हलेसी डेकोर : फर्निसिङको कम्प्लिट सोलुसन

महाराजगञ्‍जमा रहेको हलेसी डेकोर प्रालि फर्निसिङको कम्प्लिट सोलुसन बनेको छ । हलेसी डेकोरमा पर्दा, कार्पेट, म्याट्रेस, सोफा, मेच, कुर्सी, टेवल, वालपेपर, पार्केट लगायत फर्निसिङका अधिकांश सामाग्रीहरु उपलब्ध छन् ।  

367B408218B985F-icon.png
356views
43097CF0EB445B3-1-final.jpg

काठमाडौं । महाराजगञ्‍जमा रहेको हलेसी डेकोर प्रालि फर्निसिङको कम्प्लिट सोलुसन्स बनेको छ । हलेसी डेकोरमा पर्दा, कार्पेट, म्याट्रेस, सोफा, मेच, कुर्सी, टेवल, वालपेपर, पार्केट लगायत फर्निसिङका अधिकांश सामाग्रीहरु उपलब्ध छन् ।  

एक दशकअघि सञ्‍चालनमा आएको हलेसी डेकोर चावाहिलबाट महाराजगञ्‍ज चिरायु हस्पिटलको छेवैमा सरेको हो । हलेसी डेकोरमा ३५० भन्दा बढी भेराइटीका पर्दाहरु उपलब्ध रहेको कम्पनीका सञ्‍चालक हेमराज कार्कीले जानकारी दिए । पर्दाको मूल्य गुणस्तर, ब्रान्ड र रङअनुसार प्रति पिस ४५० रुपैयाँदेखि १४/१५ हजार रुपैयाँसम्म पर्ने उनको भनाई छ ।

हलेसी डेकोरमा चिनियाँ, युरोपियन ब्रान्डका पर्दाहरु उपलब्ध छन् । नेपालमा विदेशबाट ब्रान्डेड पर्दा ल्याएर बिक्री गर्नेमा हलेसी डेकोर नेपालकै पहिलो कम्पनी भएको सञ्‍चालक कार्कीको दाबी छ । 

‘रङ र गुणस्तरलाई एकदमै ध्यानमा राखेर मानिसको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने खालका उत्पादन बिक्री गरिरहेका छौं’ कार्की भन्छन्, ‘पर्दा बनाउँदा ध्यान दिनुपर्ने मुख्य पक्ष सिलाई हो, हाम्रोमा कम्पनीकै प्रतिनिधी आएर पर्दा सिलाईको काम गर्ने भएकोले गुणस्तरमा शंका गर्नुपर्ने ठाउँ छैन ।’

हलेसी डेकोरले आफ्नै कारखानामा बनाएका र विदेशबाट आयात गरेका सोफा, कुर्सी, टेवल लगायत फर्निचर बिक्री गर्दै आइरहेको छ । कार्की भन्छन्, ‘हाम्रोमा विश्‍वस्तरीय सिंगापुरे ब्रान्ड भिबोनको कुर्सीहरु पनि उपलब्ध छन् ।’ अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएका भिबोन ब्रान्डका कुर्सीहरु आकर्षक र गुणस्तरीय रहेको उनको दाबी छ । भिबोन ब्रान्डको कुर्सीको मूल्य ९ हजार ७७५ रुपैयाँदेखि १ लाख २८ हजार रुपैयाँसम्म रहेको छ ।

हलेसी डेकोरमा नेपालीदेखि टर्कीबाट आयातित गलैंचा बिक्रीमा राखिएको छ । उनका अनुसार टर्कीबाट आयात गरिएका गलैंचाको मूल्य ५५ सयदेखि ३२ हजार रुपैयाँसम्म रहेको छ ।

‘हलेसी डेकोरको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरमा प्रश्‍न उठाउने ठाउँ नराख्‍ने गरी गुणस्तरिय उत्पादन उपलब्ध गराउनु हो’ उनले भने, ‘हाम्रोमा मध्यम वर्गीय देखि उच्चवर्गीय धनाढ्य परिवारसम्मका लागि सामाग्री उपलब्ध छन् ।’ 

फर्निचर र सोफा हलेसी डेकोरको आफ्नै कारखानामा उत्पादन हुन्छन् । हलेसीले सोफा, टेवल, कुर्सी, र्याक, कपबोर्ड, ड्रेसिङ टेबल लगायत फर्निचर उत्पादन गर्छ । उनी भन्छन्, ‘ग्राहकको इच्छा र आवश्यकता अनुसारका फर्निचर पनि बनाउने गर्छौं ।’

घरको बनावट अनुसार, वालको रङ आदि सबै कुराहरु बुझेर ग्राहकको घरमा कस्तो खालको सोफा सुहाउँछ भनि परामर्श दिएर सोही अनुरुपका सोफाहरु पनि बनाइदिने उनले बताए । हलेसी डेकोरमा बन्‍ने पाँच सिटरको सोफाको मूल्य ५० देखि ५५ हजार रुपैयाँ पर्ने बताइएको छ । 

हलेसीले १८ देखि २० हजारसम्म मूल्य पर्ने पाँच सिटर सोफाहरु पनि बनाउँछ । पार्केटिङ गर्दा घरको सम्पूर्ण अवस्था हेरेर त्यसलाई सुहाउँदो पार्केटिङ गर्दै आइरहेको छ । हलेसीमा इन्डियन, चाइनिज, युरोपयिन ब्रान्डका पार्केटिङ पाइन्छन् ।

घरको भित्तामा अहिले कलरको सट्टामा वालपेपर लगाउन थालिएको छ । हलेसीले विभिन्‍न ब्रान्ड र गुणस्तरका भेराइटी भेराइटीका वालपेपर बिक्री गर्छ । यस्तै, ग्राहकहरुको विशेष अर्डरको आधारमा विभिन्‍न भेराइटीका म्याट्रेस तयार पार्ने काम हुन्छ ।

हलेसीले हरेक ३/३ महिनामा लक्कि ड्र मार्फत आफ्ना ग्राहकहरुलाई विभिन्‍न उपहार (हलेसी डेकोरमा पाइने सामान) दिने गरेको उनले बताए । अबको लक्कि ड्र असोज महिनाको १५ गते सार्वजनिक हुँदैछ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

6077EB64878F6E9-Rose.jpg

आपतकालिन अवस्थामा घरजग्गा बेच्दा के गर्ने, के नगर्ने ? जान्‍नुहाेस् केही टिप्स !

E12F653BCDDA684-Cockroach.jpg

भान्सामा हुने साङ्लाबाट कसरी छुटकारा पाउने ? तपाईंले जान्‍नैपर्ने यी घरेलु उपाय !

B457D218CAEF13E-Paleo Pantry.jpg

फ्रिजमा के राख्‍न हुने, के नहुने ? तपाईंले थाहा पाउनै पर्ने यी टिप्स !