परिवारका कोही सदस्यको स्वास्थ्यमा समस्या आएर धेरै मात्रामा उपचार खर्च जुटाउनुपर्दा, कसैको ऋण तिर्नुपर्ने हुँदा या आफ्नो अन्य व्यावहारिक कारणले गर्दा तपाईं घाटा खाएर पनि रकम जुटाउन तुरुन्त आफ्नो सम्पत्ती बेच्न चाहनुहुन्छ । यदि यस्तो आपतकालिन अवस्थाको तपाईले सामना गर्नुभएको छ भने यस्तो अवस्थामा केही कार्यहरु गर्न सक्नुहुन्छ जसले गर्दा बिक्रिको प्रक्रिया सहज हुन सक्छ ।

कहिलेकाहिं मानिसको जीवनमा त्यस्तो आपतकालीन अवस्था सिर्जना हुने गर्छ जसले ठूलो आर्थिक संकट निम्त्याउन सक्छ । यस्तो अवस्थामा ठूलो रकमको आवश्यकता पर्न सक्छ । जसले गर्दा तपाईं आफ्नो सम्पत्ति बेच्न हतारिनुपर्ने हुन सक्छ । परिवारका कोही सदस्यको स्वास्थ्यमा समस्या आएर धेरै मात्रामा उपचार खर्च जुटाउनुपर्दा, कसैको ऋण तिर्नुपर्ने हुँदा या आफ्नो अन्य व्यावहारिक कारणले गर्दा तपाई घाटा खाएर पनि रकम जुटाउन तुरुन्त आफ्नो सम्पत्ती बेच्न चाहनुहुन्छ । यदि यस्तो आपतकालिन अवस्थाको तपाईले सामना गर्नुभएको छ भने यस्तो अवस्थामा केही कार्यहरु गर्न सक्नुहुन्छ जसले गर्दा बिक्रिको प्रक्रिया सहज हुन सक्छ ।
तपाईंको ब्रोकरलाई कुराकानी गर्ने जिम्मा दिनुहोस्
यस्ता किसिमका विषम परिस्थितिमा तपाईंलाई मानसिक तनाव भइरहेको हुन्छ । यस्तो दुःखी भएको बेलामा तपाईं खरिदकर्तासँग कुराकानी गर्न र सम्पूर्ण बिक्री प्रक्रियामा जानको लागि सक्षम हुनुहुन्न । यस परिस्थितिमा राम्रो ब्रोकरको सहयोग लिएर खरिदकर्तासँग कुराकानी गर्नेदेखि लिएर बिक्री प्रक्रियाका सम्पूर्ण कार्यको जिम्मा उसलाई दिनु उचित हुने रियल इस्टेट एजेन्सी केटीएम रियल्टर्सका सञ्चालक भुवनेश झा बताउँछन् । तपाईंले त्यस क्षेत्रमा आधारित रहेर काम गर्ने अनुभवी ब्रोकर राख्नुपर्ने हुन्छ किनभने उनीहरुलाई त्यहाँको माग, बजारको स्थिती आदि कुरामा राम्रो जानकारी हुनुको साथै खरिदकर्ता फेलापार्ने क्षमता पनि हुन्छ ।
विज्ञापनको दायरा बढाउनुहोस्
तपाईंलाई आफ्नो सम्पत्ति छिटै बेच्नु पर्ने छ भने त्यसको लागितपाईले राम्रोखरिदकर्ता खोज्नु जरुरी हुन्छ । यसको लागि तपाईंले विज्ञापनमा खर्च गर्नु राम्रो हुनेछ । तपाईंले आफ्ना सहकर्मीहरु , साथीहरु र परिवारका सदस्यहरुसँग तपाईंको सम्पत्ति बिक्रिमा रहेको कुराकानी गर्नुहोस् । यसबाट पनि केही सहज हुन्छ ,थप रुपमा तपाईको स्थानिय पत्रपत्रिकामा तपाईको सम्पत्तिको विज्ञापन राख्नुहोस् । तपाई फेसबुक जस्ता सामाजिक संजालमा पोष्ट गर्ने देखि लिएर विभिन्न अनलाइन प्लेटफर्महरुमा सूचीकृत गर्ने र फेसबुकमा घर जग्गा व्यवसाय सम्बन्धि समुहहरुमा बढी सक्रिय हुनुहोस् ।
सम्पत्ति बेच्न लाग्नुभएको कारण नखुलाउनुहोस्
तपाईंले सम्पत्ति बेच्नुपर्ने वास्तविक कारण अथवा आफ्नो समस्या बताउनुभयो भने खरिदकर्ताले केही फाइदा लिन सक्छन् । किनकि यसले उनीहरुलाई कुराकानी गर्ने क्रममा मूल्य घटाउनको लागि टेवा पुग्छ । त्यसै गरी उनीहरुले नियतवश बिक्री प्रक्रियामा ढिलाइ गरी तपाईंलाई उनीहरुले चाहेको मूल्यमा अथवा कम मूल्यमा प्रोपर्टि बेच्नको लागि दबाब सिर्जना गराइ बाध्य पार्न सक्ने नेपाल होमसर्चका प्रकाश सुब्बा बताउँछन्।
सम्पत्ति बेच्न हताश नहुनुहोस्
हो, तपाईलाई अचानक समस्या आइपरेकोले तपाईं हतारमा हुनुहुन्छ र आफ्नो सम्पत्ति बेच्न हताशिनु हुन्छ भने पनि त्यस्तो हतारोपन खरिदकर्तालाई नदेखाउनुहोस् । त्यस्तो गल्ती भयो भने खरिदकर्ताहरु वार्तालापको क्रममा मूल्य घटाउन तयारी अवस्थामा रहन्छन् । तपाईं सम्पत्ति बेच्ने क्रममा ज्यादै निराश देखिनु भयो र सम्झौता चाँडै बन्द गर्न खोज्नुभयो भने, खरिदकर्तामा तपाईंको सम्पत्तिमा केही समस्या छ भन्ने शंका उत्पन्न हुनसक्ने घरजग्गा एजेन्सीहरू बताउँछन् । यसकारण तपाईंले सम्पत्ति बेच्ने क्रममा तनावग्रस्त मनस्थिति बनाउनु हुँदैन ।
निष्कर्षमा यति बुझ्न सकिन्छ कि तपाईं मानसिक रुपले विचलित अवस्थामा हुनुहुन्छ र आफ्नो सम्पत्ति छिटै बेच्न चाहनुहुन्छ भने यस्तो समयमा तपाईं खरिदकर्ताको अगाडी निराश भएर कुराकानी गर्नु विल्कुलै ठिक होइन । त्यसकारण तपाईंले ब्रोकरलाई खरिदकर्तासँग कुराकानी गर्न र सम्झौता गर्नका लागि जिम्मेवारी दिनु उत्तम हुने रियल इस्टेट व्यवसायीहरू बताउँछन् ।