घर बनाउन ठेक्का दिने कि नदिने ? यी हुन् फाइदा-बेफाइदा

सस्तोमा नक्सा कोरिदिने मान्छे खोज्‍नु वा यो मान्छेकोमा नक्सा बनाउँदा नक्सा पास गर्न सजिलो हुन्छ रे भन्‍ने सुनेर उसैलाई नक्साको जिम्मा लगाउनु धेरै जनालाई तातो दूध निल्नु न ओकल्नु हुन्छ । घर बनाउने कुरा मान्छेको भावनासँग जोडिएको हुन्छ भन्‍ने नबुझि जथाभावी नक्सा कोर्ने डिजाइनरले गर्दा मान्छेले लाखौँ करोडौँ खर्च गरेर बनाउन लागेको घर माथिको लगानी नै खेर जान्छ ।

17BE9F638764BB4-n2.jpg

भनिन्छ, मान्छेले घर आफ्ना लागि नभइ अर्को पुस्ताका लागि बनाउँछ, परिवारका लागि बनाउँछ । जहाँ परिवार जोडिन्छ, जहाँ अपनत्वको सुरुवात हुन्छ, त्यो घर हो । परिवार जोडिने स्थान भएकाले घरमा भावनासमेत जोडिएको हुन्छ ।

घर बनाउन ३ कुराहरु (पक्षहरु) आधारभूत रूपमा जोडिएर आउँछन् ।

  • आर्थिक पक्ष
  • डिजाइन
  • निर्माण

आर्थिक अवस्था राम्रो छैन वा लगानी गर्न पर्याप्त पैसा छैन भने घर बनाउने सपना सपनामै सिमित रहन्छ । यी ३ पक्षहरु मध्ये, सुरुवाती चरणमा आर्थिक पक्ष सबैभन्दा बढि निर्णायक हुन्छ ।

घर बनाउने रकम जोहो गरिसकेपछि दोस्रो महत्वपूर्ण काम डिजाइन गर्नु हो । घरको डिजाइनमा खेलाँची गर्नु हुँदै हुँदैन । अपरिपक्‍व , सस्तोमा नक्सा कोरिदिने मान्छे खोज्‍नु वा यो मान्छेकोमा नक्सा बनाउँदा नक्सा पास गर्न सजिलो हुन्छ रे भन्‍ने सुनेर उसैलाई नक्साको जिम्मा लगाउनु धेरै जनालाई तातो दूध निल्नु न ओकल्नु हुन्छ । घर बनाउने कुरा मान्छेको भावनासँग जोडिएको हुन्छ भन्‍ने नबुझि जथाभावी नक्सा कोर्ने डिजाइनरले गर्दा मान्छेले लाखौँ करोडौँ खर्च गरेर बनाउन लागेको घर माथिको लगानी नै खेर जान्छ ।

त्यसैले नक्सा डिजाइन सधैँ प्रोफेशनल डिजाइनरको सल्लाहमा नै गर्नु पर्छ । डिजाइन पछिको ठूलो चुनौती अब निर्माणले दिन्छ । घर बनाउन २ र ४ थरीका सामानले मात्र तयार हुने होइन । सयौँ सामानहरुको सहि समिश्रणबाट मात्र एउटा बलियो र राम्रो घर सम्भव छ ।

अब प्रश्‍न आयो, घर बनाउन ठेक्कामा दिने कि नदिने ?

यसको जवाफ सजिलो छैन । जीवनभरको कमाइले बनाउन लाग्‍नु भएको घर ठेक्कामा दिएर पनि सुरक्षित र गुणस्तरीय बन्छ भन्‍ने ग्यारेन्टी कसैले दिन सक्दैन र घर धनि पनि ढुक्क हुन सक्ने स्थिति छैन ।

एक प्राविधिक र सिभिल इन्जिनियरका रूपमा मैले एक वाक्यमा सल्लाह दिनु पर्यो भने म “भरपर्दो निर्माण कम्पनीलाई जिम्मा दिनु उचित हुन्छ“ भन्छु । हामी बिरामी परेर जँचाउन जाँदा डाक्टरको भर पर्छौँ, विश्‍वास गर्छौँ किनभने हामीसँग औषधि उपचारको ज्ञान हुँदैन । त्यस्तै घर बनाउने विषयमा पनि जो कोहिसँग यसको सहि ज्ञान हुँदैन । त्यसैले म आफ्नो घर आफै बनाउँछु भन्‍नु भन्दा पनि कुनै जिम्मेवार र भरपर्दो निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिँदा घरको गुणस्तर राम्रो हुन्छ ।

भुकम्पीय सुरक्षा लगायत घरको संरचनालाई बलियो बनाउने ज्ञान पनि सामान्य मानिसलाई भन्दा बढी प्राविधिक इन्जिनियर अथवा यस्ता निर्माण कम्पनीलाई हुन्छ । तर, सस्तो बनाउने चक्करमा वा आफन्तले अथवा आफैंले चिनेजानेको स्थानीय लेवर ठेकेदारलाई लाई नै घर बनाउने ठेक्का दिनु भने उचित नहुनसक्छ । किनकी, यस्ता ठेकेदारहरुलाई घर बनाउने सही ज्ञान भने कम हुन्छ ।

भूकम्पीय सुरक्षाका लागि आवश्यक पर्ने केही अति महत्वपूर्ण कुराहरुमा नजरअन्दाज गरी डन्डी हाल्नु, कामदारलाई सजिलो हुनेगरी सिमेन्ट बालुवा रोडाको मिश्रण गर्नु, मिक्सर मेसिन प्रयोग नगर्नु, पिल्लरको लाइन नमिलाउनु, घरको लेभल चेक नगर्नु जस्ता अन्य थुप्रै गल्तिहरुका कारण यसरी घर बनाउँदा घर नराम्रो हुने र घर असुरक्षित हुने डर हुन्छ ।

त्यसैले राम्रो वा सस्तो बनाउँछु भनी आफै घर बनाउन अघि सर्नु वा स्थानीय ठेकेदारलाई घरको जिम्मा लगाउनु र प्राबिधिकको सल्लाहबिना घर बनाउनु घरका लागि हानिकारक हुन सक्छ। त्यसैले घर निर्माणको जिम्मा यसै क्षेत्रमा अनुभव भएका भरपर्दो र जिम्मेवार निर्माण कम्पनी खोजेर जिम्मा लगाउनु सबैभन्दा उत्तम हुन्छ ।

तर फेरी प्रश्‍न आउँछ, कुन निर्माण कम्पनी भरपर्दो छ ? यसको जवाफ खोज्‍ने जिम्मा चाँहि पाठकवर्गहरुकै । हामी यहाँ भने घर ठेक्कामा लगाउनुका फाइदा र बेफाइदा बारे छलफल गर्छौँ ।

फाइदाहरु:

१. समयको वचत

घर बनाउने काम अत्यन्त झन्झटिलो काम हो र समय पनि धेरै नै दिनु पर्छ । यदि तपाईं ब्यस्त हुनुहुन्छ र परिवारमा पनि घर बनाउनका लागि दिने समय पर्याप्त छैन भने ठेक्कामा घर बनाउन दिनु राम्रो हो । यसरी आफ्नो समय, व्यापार, व्यवसाय वा जागिर पनि बचाउन सकिन्छ ।

२. गुणस्तर

आम मानिस, लेवर मिस्त्रीहरुलाई घर र त्यसको प्राविधिक पक्षहरुका बारे कमै मात्र ज्ञान हुन्छ । त्यसैले राम्रो निर्माण कम्पनीलाई घर बनाउन ठेक्का दिँदा घर समग्र रुपमा राम्रो, गुणस्तरीय र लगानीको उचित प्रतिफल दिने गरी बन्छ ।

३. नक्साअनुसार घर बन्‍नु

कहिलेकाहिँ सामान्य लेवर मिस्त्री वा ठेकेदारले राम्रोसँग नक्सा हेर्न पढ्न नजानेर नक्सा भन्दा फरक तरिकाको घर बन्‍न गएको देखिन्छ । यस्तोमा ठेक्कामा घर बनाउन जिम्मा दिँदा नक्सा अनुसारको घर बनाउने जिम्मा ठेकेदार कम्पनी कै हुन्छ र नक्साभन्दा घर फरक बन्छ कि भन्‍ने चिन्ताबाट तपाइले मुक्ति पाउनुहुनेछ ।

४. निर्माण सामग्री खेर नजानु

राम्रो निर्माण कम्पनीलाई घर बनाउने ठेक्का दिँदा निर्माण कम्पनीले आवश्यकताअनुसार मात्र सामग्री हिसाब गरेर मगाउने र प्रयोग गर्ने हुँदा अन्दाजी रूपमा सामान मगाएर साइटमा सामान थुप्रिने र खेर जाने समस्या आउँदैन ।

५. निर्माणसम्बन्धी प्राविधिक ज्ञान पाउनु

निर्माण कम्पनीसँग काम गर्दा घर बनाउने घरधनी, लेवर मिस्त्री तथा छरछिमेकलाई समेत विभिन्‍न वेलामा कम्पनीका प्राविधिकहरूसँग प्रत्यक्ष छलफल गर्दा भवन निर्माणका प्रविधिहरू, गुणस्तर मापनका सूचकहरु तथा सही तरिकाले निर्माण गर्ने बिभिन्‍न तरिकाहरु आदिका बारेमा प्राविधिक ज्ञान हासिल गर्न सकिन्छ ।

बेफाइदाहरु:

१. विवाद हुने सम्भावना

अरुलाई घर बनाउने ठक्का दिँदा कस्तो सामान प्रयोग गर्ने भन्‍नेबारे पहिल्यै करार सम्झौतामा उल्लेख गर्नु पर्ने हुन्छ । तर, घर बनाउँदै जाँदा आफ्नो आवश्यकता वा चाहाना परिवर्तन भएमा घरमा प्रयोग गर्ने सामान समेत फेर्नु पर्न सक्छ । त्यति बेला ठेक्का दिएको कम्पनी वा व्यक्तिसँग विवाद पर्न सक्छ । सबै निर्माण कम्पनीले घरधनिको यस्तो आवश्यकता बुझ्‍न चाहँदैनन् र पछि समस्या पैदा हुन सक्छ ।

२. गैरजिम्मेवार कम्पनी पर्ने जोखिम

घर बनाउन ठेक्का दिने बेलामा निर्माण कम्पनी छनौट गर्दा सही निर्माण कम्पनी छनौट गर्न सकिएन भने अथवा आफूले छनौट गरेको निर्माण कम्पनी व्यवसायिक खालको परेन भने वा निर्माणसम्बन्धी राम्रो अनुभव नभएको कम्पनी पर्यो भने उसले गर्ने काम पनि गैर जिम्मेवार हुनसक्छ ।

निर्माण कम्पनी छनौट गर्दा काम राम्रोसँग नगरिदिने, समयमा नगरिदिने, गुणस्तर मापनका कुराहरूमा मतलब नगर्ने जस्ता समस्याहरू आउन सक्छन् ।

३. ठगीमा पर्ने जोखिम

घर बनाउने जिम्मा अरु कसैलाई ठेक्कामा दिँदा दुई तरिकाले ठगीमा पर्न सकिन्छ । एउटा लाग्‍ने भन्दा धेरै पैसा तिरेर र अर्को लाग्‍ने भन्दा थोरै पैसा तिरेर । गलत नियत भएका ठेकेदार वा ठेकेदार कम्पनीहरुले काम जिम्मा लिनका लागि अत्यन्त कम मूल्यमा घर बनाईदिने भनेर घर धनीहरुलाई आकर्षित गर्ने गर्छन् । यस्ता व्यक्ति वा कम्पनीले कम मूल्यमा घर सकाउनका लागि गुणस्तरमा नै समस्या आउने गरी घर निर्माण गर्छन् वा विचैमा काम छोडेर फरार पनि हुन सक्छन् ।

कसैले घर बनाउनका लागि लाग्‍ने रकममा बढि नै मार्जिन राखेर ठेक्का लिने पनि गर्छन् । यसरी घर बनाउन लाग्‍ने वास्तविक रकमभन्दा कम वा बढी लगानीमा ठेक्का लगाउनु पनि हानिकारक सावित हुनसक्छ । त्यसैले घर बनाउने जिम्मा दिनुभन्दा पहिले एक ठाउँमा मात्र नभई विभिन्‍न ठाउँमा गएर घर बनाउन वास्तविक कति रकम लाग्‍ने रहेछ राम्रोसँग बुझेर मात्र निर्माणको ठेक्का दिनु उचित हुन्छ ।

४. निर्माणपछिका सेवाहरु नपाउने जोखिम

अहिलेको समय सेवाको समय हो । लगानीकर्ताहरु अथवा ग्राहकहरू जुन कम्पनीले बढी सेवा दिन्छन् त्यतैपट्टी आकर्षित हुनु स्वभाविक हो । यस्तोमा राम्रा र भरपर्दा निर्माण कम्पनीहरुले निर्माणको मात्र नभई निर्माणपछिका ग्यारेन्टी र निर्माणपछिका सेवाहरु पनि सुविधा दिन्छन् । तर, आफूले घर बनाउने जिम्मा दिएको निर्माण कम्पनी जिम्मेवार नपरेको खण्डमा निर्माण सकिसकेपछि पाउनुपर्ने सेवाहरु प्रदान नगर्न सक्छन् । राम्रा निर्माण कम्पनीहरुले निर्माणपछि घरमा आउने विभिन्‍न समस्याहरु निश्‍चित समयसम्म निःशुल्क मर्मतसम्भार गर्नेसम्मको जिम्मा लिन्छन ।

५. गुणस्तरीय सामान प्रयोग नहुनु 

घर बनाउने जिम्मा दिइएको ठेकेदार वा ठेकेदार कम्पनी सहि परेन भने वा गलत नियत राख्‍ने खालको पर्यो भने घरमा गुणस्तर नराम्रो भएको सामान राख्‍न सक्छन् । ठेक्कामा घर बनाउने जिम्मा लिने कम्पनीहरुले सिमेन्ट, डण्डी, बालुवा, गिटी, रङरोगन, मार्वल, टाइल जस्ता अन्य थुप्रै सामग्रीहरू कम गुणस्तरको राख्छन कि भन्‍ने डर आम मानिसमा रहेको पाइन्छ । चनाखो नभइकन र राम्रोसँग कुरा नबुझिकन जो पायो त्यहीलाई घर बनाउने ठेक्का दिँदा यस्तो समस्या हुनसक्छ।

६. समय बढी लाग्‍ने जोखिम

जिम्मेवार निर्माण कम्पनी नपरेको खण्डमा नियमितरुपमा निर्माणको काम नगरी घर निर्माणको काम नै ढिलासुस्ती गर्न सक्छन् । यस्तोमा घर बनाउने समय पनि सोचेभन्दा धेरै लाग्‍न सक्छ । घर बनाउनु लाखौं करोडौंको लगानी हो र लगानीकर्ताले आफ्नो लगानी सुरक्षित होस् भन्‍ने चाहनु एकदमै जरूरी छ । वर्षौंको कमाइले बनाउन लागेको घर सुरक्षित होस् र राम्रो होस् भन्‍ने चाहनु स्वाभाविक हो ।

सोहीअनुरुप घर बनाउँदा आफैं बनाउने वा कसलाई जिम्मा दिने र कसो गर्दा राम्रो र गुणस्तरीय हुन्छ भन्‍ने चिन्ताले लगानीकर्तालाई सताइरहेको हुन्छ । प्रस्टरूपमा भन्‍नुपर्दा आममानिसले आफै घर बनाउन शुरु गर्नु चाहिँ राम्रो हुँदैन किनभने घर बनाउनका लागि आवश्यक प्राविधिक ज्ञान हुँदैन । तर, अरुलाई घर बनाउने ठेक्का दिन मन नलागेको खण्डमा वा आफूलाई नै बनाउन मन लागेको खण्डमा कोही व्यवसायिक अनुभवी प्राविधिक इन्जिनियरको सहभागीता र सल्लाहमा घर बनाउनु उचित हुन्छ ।

तर, व्यस्त व्यक्तिहरूको हकमा भने घर बनाउने जिम्मा दिनै पर्ने बाध्यता पनि हुन्छ । यस्तोमा एउटा गुणस्तरीय भरपर्दो निर्माण कम्पनी छनौट गर्नु सबैभन्दा राम्रो विकल्प हो । निर्माण कम्पनी छनौट गरिसकेपछि पनि समस्यामा नपर्नका लागि र गुणस्तरीय सेवा पाउनका लागि आफू चनाखो भने भइरहनुपर्छ ।

निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिएपनि गुणस्तरमा निर्माण कम्पनीमाथि पूरा विश्‍वास नलागेको खण्डमा अघि भनेजस्तै कोही अनुभवी इन्जिनियरद्वारा निर्माण कामको सुपेरिवेक्षण गराउन सकिन्छ । हरेक कुराको आफ्नै फाइदा र बेफाइदा हरु हुन्छन्। निर्माणको ठेक्का लगाउने विषय पनि त्यस्तै हो। सबै फाइदा र बेफाइदाको मूल्यांकन गरी आफ्नो लागि के उचित हुन्छ विचार गरेर घर बनाउनु राम्रो हुन्छ।

(अजिरा बिल्डर्सका प्रबन्ध निर्देशक इन्जीनियर अनुप ढुङ्गानालाई ९८०२३०५०७१ मा सम्पर्क गरी घरनिर्माणसम्बन्धि सम्पूर्ण जिज्ञासाहरु राख्न सक्नुहुन्छ !)

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल