मोडुलर किचेन र मिस्त्रीले बनाएको किचेनमा कुन राम्रो ?

मूलतः आधुनिक घर निर्माण बिधिमा दुईखाले किचन फर्निचरको विकल्प तपाइसामू छन् । पहिलो– परम्परागत मिस्त्रीले बनाउने किचेन फर्निचर र दोस्रो– आधुनिक मोडुलर किचेन ।  

367B408218B985F-icon.png
1092views
3F7D7279E2380E3-modulal-kitchen-final.jpg

यदि तपाइ नयाँ घर बनाउँदै हुनुहुन्छ भने किचेनमा कस्तो फर्निचर राख्‍ने भन्‍ने बिषयले अलमलमा पार्न सक्छ । दैनिक रुपमा धेरै प्रयोग हुने किचेनमा राखिने फर्निचरको छनौटले तपाइको सहजता र सुन्दरता दुवैमा फरक पार्छ ।

मूलतः आधुनिक घर निर्माण बिधिमा दुईखाले किचन फर्निचरको विकल्प तपाइसामू छन् । पहिलो– परम्परागत मिस्त्रीले बनाउने किचेन फर्निचर र दोस्रो– आधुनिक मोडुलर किचेन ।  

मोडुलर किचेन पछिल्ला दिनमा नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ । यसमा प्रिफ्याब्रिकेट क्याबिनेट र फिटिङहरु रहेकाले सजिलै एकापसमा जोडिने र आकर्षक हुन्छन । मोडुलर किचेन भनेको पूर्ण फङ्सनल किचेन हो । उद्योगबाट निर्माण भएर आउने मोडुलर किचेन आधुनिक डिजाइन र राम्रो फिनिसिङमा तयार भएको हुन्छ ।

यद्यपि परम्परागत शैलीमा मिस्त्रीले बनाउने फर्निचरका पनि आफ्नै बिशेषताहरु छन् । दुईमध्ये कुन छनौट गर्ने भन्‍ने निर्णय लिनका लागि दुवैका फाइदा– बेफाइदाको बिश्लेषण गरौं ।

मोडुलर किचेनका फाइदाहरु

१) मोडुलार किचेन सजिलै जडान गर्न सकिन्छ । कारखानामै निर्माण हुने भएकाले सजिलै जडान गर्न सकिने गरी तयारी अवस्थामा आउँछ । तपाईले घर सर्दा पनि सजिलै यसलाई स्थानान्तरण गर्न सक्नुहुन्छ ।

२) ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर मोडुलर किचेन बनाइएको हुन्छ । तपाईको आवश्यकता भनेको तपाईको भान्सा कोठामा उपलब्ध ठाउँ, तपाईको प्राथमिकतामा निर्भर रहन्छ । तपाईले आफ्नो बजेट अनुसारको मोडुलर किचेन छान्‍न सक्नुहुन्छ ।

३) विज्ञ डिजाइनरले तयार पार्ने मोडुलर किचेनमा भण्डारण क्षमतालाई विशेष ध्यान दिइएको हुन्छ । यस्तो किचेनमा पर्याप्त ठाउँ हुने भएकोले सामान राख्‍न र भान्सामा पकाउन सजिलो र आरामदायी हुन्छ । भान्सामा सिमित सामान राखि सफा र चिटिक्क बनाउन मद्दत पुग्छ ।

४) तपाईको घरको प्रकृति हेरेर त्यससँग मेल खाने सुहाउँदो किचेन राख्‍न सक्नुहुन्छ । मोडुलर किचेन विविध शैली, विभिन्‍न रंगमा उपलब्ध हुन्छ । आफ्नो घरलाई सुहाउँदो र आफूलाई मनपर्ने डिजाइन र रंगको मोडुलर किचेन छान्‍न सकिन्छ ।

५) यसका क्याबिनेटमा विशेष भण्डारण क्षमता रहेको हुन्छ । बोटल र्याक, प्लेट होल्डर, डस्टबिन होल्डर र तरकारीहरु राख्‍नका लागि अलग घर्राको व्यवस्था गरिएको हुन्छ ।

६) मोडुलर किचेन फ्याक्ट्रिमा उत्पादन भएपछि तपाईको घरमा जडान गरिन्छ । तपाईले अर्डर गर्नुभएको केहि हप्ता भित्रमा मोडुलर किचेन तयार भई तपाईको घरमा जडान हुन्छ ।

मिस्त्रीले बनाउने किचेनका फाइदाहरु

१) किचेन बनाउने मिस्त्री स्थानीयस्तरमै उपलब्ध हुने भएकाले उनीहरुसँग सहज तरिकाले समन्वय गरी चलिआएको शैलीमा फर्निचर बनाउन सकिन्छ ।

२) तुलनात्मक रुपमा मिस्त्रीहरु मूल्यका सन्दर्भमा लचक हुन्छन् । राम्रोसँग कुरा गरेर केहि सस्तोमा किचेनको फर्निचर तयार पार्न सकिन्छ । मोडुलर किचेनको तुलनामा यसलाई बजेटमैत्री फर्निसिङ मान्न सकिन्छ ।

३) फर्निचरको काममा तपाई प्रत्यक्ष सहभागी हुन सक्ने भएकाले आवश्यकता अनुसार डिजाइनमा थपघट गर्न र परिमार्जन गर्न सकिन्छ ।

मोडुलर किचेनका बेफाइदाहरु

१) मोडुलर किचेन परम्परागत मिस्त्रीले बनाएको किचेन भन्दा महंगो पर्न जान्छ ।

२) यसको सतह दिनहूँ सफा गर्नुपर्ने हुन्छ । यसलाई जडान गर्न र मर्मत गर्न दक्ष प्राविधिकको आवश्यकता पर्छ ।

३) आफ्नो भान्सासँग पूर्णरुपमा सुहाउने डिजाइन तयार पार्न केहि कठिनाइ हुन सक्छ ।

मिस्त्रीले बनाउने किचेनका बेफाइदाहरु

१) हातले नै बनाइने हुँदा यसको गुणस्तर र फिनिसिङमा समस्या आउन सक्छ ।

२) यो फर्निचर तपाईको भान्सा कोठामा स्थायी तवरले जडान गरिने हुँदा स्थानान्तरण गरी पुनः प्रयोग गर्न कठिनाई हुन्छ । 

३) यसको लागत खर्च अस्थिर हुन्छ । मिस्त्रीअनुसार फरक–फरक मूल्य पर्ने भएकोले मूल्यमा एकरुपता र तालमेल हुँदैन ।

४) झट्ट हेर्दा मोडुलर किचेन जस्तो आकर्षक देखिदैन ।

५) मिस्त्रीले समयअनुसार चलेको डिजाइनलाई अनुशरण नगरेको खण्डमा उहि परम्परागत शैली दोहोरिन्छ । यसो हुँदा यसको सजावट, शैली सबै पुरानो खालको हुन जान्छ ।

मिस्त्रीले बनाएको किचेनको तुलनामा मोडुलर किचेन धेरै सुविधाजनक हुन्छ । विविधता, गुणस्तर र फिनिसिङमा मोडुलर किचेन अब्बल हुन्छ । तर तपाइले चाहेजस्तो डिजाइनमा आफ्नो किचने बनाउन चाहनुहुन्छ र रुचीअनुसार कस्टुमाइज गर्न चाहनुहुन्छ भने मिस्त्रीले बनाउने किचेनलाई रोज्‍न सक्नुहुन्छ । 

नेपालमा कति पर्छ मोडुलर किचनको मूल्य ? 

नेपालमा मोडुलर किचनको काम गर्ने धेरै कम्पनी छन् । तैपनि चर्चामा रहेका बेटर होम्स र किचन कन्सेप्‍ट हुन् जसले दुई दशकदेखि किचन बनाउने काम गर्दै आइरहेका छन् । 

नेपालमा मोडुलर किचेन कन्सेप्‍ट भित्र्याउने बेटर होम्स रहेको कम्पनीकी डिजाइनर पुजा बस्नेतले जानकारी दिइन । २० बर्षदेखि मोडुलर किचनको काम गर्दै आइरहेको बेटर होम्समा इम्पोर्टेड र लोकल दुबैमा मोडुलर किचन उपलब्ध छन् । 

डिजाइनर बस्नेतका अनुसार, इम्पोर्टेड मेट्रियल्समा मोडुलर किचन बनाउँदा ३ देखि १६/१७ लाखसम्म पर्छ । यदि लोकल मेट्रियल्स प्रयोग गरेमा २ लाखदेखि नै मोडुलर किचन बनाउन सकिन्छ ।

‘हामीले ग्राहकको आवश्यकता र बजेट अनुसार कस्टुमाइज गरेर पनि मोडुलर किचन बनाइदिन्छौं’ उनले भने, ‘ग्राहकको बजेट सुहाउँदो मूल्यमा पनि मोडुलर किचन तयार भइरहेका छन् ।’ कसैले मलाई यति बजेटको मोडुलर किचन बनाइदिनुस भन्यो भने कस्टुमाइज गरेर पनि मोडुलर किचन बनाइने उनको भनाई छ ।

बिगत १७ बर्षदेखि किचनमा काम गर्दै आइरहेको किचन कन्सेप्‍टले ३ लाखदेखि मोडुलर किचन बनाइदिने सिनियर डिजाइनर सुशीला मानन्धरले बताइन ।

‘मान्छेको बजेट र किचनको साइज अनुसारका मोडुलर किचन बनाउने हो, मेट्रियल्सको च्वाइस अनुसार पनि मूल्यमा फरक पर्छ’ उनले भनिन्, ‘हामीले ग्राहकको बजेट र आवश्यकता अनुसार कस्टुमाइज गरेर पनि मोडुलर किचन बनाइदिन्छौं ।’ यो मूल्यमा ग्रेनाइट, टायल, चिम्नी, चुलो, सिंक लगायत जोडिने उनको भनाई छ ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

488D29D2CBE36C1-1715130988-q1sgw.jpg

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

273181CC185A6B4-1_pokhara-2-day-mustang-tour-with-muktinath-temple-2.jpg

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

43FE0B3E7599612-Pho-99.jpg

लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट