चक्रपथ बाहिरका खाली देखिने ठाउँहरु धमाधम प्लटिङ भइरहेका छन् । र, त्यहाँ जग्गाको ठूलो कारोबार पनि भइरहेको देखिन्छ । सरकारले प्लटिङ गर्न रोकेपनि भित्री बाटो प्रयोग गरेर स्वीकृति लिई प्लटिङ भइरहेको घरजग्गा व्यवसायी बताउँछन् ।

काठमाडौं । ललितपुरको रिङरोडबाट करीव ५/७ किलोमिटर बाहिर निस्कँदा खाली जग्गा प्रशस्तै भेटिन्छ । त्यो खाली जग्गामा कतै खेतिपाती गरिरहेको देखिन्छ भने कतै प्लटिङ गरिरहेको देखिन्छ ।
ललितपुरको सानागाउँ, गोदामचौर, हरिसिद्धी, ठेँचो, गोदावरी, सन्तानेश्वर महादेव लगायत भित्री क्षेत्रहरुमा जग्गा किन्ने र देखाउने व्यक्तिहरुको दैनिक लवालस्कर नै हुने गर्छ । समय कटाउन सजिलो र राम्रै कमिसन पनि आउने हुँदा स्थानीय बुढापाका पनि खरिदकर्तालाई घरजग्गा देखाउँदै हिँड्ने गरेको भेटिन्छ ।
शहरभित्र बढ्दो महंगीसँगै खाली जग्गा पनि भेटिन छाडेपछि घरजग्गा व्यवसायीहरुको ध्यान ललितपुरको दक्षिणी बेल्टतिर सोझिएको छ जहाँ दैनिक ठूलो संख्यामा जग्गा किनबेच भइरहेको छ । काठमाडौंमा स्थाई बसोबास गर्नेदेखि जग्गा किनबेच गर्ने व्यवसायीसम्मले ललितपुरको दक्षिणी भागलाई रोजाईमा पार्न थालेका छन् ।
ललितपुरको गोदावरी, हरिसिद्धी, साना गाउँ, गोदामचौर लगायत ठाउँमा अहिले जग्गा किनबेच बढ्दै गइरहेको स्थानीय बताउँछन् । लगनखेलस्थित मालपोत कार्यालयको तथ्यांकले पनि जग्गाको किनबेच सबैभन्दा बढी काँठ क्षेत्रमा भइरहेको देखाउँछ । चालु आर्थिक बर्षको पहिलो साउनदेखि बैशाखसम्म १० महिनामा लगनखेल मालपोत कार्यालयबाट १४ हजार ५०५ घरजग्गा किनबेच भएको छ जुन उपत्यकाका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी हो ।
उपत्यकाको मुख्य बिन्दू मानिने रत्नपार्कबाट करीव १५/२० किलोमिटर दुरीमा रहेको थानकोट, नागढुंगा, दहचोक, मातातिर्थ, किर्तिपुर र दक्षिणकाली क्षेत्रमा पनि घरजग्गा किनबेच उछालिएको छ । काठमाडौं छिर्ने प्रवेशद्धार थानकोटमा घरजग्गा किनबेच तिब्र भइरहेको प्रोपर्टी ३६० का सञ्चालक सन्तोष प्रधान बताउँछन् ।
पश्चिम क्षेत्रबाट काठमाडौं आएर यहीँ भविष्य खोजिरहेका मानिसहरुको रोजाईमा किर्तिपुर, थानकोट, दहचोक लगायत ठाउँहरु पर्छन । शहरभित्र जग्गाको मूल्य चर्किएपछि मध्यमबर्गको रोजाई ती ठाउँमा पुगेको हो । जग्गाको कारोबार बढ्दै गएपछि अहिले थानकोटमै प्रतिआना १५/२० लाखभन्दा कम मूल्यमा जग्गा पाउन मुस्किल भइसकेको छ ।
तीन क्षेत्रको जग्गा किनबेच गर्ने कलंकी मालपोत कार्यालयको तथ्यांक हेर्दा पछिल्लो १० महिनामा १२ हजार ५६ घरजग्गा किनबेच भएको देखिन्छ । यो अवधिमा कलंकी मालपोतबाट ललितपुर र भक्तपुर मालपोत कार्यालयपछि सबैभन्दा बढी घरजग्गा किनबेच भएको छ ।
अरनिको राजमार्गले दुई भागमा छुट्याएको भक्तपुरको काँठ क्षेत्र पनि अहिले घरजग्गा किनबेचका हटस्पट बनेका छन् । सहज सडक पहुँच, स्तरीय विद्यालय र हस्पिटल लगायत सुविधाहरु बढ्न थालेका कारण पनि भक्तपुरमा घरजग्गा किन्नेहरु बढ्न थालेका हुन् । त्यसो त अझै पनि भक्तपुरमा कम मूल्यमै जग्गा पाउने हुँदा मध्यम बर्गको रोजाई भक्तपुरतर्फ देखिएको हो ।
हेर्नुहोस इन्फोग्राफिक्समा

भक्तपुर मालपोत कार्यालयको तथ्यांक अनुसार, पछिल्लो १० महिनामा भक्तपुरमा १३ हजार ८६२ घरजग्गा किनबेच भएका छन् जुन ललितपुरपछि सबैभन्दा बढी किनबेच हो । अहिले भक्तपुरको कुनाकुनासम्म पुग्दा पनि १० लाखभन्दा कम मूल्यमा जग्गा भेट्याउन मुस्किल पर्छ । मध्यम बर्ग र घरजग्गा व्यवसायीको नजर भक्तपुरमा सोझिएपछि जग्गाको मूल्य पनि उचालिन पुगेको छ ।
काठमाडौंको उत्तर–पूर्वी भेग साँखुमा पनि घरजग्गा कारोबार गुल्जार बनिरहेको छ । मेलम्ची जोड्ने सडकसँग जोडिएको साँखु क्षेत्रमा कम मूल्यमा घडेरी खोज्नेहरु तानिन थालेका छन् । रत्नपार्कबाट झन्डै २५ किलोमिटर दुरीमा रहेको साँखु क्षेत्र अहिले घरजग्गा किनबेचको हटस्पट बनेको साँखु मालपोत कार्यालयको तथ्यांकले पनि देखाउँछ । पछिल्लो १० महिनामा साँखु मालपोत कार्यालयबाट ७ हजार ५७ घरजग्गा किनबेच भएका छन् ।
उपत्यकाका मालपोत कार्यालयबाट १० महिनामा घएको घरजग्गा किनबेचको तथ्यांक
|
|
साउन |
भदौ |
असोज |
कार्तिक |
मंसिर |
पुस |
माघ |
फागुन |
चैत |
बैशाख |
|
लगनखेल |
९४१ |
१६४ |
४२५ |
४२५ |
१८४६ |
२१०७ |
२३२१ |
२१५४ |
२७५१ |
१३७१ |
|
गोटीखेल |
१९ |
१ |
६ |
६ |
४० |
४३ |
४८ |
४६ |
४१ |
२२ |
|
भक्तपुर |
९८७ |
१५६ |
२२ |
२२ |
१७०५ |
२१६२ |
२२९१ |
२२८० |
२८१६ |
१४२१ |
|
डिल्लीबजार |
१६० |
३० |
१७४ |
१७४ |
२६७ |
३७९ |
४३४ |
४४४ |
४४४ |
२६५ |
|
चावहिल |
५१९ |
१२६ |
४३६ |
४३६ |
६९९ |
८८७ |
१००८ |
१००७ |
१३१० |
६८३ |
|
कलंकी |
८१५ |
११० |
६५३ |
६५३ |
१२७६ |
१५६४ |
१९१६ |
१७६८ |
२२६६ |
१०३५ |
|
साँखु |
५४२ |
७६ |
३०६ |
३०६ |
६३८ |
९५१ |
११२३ |
१०५४ |
१३२८ |
७३३ |
|
मनमैजु |
३२१ |
७४ |
३३९ |
३३९ |
५०९ |
६६० |
८०६ |
७९६ |
९०५ |
४८० |
|
टोखा |
१६१ |
२६ |
२०५ |
२०५ |
२७१ |
३८६ |
४५२ |
३७८ |
४६७ |
२४९ |
उपत्यकाका बाहिरी बेल्टहरु जहाँ भर्खर कच्ची बाटो पुगेको छ त्यहाँ आनाको १० लाखदेखि २० लाखसम्म जग्गा किन्न पाइन्छ । ती ठाउँमा अहिले जग्गा किनबेच बढेको नेपालभूमि रियलस्टेट एजेन्सीका सञ्चालक बिक्रम लामा बताउँछन् । ती ठाउँहरुमा रियलस्टेट कम्पनीहरुले पनि धमाधम प्लटिङ गरेर घडेरी बिक्री गरिरहेका छन् । र, मध्यम बर्गले पनि काठमाडौंमा घर बनाएर बस्ने सपना पुरा गर्न ती ठाउँमा गएर घडेरी किनिरहेका छन् ।
चक्रपथभित्र घरजग्गाको मूल्य अकासिएको र खाली जग्गा पनि कम हुँदै गएपछि कारोबार पनि कम देखिन्छ । मुख्य शहरमा धेरै पोपर्टी (घरजग्गा) किनबेच भन्दा पनि महंगो मूल्यका ठूला पोपर्टी बढी किनबेच हुने गरेको छ । मुख्य शहरभित्रका प्रमुख ठाउँहरुको घरजग्गा किनबेच हुने डिल्लीबजार मालपोत कार्यालयका अनुसार, पछिल्लो १० महिनामा २ हजार ७७१ घरजग्गा किनबेच भएका छन् ।
कलंकी मालपोत कार्यालयबाट १० महिनामा १२ हजार ०५६ घरजग्गा किनबेच भएका छन् भने चाबाहिल मालपोतबाट ७ हजार १११, मनमैजुबाट ५ हजार २२९ र टोखाबाट २ हजार ८०० घरजग्गा किनबेच भएका छन् ।
चक्रपथ बाहिरका खाली देखिने ठाउँहरु धमाधम प्लटिङ भइरहेका छन् । र, त्यहाँ जग्गाको ठूलो कारोबार पनि भइरहेको देखिन्छ । सरकारले प्लटिङ गर्न रोकेपनि भित्री बाटो प्रयोग गरेर स्वीकृति लिई प्लटिङ भइरहेको घरजग्गा व्यवसायी बताउँछन् ।
अहिले काठमाडौं उपत्यकाका कुनाकाप्चातिर पुग्दा धमाधम प्लटिङ गरिरहेको देख्न सकिन्छ । पछिल्लो समय प्लटिङमा २० फिटको बाटो अनिवार्य राख्नुपर्ने भएकोले पनि जग्गाको मूल्य शहरको छेउमै पुग्दा पनि आनाकै २० लाखसम्म पर्ने गरेको व्यवसायीको भनाई छ ।
घरजग्गा किनबेचमा रेकर्ड
कोभीड महामारीका बिचमै पनि देशभर घरजग्गा किनबेच उछालिएको छ । यही समय इतिहासकै सर्बाधिक धेरै घरजग्गा किनबेच भएका छन् । काठमाडौं उपत्यकामा पनि कोभीडकै बिचमा घरजग्गा किनबेच चुलीमा पुगेको छ ।
हेर्नुहोस इन्फोग्राफिक्समा

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, काठमाडौं उपत्यकामा चैत महिनामा सर्वाधिक धेरै घरजग्गा किनबेच भएको छ । चैत महिनामा मात्र उपत्यका भित्रका ९ वटा मालपोत कार्यालयबाट १२ हजार ३२८ घरजग्गा किनबेच भएका छन् जुन सम्भवत इतिहासकै सर्बाधिक धेरै किनबेच हो ।
विभागका अनुसार, साउन महिनामा उपत्यकामा ४ हजार ४६५ घरजग्गा किनबेच भएका थिए भने भदौमा ७६३ मात्र घरजग्गा किनबेच भएको थियो । भदौमा सरकारले ४ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा लगाउँदा मालपोत कार्यालयमा कारोबार ठप्प भयो । त्यसैले पनि कम कारोबार भएको विभागको भनाई छ ।
यसैगरी, असोजमा २५ सय ६६ घरजग्गा किनबेच भए भने कार्तिमा पनि सोही संख्यामा घरजग्गा किनबेच भएको देखिन्छ । मंसिरमा ७ हजार २५१, पुसमा ९ हजार १३९, माघमा १० हजार ३९९, फागुनमा ९ हजार ९२७, चैतमा १२ हजार ३२८ र बैशाख महिनामा ६ हजार २५९ घरजग्गा किनबेच भएका छन् ।
कोभिड महामारीको दोस्रो लहर सुरु भएसँगै सरकारले १६ गतेदेखि निषेधाज्ञा लगाएको हुनाले बैशाखमा घरजग्गा किनबेच आधा घटेको तथ्यांकले देखाउँछ ।
दशैंपछि घरजग्गा किनबेच बढ्दै गइरहेको तथ्यांकले देखाउँछ । साउनदेखि बैशाख महिनासम्म उपत्यकामा मात्रै ६५ हजार ६६३ घरजग्गा किनबेच भएका छन् ।
राजश्व असुलीमा डिल्लीबजार दोस्रो
घरजग्गा किनबेच र जग्गा प्रशासनसम्बन्धि अरु सेवा प्रवाह गरेवापत राजश्व असुली गर्नेमा पनि ललितपुर मालपोत कार्यालय पहिलो नम्बरमा देखिएको छ । ललितपुर मालपोत कार्यालयबाट १० महिनामा ४ अर्ब ८७ करोड ८१ लाख रुपैयाँ कुल राजश्व संकलन भएको छ जसमध्ये ३ अर्ब २५ करोड रजिष्ट्रेसन शुल्क र १ अर्ब ५३ करोड रुपैयाँ पुँजीगत लाभकरको हिस्सा रहेको छ ।
घरजग्गा किनबेचको संख्यामा सबैभन्दा पछाडि रहेपनि डिल्ली बजार मालपोत कार्यालय राजश्व असुलीमा भने दोस्रो नम्बरमा छ । यो मालपोत कार्यालयबाट ठूला र महंगा पोपर्टी खरिद बिक्री हुने हुँदा किनबेच संख्या कम र राजश्व असुली धेरै हुने गर्छ ।
काठमाडौं उपत्यकाका ९ वटा मालपोत कार्यालयबाट साउनदेखि बैशाखसम्म असुली भएको राजश्वको इन्फोग्राफिक्स

माथिको इन्फोग्राफिक्सलाई टेबलबाट थप प्रष्ट पार्न खोजिएको छ
|
000 |
रजिष्ट्रेशन शुल्क |
पुँजिगत लाभकर |
कुल संकलित राजश्व |
|
लगानखेल |
३ अर्ब २५ करोड |
१ अर्ब ५४ करोड |
४ अर्ब ८७ करोड |
|
गोटिखेल |
४० लाख |
२५ लाख |
६५ लाख |
|
भक्तपुर |
१ अर्ब ९४ करोड |
१ अर्ब ५ करोड |
३ अर्ब १० करोड |
|
डिल्लीबजार |
२ अर्ब ४३ करोड |
९० करोड |
३ अर्ब ४९ करोड |
|
चावाहिल |
१ अर्ब ९४ करोड |
८६ करोड |
२ अर्ब ८६ करोड |
|
कलंकी |
२ अर्ब ११ करोड |
१ अर्ब ६ करोड |
३ अर्ब २६ करोड |
|
साँखु |
६४ करोड |
३१ करोड |
९६ करोड |
|
मनमैजू |
६७ करोड |
३१ करोड |
१ अर्ब १ करोड |
|
टोखा |
५१ करोड |
२३ करोड |
७७ करोड |
विभागका अनुसार, डिल्ली बजार मालपोत कार्यालयबाट ३ अर्ब ४९ करोड रुपैयाँ कुल राजश्व असुली भएको छ जसमध्ये रजिष्ट्रेसन शुल्क २ अर्ब ४३ करोड र पुँजीगत लाभकर ९० करोड रुपैयाँ रहेको छ ।
१० महिनामा करीव ३ अर्ब २६ करोड राजश्व संकलन गर्दै कलंकी मालपोत उपत्यकाको तेस्रो ठूलो कार्यालय बनेको छ । भक्तपुर मालपोतबाट ३ अर्ब १० करोड रुपैयाँ राजश्व संकलन भएको छ भने चाबाहिलबाट २ अर्ब ८६ करोड, मनमैजूबाट १ अर्ब १ करोड, साँखुबाट ९६ करोड, टोखाबाट ७७ करोड र गोटीखेलबाट ६२ करोड रुपैयाँ कुल राजश्व संकलन भएको छ ।
उपत्यकाका ९ मालपोत कार्यलयमध्ये सबैभन्दा कम घरजग्गा कारोबार, जग्गा प्रशासन सम्बन्धि काम र राजश्व असुली गर्ने ललिपुरको गोटीखेल मालपोत कार्यालय हो ।
काठमाडौं उपत्यकाका ९ वटा मालपोत कार्यालयमा साउनदेखि बैशाख महिनासम्म घरजग्गा धितो बन्धक राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा निकालेको तथ्यांक
