पोखराको महेन्द्रपुल नजिकै तेर्सापट्टीमा १० तलाको भव्य अपार्टमेन्ट तयार हुँदै छ । कम्फर्ड गुडविल डेभलपर्स प्रालीले निर्माण गरिरहेको अपार्टमेन्ट एक वर्षभित्र पुरा भइसक्ने बताएको छ ।
पोखराको महेन्द्रपुल नजिकै तेर्सापट्टीमा १० तलाको भव्य अपार्टमेन्ट तयार हुँदै छ । कम्फर्ड गुडविल डेभलपर्स प्रालीले निर्माण गरिरहेको अपार्टमेन्ट एक वर्षभित्र पुरा भइसक्ने बताएको छ ।
साढे ६ रोपनी क्षेत्रफलमा फैलिएको ‘पोखरा रेसिडेन्सी अपार्टमेन्ट’ दुई बर्षअघि निर्माण सुरु भएको थियो । अपार्टमेन्टमा एक अर्ब ५० रुपैयाँ करोड हाराहारीलगानी हुँदैछ ।
कम्पनीका निर्देशक गुडाखर सापकोटाका अनुसार अपार्टमेन्टमा एक सय सातवटा फ्ल्याट हुनेछन् । निर्माणाधीन अपार्टमेन्टको झण्डै ७५ प्रतिशत बुकिङ भइसकेको छ ।
फुल्ली फर्निसिङ, स्वीमिङ पुल, जीम हल, योगा हल, सभाहल, ज्याकुजी, साउन, पार्किङ, तातो चिसो पानी, चारवटा लिफ्ट, फायर फाइटिङ, फायर एक्जिट, चौबिसै घण्टा सेक्युरिटी लगायत सेवा सुविधा अपार्टमेन्टमा उपलब्ध हुनेछन् ।
अपार्टमेन्टमा दुई बेडरुम, तीन बेडरुम र चार बेडरुम क्याटेगोरीमा फ्ल्याट तयार हुने बताइएको छ । आधुनिक सेवा सुविधाहरु रहने अपार्टमेन्टमा पाइलिङ प्रविधि प्रयोग गरेर भूकम्प प्रतिरोधी भवन बनाउन लागिएको छ ।
अपार्टमेन्टमा एक करोड ३० लाखदेखि २ करोड ३६ लाखसम्मका अपार्टमेन्ट उपलब्ध रहेको बताइएको छ ।
अपार्टमेन्ट सुविधा सम्पन्न हुनेछ । फुल्ली फर्निसिङ, स्वीमिङ पुल, जीम हल, योगा हल, सभाहल, ज्याकुजी, साउन, पार्किङ, तातो चिसो पानी, चारवटा लिफ्ट, फायर फाइटिङ, फायर एक्जिट, चौबिसै घण्टा सेक्युरिटी लगायत सेवा सुविधा अपार्टमेन्टमा उपलब्ध हुनेछन् ।
यो अपार्टमेन्टमा १० जनाको संयुक्त लगानी छ । कम्फर्ट हाउजिङ काठमाडौंका नरेन्द्र बज्राचार्य र राजेशकृष्ण सिंह श्रेष्ठ, बी एण्ड बी हाउजिङ पोखराका विमला बसेल र होमबहादुर बसेल, गुडविल रियलस्टेटका गुणाखर सापकोटा र डिबी गुरुङ मुख्य लगानीकर्ता हुन् ।