कुन ठाउँमा कता फर्केको घर राम्रो ? किन रोज्छन् काठमाडौंमा पूर्व फर्केको घर ?

काठमाडौं उपत्यकामा दक्षिण–पूर्व फर्किएको घर सर्बाधिक रोजाइमा पर्छ । दक्षिण–पूर्व फर्किएको घरजग्गाको मूल्य पनि अलि बढि हुने गर्छ । बिहान सूर्य उदाउँदा घामको किरण पर्ने र दिउँसोसम्म घरमा घाम परिरहने हुनाले पनि पूर्व–दक्षिण फर्किएको घर बढी रोजिने गरेको रियलस्टेट एजेन्टहरु बताउँछन् ।

367B408218B985F-icon.png
3463views
57D3C1A5FDB8158-Rose 1.jpg

काठमाडौं । कता फर्केको घर–घडेरी किन्‍नु राम्रो ? आफ्नै घरको सपना देख्‍ने हरेक नेपालीलाई यो यक्ष प्रश्‍न हो । किनकी, घरजग्गाको मोहडा कता फर्केको छ भन्‍ने कुराले तपाईंको जीवनलाई धेरै कुरामा प्रभाव पार्छ । आजकल मानिसहरु वास्तुशास्त्रका आधारमा घर कता फर्केको शुभ हुन्छ भनेर हेर्न थालेका छन् । तर, त्योभन्दा महत्वपूर्ण छ कता फर्केको घर बसोबास र दैनिक जीवनका लागि सुविधायुक्त हुन्छ भन्‍ने कुरा । 

मूलतः घामको प्रकाशका आधारमा कुन ठाउँमा कता फर्केको घर उत्तम भन्‍ने कुरा निर्धारण हुन्छ । काठमाण्डौ लगायतका चिसो मौसम हुने पहाडी क्षेत्रमा पूर्व–दक्षिण फर्केको घरलाई उत्तम मानिन्छ । किनकी यस्ता घरमा बिहान चाँडै घाम लाग्छ । 

अत्यन्तै गर्मी हुने तराइ भेगमा उत्तर फर्काएर घर बनाउने गरिन्छ । तराइमा दक्षिण–पूर्व फर्काएर घर बनाउँदा ज्यादा गर्मी हुन्छ । तर, काठमाडौं उपत्यकामा दक्षिण–पूर्व फर्किएको घर सबैभन्दा राम्रो मानिन्छ । काठमाडौंजस्तो मध्यपहाडका समथर भागमा घामको स्रोत दक्षिणबाट आउने हुनाले काठमाडौंका बासिन्दा दक्षिण–पूर्व फर्किएको घर बढी रोज्‍ने वास्तुशास्त्री डा. बासुदेव शास्त्रीको भनाइ छ । 

काठमाडौं उपत्यकामा दक्षिण–पूर्व फर्किएको घर सर्बाधिक रोजाइमा पर्छ । दक्षिण–पूर्व फर्किएको घरजग्गाको मूल्य पनि अलि बढि हुने गर्छ । बिहान सूर्य उदाउँदा घामको किरण पर्ने र दिउँसोसम्म घरमा घाम परिरहने हुनाले पनि पूर्व–दक्षिण फर्किएको घर बढी रोजिने गरेको रियलस्टेट एजेन्टहरु बताउँछन् ।

वास्तुशास्त्र अनुसार पनि काठमाडौं उपत्यकामा पूर्व–दक्षिण फर्किएको घर बढी लाभकर हुने शास्त्रीको भनाइ छ । काठमाडौंमा उत्तर फर्किएको घर किन्‍न खोज्‍ने धेरै कम हुन्छन, किनभने उत्तरतर्फ फर्किएको घरमा बिहानदेखि साँझसम्म घाम त पर्दैन नै, उत्तरका हिमालबाट आउने सिरेटोले घर पनि चिसो हुन्छ । र, अँध्यारो पनि ।

नेपालभूमि रियल स्टेटका म्यानेजर सुरेश तामाङ काठमाडौंका बासिन्दाले दक्षिण–पूर्व फर्किएको घर रुचाउने गरेको बताउँछन् । ‘जति पनि ग्राहकहरुले घर वा जग्गा खोजिदिन भन्‍नुहुन्छ, सबै पूर्व–दक्षिण मोहोडा भएको खोजिदिन भन्‍नुहुन्छ’ उनले भने, ‘किनभने दक्षिण फर्केको घरमा घाम लाग्‍ने बित्तिकै कोठाभित्रै सहजै घाम आउँछ, उत्तर फर्किएको घरमा घाम नै लाग्दैन ।’ त्यसो त पश्‍चिम फर्किएको घरमा बढी हावा आउने गर्छ । 

केटीएम रियलटर्सका रियलस्टेट अफिसर सुगौरव कोइरालाका अनुसार मारवाडी समुदायले अरु समुदायले भन्दा बढी वास्तुशास्त्र हेरेर घर बनाउने गर्छन् । पूर्व फर्किएको घर वास्तुअनुसार पनि राम्रो मानिने भएकोले धेरैको रोजाइमा पूर्व फर्किएको घर पर्ने उनको भनाइ छ । ‘बिहानदेखि साँझसम्म घरमा घाम परिरहोस् भनेर दक्षिण–पूर्व फर्केको घर बढि खोजी हुन्छ’ उनी सुनाउँछन् । 

लक्की हाउजिङका प्रोपर्टी म्यानेजर उद्धव सेढाई पूर्व फर्किएको घर बनाउँदा सकरात्मक सोचको विकास हुने भएकोले पनि अहिले प्रायःजसोले पूर्वी मोहोडा फर्काएर घर बनाउने गरेको अनुभव सुनाउँछन् । ‘यदि अलि ठूलो जग्गा भएको खण्डमा उत्तरतर्फ मोहोडा भएको जग्गामा पनि सकभर पूर्वतर्फ मोहोडा फर्किने गरी घर बनाउने गरेको देखिन्छ’ ‘मान्छेहरु घर पूर्वतर्फ फर्केको र भान्छाकोठा दक्षिणतर्फ फर्केको बनाउन खोज्‍ने गरेको पाइन्छ ।’

बुद्धम रियलस्टेटका म्यानेजर रमेश खनाल पनि धेरै ग्राहकको रोजाइ  पूर्वी मोहोडाको घरमा हुने अनुभव सुनाउँछन् । ‘कतिपयले वास्तु मिलाउन पूर्वतर्फ फर्किएको घर खोज्‍ने गर्छन्, तर धेरैजसोले पूर्व–दक्षिण फर्किएको घरमा बिहानै घाम पर्ने र घर पनि उज्यालो हुने भएकोले पूर्व–दक्षिण दिशा रुचाउँछन्’ उनले भने, ‘तराइमा चाहिँ उत्तर फर्किएको घर बढी रोजाइमा पर्छ, किनभने त्यहाँ पूर्व–दक्षिण फर्किएको घरमा बढी गर्मी हुन्छ ।’

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

488D29D2CBE36C1-1715130988-q1sgw.jpg

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

273181CC185A6B4-1_pokhara-2-day-mustang-tour-with-muktinath-temple-2.jpg

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

43FE0B3E7599612-Pho-99.jpg

लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट