज्दा त्यसमा पनि साङ्ला नाचिरहेका छन् । यस्तो देखेपछि पक्कै पनि तपाईंलाई छटपटि हुन्छ र राम्रोसँग निदाउन पनि सक्नुहुन्‍न । तपाईंले सोच्‍नुपर्छ कि के कारणले गर्दा यी साङ्लाहरुले तपाईंको भान्सा कोठा ओगटेर बसेका छन् । 

हामी तपाईंलाई साङ्ला सम्बन्धि तथ्य र कसरी यसबाट छुटकारा पाउन सकिन्छ भन्‍ने बारेमा बताउन गइरहेका छौं  ।

भान्साकोठामा साङ्ला

साङ्लाले भान्सामा हामीले फालेका खानेकुराहरु खान्छ । खाएर त्यसले तपाईंको भान्सा कोठामा मलमुत्र बिसर्जन गरी फोहोर पार्ने काम गर्छ । यो किराले न्यानो, ओसिलो र अध्यारो वातावरण बढि रुचाउँछ । यसले धेरै चीजमा हानी पुर्याउँछ र दुर्घन्ध पनि फैलाउँछ । यसले खाने भनेको वनस्पतीजन्य पदार्थ, मासुजन्य पदार्थ, कागज, कपडा, अन्य स–साना किराहरु आदि हुन् । साच्चै भन्‍नुपर्दा साङ्लाले काँक्राबाहेक सबथोक खाने गर्छ ।

साङ्ला किन हानीकारक छ ?

साङ्लाले फोहोर र दुर्गन्ध बढाउनुको साथै विभिन्‍न किसिमका रोगहरु सार्ने काम पनि गर्छ । संवेदनशील व्यक्तिलाई यसले एलर्जीको समस्या उत्पन्‍न गराउँछ । साङ्ला झाडापखाला, हैजा, टाइफाइड, ज्वरो आदि रोग लगायत अन्य सरुवा रोगको संवाहक हो ।

भान्साकोठामा साङ्ला आउन नदिने उपायहरु

एउटा लोकप्रिय भनाई नै छ ‘उपचार भन्दा राम्रो रोकथाम हो’ । त्यस अनुरुप हामीले गर्नुपर्ने पहिलो काम भनेको हामी यो कुरामा निश्‍चित हुनुपर्छ कि साङ्लाहरु घर भन्दा बाहिर नै छन् र घर अथवा भान्सामा त्यसलाई आउने बाटो छैन । यसरी साङ्लालाई रोक्नको लागि केही व्यवहारिक कार्यहरु गर्नुपर्छ ।

  • घरको भित्ता र भुइँ बिच दुरी नराख्‍नुहोस् । खाली ठाँउ छ भने त्यसलाई राम्रोसँग पानी समेत पस्‍न नमिल्ने गरी बन्द गर्नुहोस् ।
  • चर्किएका भित्ता र पाइपहरु मर्मत गरी त्यसलाई टाल्नुहोस् ।
  • झ्यालका चौकसहरुमा भएका खाली ठाँउहरु टाल्नुहोस् ।
  • फर्निचरको पछाडि वा मुनि साङ्ला लुक्ने भएकोले बेलाबेलामा त्यसलाई हटाएर सफा गर्नुहोस् ।
  • जुठा भाडाकुडाहरु भान्सामा त्यसै नछोड्नुस् ।
  • सिंकको वरपर राम्रोसँग सफा गर्नुहोस् ।
  • सिंकको चारैतिर खाली ठाँउ नरहने गरी टाल्नुहोस् ।
  • भान्साकोठा सफा राख्‍नको लागि बेलाबेलामा कुचो लगाई मप गर्नुहोस् ।
  • साङ्ला फोहोरमा बढि देखिने हुदा डस्टबिनमा फोहोर धेरै कोचेर भाडा भन्दा अग्लो बनाएर नराख्‍नुहोस् । डस्टबिन भरीएपछि फोहोर एउटा झोलामा खनाएर त्यसलाई राम्रोसँग बाधेर व्यवस्थापन गर्नुहोस् र डस्टबिनको ढकनी सधै बन्द राख्‍नुहोस् ।

साङ्ला हटाउने उपायहरु

साङ्ला विभिन्न रोगको कारक तत्वमात्र नभएर यसले वातावरणलाई पनि अस्वस्थ र फोहोर बनाउँछ । अर्को खराब तथ्य यो हो कि तिनीहरु उड्न पनि सक्छन् । यसका साथै यीनीहरु चाँडै भयानक दरमा बढ्ने र फैलने भएकोले सक्दो चाँडो यसलाई नियन्त्रण गर्नु महत्वपूर्ण हुन्छ । यहाँ केहि घरेलु उपचार विधीहरु छन् जसको प्रयोगले धेरै हदसम्म साङ्लासँग लडि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

  • बोरीक एसिड, चिनी र गहुको पिठोको मिश्रण बनाएर साङ्ला आउने ठाँउहरुमा छर्नुहोस् ।
  • सिलिका जेल र चिनीको मिश्रण (३:१ को अनुपात) बनाएर साङ्ला आउने ठाँउहरुमा छर्नुहोस् ।
  • २५० मि.लि. पानीमा दश थोपा पुदिनाको तेल मिसाएर साङ्ला भएको ठाँउमा स्प्रे गर्नुहोस् (छर्कनुहोस्) ।
  • मरीचको धुलो, पिसेको लसुन र प्याजलाई एक लिटर पानीमा घोलेर साङ्ला भएको ठाँउमा स्प्रे गर्नुहोस् (छर्कनुहोस्) ।
  • नीमको पातलाई पानीमा घोलेर साङ्ला आउने ठाँउमा छर्कनुहोस् ।
  • एक लिटर पानीमा चार चम्चा डिटरजेन्ट पाउडर मिसाएर साङ्लालाई सिधै छर्किदिनुहोस् ।
  • टिनको भाडोमा केहि टुक्रा काक्रो राख्नुहोस् । यसो गर्दा रासायनिक प्रतिक्रियाले गन्ध उत्पन्‍न हुन्छ जुन साङ्लाको लागि हानिकारक साबित हुने गर्छ ।
  • तेजपत्तालाई धुलो बनाएर साङ्ला आउने ठाँउमा छर्नाले त्यसको गन्ध सहन नसकि साङ्ला आफै हराउदै जान्छ ।
  • साङ्ला आइराख्‍ने ठाँउमा बेकिङ सोडा र चिनीको मिश्रण छर्नाले पनि साङ्ला आउन सक्दैन ।
  • दालचिनीको धुलो बनाएर भान्साको वरपर छर्न सकिन्छ ।
  • एक लिटर तातो पानीमा एउटा कागती र दुई चम्चा बेकिङ सोडा मिसाएर राम्रोसँग घोलिएपछि भान्साको सिंकमा खनाउन सकिन्छ । यसो गर्दा साङ्लाहरु फैलन पाउदैन र भएका पनि पाइप बाट बगेर जान्छन् ।
  • बोरिक एसिड र चिनी मिसाएर पनि चारैतिर छर्न सकिन्छ । यसो गर्दा चिनीले साङ्लालाई आकर्षित गर्छ र बोरिक एसिडको सम्पर्कमा आउदा त्यसको विनाश हुन्छ ।
  • यसैगरी बजारमा विभिन्‍न किसिमका स्प्रेहरु किन्‍न पाइन्छ । तर त्यसको प्रयोग त्यति प्रभावकारी भएको पाइदैन । कडा खालको रसायन प्रयोग गरी बनाइएको विभिन्‍न रासायनिक झोलहरु पनि पाइन सक्छ र त्यसको प्रयोगले साङ्लालाई निर्मुल पार्न त सकिन्छ तर त्यसको प्रयोग जोखिमयुक्त हुन सक्छ । यसले घरपालुवा जनावरलाई र मानिसलाई समेत गम्भीर असर पुग्‍न सक्छ । यस्ता किसिमका औषधीको प्रयोग निकै सावधानीका साथ गर्नुपर्छ

सकभर साङ्ला आउनै नदिनका लागि रोकथामका उपायहरु पालना गर्ने र आइहालेमा माथि बताइएका घरेलु विधीको प्रयोग गरेमा अवश्य पनि साङ्लाबाट उन्मुक्ति पाउन सकिन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

4FD61D64FEFE60B-Kitchen.jpg

भान्सामा बच्चालाई दुर्घटनाबाट कसरी जोगाउने ?

CBBAB8EE629EA82-Kitchen-final.jpg

यसरी पार्ने भान्सा चिटिक्क

E379AB62955C061-Kitchen-final.jpg

वास्तु मिलेको भान्छाकोठा यस्तो हुनुपर्छ, वास्तुविद् बासुदेव शास्त्रीको टिप्स