कार्पेटको सट्टामा भिनायल राम्रो कि पार्केटिङ ? यस्तो छ मूल्य अन्तर

घरको भुइँमा कार्पेट बिछ्याउने काम पुरानो भइसकेको छ । अहिले घरको भुइँमा काठको पार्केटिङ, लेमिनेटेड पार्केटिङ वा सिन्थेटिक भिनायल लगाएर सजाउन थालिएको छ । अहिले बजारमा सुलभ मूल्यमै थरिथरीका रेडिमेट पार्केटिङ किन्न पाइन्छ । यदि महंगो मूल्य तिर्न तयार भए काठबाट बनेका पार्केटिङ पनि पाइन्छन् ।

367B408218B985F-icon.png
2073views
12CF7F9A433CEC6-Parqut.jpg


घरको भुइँमा कार्पेट बिछ्याउने चलन पुरानो भइसकेको छ । अहिले घरको भुइँमा काठको पार्केटिङ, लेमिनेटेड पार्केटिङ वा सिन्थेटिक भिनायल लगाएर सजाउन थालिएको छ । 

बजारमा सुलभ मूल्यमै थरिथरीका रेडिमेट पार्केट किन्न पाइन्छ । यदि महंगो मूल्य तिर्न तयार भए काठबाट बनेका पार्केट किनेर फ्लोरिङ गर्न सकिन्छ ।

उपभोक्ताले आफ्नो आर्थिक अवस्था अनुसार फ्लोरिङ गर्न सकिने फ्लोरिङको काम गर्ने यति पोलिकेम कम्पनीका सन्तोष श्रेष्ठ बताउँछन् ।

घरमा कार्पेट बिछ्याउनु स्वास्थ्यका लागि पनि त्यति फाइदाजनक मानिदैन । कार्पेटभित्र धुलो जम्मा हुने भएकोले एलर्जी हुने समस्या आउन सक्छ । कोठामा पानी, चिया, केटाकेटीको पिसाव जमेर रहने हुँदा पनि कार्पेट अस्वस्थकर हुन्छ । 

तर, काठको पार्केट वा भिनायलको फ्लोरिङ गर्दा त्यस्तो समस्या आउँदैन् ।

समयको गतिसँगै घरको सुन्दरताको परिभाषा पनि फेरिँदै गइरहेको छ । अचेल घर सुन्दर बनाउनका लागि भित्ता र सिलिङमा राम्रो कलर गरेर मात्र पुग्दैन, घरको भुइँ पनि चिटिक्क पार्नुपर्ने हुन्छ । हामीले भुइँलाई विभिन्न तरिकाले सजाउन सकिन्छ जसमा भिनायल, लेमिनेटेड पार्केटिङ र काठको पार्केटिङ मुख्य हुन आउँछन् । 

तुलनात्मक रुपमा भिनायल सस्तो पर्छ र काठको पार्केटङ महंगो । बजारमा चीन, कोरिया लगायत मुलुकबाट रेडिमेट लेमिनेटेड पार्केटिङ पनि आउँछन् । रेडिमेट खोलभित्र भुस खाँदेर बनाइएको पार्केट हेर्दा काठजस्तै देखिन्छ । रेडिमेट लेमिनेटेड पार्केट पनि काठको पार्केटभन्दा धेरै सस्तो पर्न आउँछ । 

हामीले तपाईंलाई भिनायल र पार्केटिङको फाइदा र बेफाइदासँगै बजार मूल्यका बारेमा जानकारी गराउँदै छौं । 
 
भिनायल र पार्केट फ्लोरिङ

पार्केट फ्लोरिङ काठका टुक्राहरु जोडेर बनाइन्छ । यसले कोठालाई थप विलासी र आकर्षक बनाउँछ । कोठा पनि प्राकृतिक पनि देखिन्छ । भिनायल फ्लोरिङ पिभिसी सिन्थेटिक सामाग्रीबाट बनेको हुन्छ जुन लचिलो र बलियो हुन्छ । यही गुणले भार राम्रोसँग थेग्न पनि सक्छ । व्यवसायीका अनुसार भिनायलको तुलनामा पार्केट फ्लोरिङ कम बलियो हुन्छ । 

भिनायल र पार्केटिङको मूल्य अन्तर

सिन्थेटिक प्रविधिको भिनायलको तुलनामा काठको पार्केट फ्लोरिङ महंगो हुन्छ । विदेशी रेडिमेट (भुस खाँदेर बनाइएको) पार्केटिङ बिक्री गर्दै आइरहेको होम डेकर कम्पनीका अनुसार रेडिमेट लेमिनेटेड पार्केटिङको मूल्य प्रतिबर्गफिट ८ एमएमको क्वालिटीअनुसार ११० रुपैयाँ, १३० रुपैयाँ, १४० रुपैयाँ, १५० रुपैयाँसम्म पर्छ । यस्तै, १२ एमएमको प्रतिबर्गफिट २२० रुपैयाँ र १२ एमएम हाई क्वालिटीको २७० रुपैयाँ पर्ने होम डेकर कम्पनीले बतायो ।
 
नेपालकै काठबाट बनाइएको पार्केटिङ बिक्रेता कम्पनी मोडर्न पार्केट एन्ड डेकोरेटर्सका अनुसार सिसौको काठबाट बनाइएको फ्लोरिङ बढी बलियो हुन्छ । अहिले बजारमा सिसौको गुणस्तर अनुसार प्रतिबर्गफिट ८ एमएमको २ सय रुपैयाँ, ३ सय रुपैयाँ र ३५० रुपैयाँसम्म पर्छ । यस्तै, १० एमएम मोटाईको पार्केटिङ लगाउँदा प्रतिबर्गफिट २५० रुपैयाँ, ४५० रुपैयाँ र ५५० रुपैयाँ पर्छ । १२ एमएमको स्पेशल पार्केटिङ लगाउँदा ५५० रुपैयाँ प्रतिबर्गफिट पर्ने कम्पनीले जनायो । 

सामन्यतया बजारमा काठको पार्केट मोटाई, गुणस्तर र काठको प्रकृति अनुसार प्रतिबर्गफिट २ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन् ।

यति पोलिकेम प्रालिका अनुसार सिन्थेटिक भिनायलको फ्लोरिङ गर्दा ३ एमएमको १२४ रुपैयाँ प्रतिबर्गफिट र २ एमएमको १०७ रुपैयाँ प्रतिबर्गफिट लागत पर्न आउँछ । भिनायल र लेमिनेटेड (भुष खाँदेको) पार्केटबाट फ्लोरिङ लगाउँदा करीव उस्तै उस्तै लागत पर्न आउने व्यवसायी बताउँछन् ।

रेडिमेट लेमिनेटेड पार्केटिङको मूल्य गुणस्तर अनुसार फरक फरक पर्छ  । यति पोलिकेमका सन्तोष श्रेष्ठका अनुसार सस्तो र आकर्षक पनि देखिने हुनाले धेरैले लेमिनेटेड आर्टिफिसियल पार्केटिङ लगाउने गरेका छन् । लेमिनेटेड पार्केटिङ झट्ट हेर्दा काठजस्तै देखिन्छ ।

भिनायलको विशेषता 

भिनायल फ्लोरिङको प्रतिरोधी गुण बढी हुन्छ । व्यवसायीका अनुसार भिनायल २० वर्षसम्म टिकाउ हुन्छ । यसमा च्यातिने र कोतारिने समस्या रहँदैन । आगलागीको जोखिम पनि रहँदैन । भुइमा धेरै तौलका भारी सामान राख्दा फ्लोरिङ बिग्रिएला कि भनेर डराउनु पनि पर्दैन । 

भिनायल फ्लोरको आद्र्रता पनि पार्केटिङ फ्लोरको भन्दा राम्रो हुन्छ । पानी र ओसको निरन्तर सम्पर्कमा आउँदा पनि क्षति हुँदैन । 

भिनायल फ्लोरको मर्मत तथा सुरक्षा गर्न सजिलो छ । भिजेको कपडा र साबुन पानीले सफाइ गर्न सकिन्छ । भिनायलको फ्लोरिङ गर्न पनि सजिलो हुन्छ । यो रोलमा आउने हुनाले लगाउन सजिलो हुने भएको हो । भिनायल विभिन्न रङमा किन्न पाइन्छ ।

पार्केट फ्लोरिङका विशेषता 

यो साँच्चिकै काठबाट बनेको हुनाले आकर्षक देखिन्छ । यो बलियो पनि हुन्छ । तर, यसको भारबहन क्षमता भिनायलको भन्दा कम हुन्छ । पार्केटिङ वस्तु यता उता सार्दा कोतरिने डर पनि उत्तिकै रहन्छ । 

ओसिलो तथा चिसो ठाउँमा काठको पार्केटिङ टिकाउ हुँदैन । तर, भिनायल चिसोले पनि खासै फरक पर्दैन । यति पोलिकेम कम्पनीका अनुसार पर्केटिङ फ्लोरिङ गरेपछि धेरै कुराको सावधानी अपनाएर स्याहार गर्नुपर्ने हुन्छ । पार्केटमा लागेका मैलो र दाग सफा गर्ने क्रममा ध्यान पु¥याउनु पर्छ किनभने साबुन पानी र भिजेको कपडाले पुछ्दा वा सफा गर्दा ओस पर्ने र भिज्ने भएकोले काठ मक्किने र गलेर कमजोर हुने खतरा रहन्छ । 

काठको पार्केटिङले घरलाई प्राकृतिक र कलात्मक बनाउँछ । अन्य किसिमको फ्लोरिङ भन्दा पार्केटिङ हेर्दाखेरि पनि आकर्षक र लोभलाग्दो देखिन्छ । काठको फ्लोरिङ गर्दा जाडो मौसममा तापक्रम पनि मेन्टेन हुन्छ ।

तर, काठजस्तै देखिने लेमिनेटेड पार्केट काठको पार्केटिङजस्तो हुँदैन । लेमिनेटेड पार्केटिङको चमक पनि त्यति हुँदैन । तर, यो कोतरिने सम्भवना भने कम रहन्छ । लेमिनेटेड पार्केटिङ काठको पार्केटिङको तुलनामा पनि सस्तो पर्छ । यो पार्केटिङ लगाउँदा प्राकृति महशुस नहुन सक्छ । यो देख्दा काठजस्तै देखिए पनि जाडोमा चिसो हुन्छ ।

सस्तोमै पार्केटिङ गर्न सकिने हुँदा घर तथा अफिसहरुमा काठको पार्केटिङ भन्दा आयातित लेमिनेटेड पार्केटिङ बढी प्रयोग भइरहेको व्यवसायी बताउँछन् । 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

1526E8ECC1A35D1-Marpha-2-houses-edit.jpg

स्याउको बगान, प्राचीन घर र बास्तुकलाले पर्यटकीय हब बन्दै मार्फा

485FFC3CA47B01F-migration.jpg

बढ्दै छ मूलथलो छाडी बसाइँ सर्नेको दर, बागमती प्रदेश पहिलो रोजाइमा

A6CBA28C0DB3921-EU.jpg

युरोपमा भाडाको घरमा बस्नेहरु सबैभन्दा धेरै जर्मनीमा, कुन देशमा कति ?