काठमाडौंमा आवासका लागि रुचाइएका १० क्षेत्र: कहाँ कति मूल्य ?

काठमाडौं उपत्यकामा ७७ वटै जिल्लाका मान्छे आएर बसोबास गर्छन् । आफ्नो सुन्दर भविष्यको रुपरेखा यहीँ कोर्ने गर्छन । सबैलाई राम्रो कमाई गरेर काठमाडौं उपत्यकाभित्र घरजग्गा जोड्नु छ । विदेशमा गएर कमाउनेको सपना पनि सबैभन्दा पहिला घरजग्गा जोड्ने हुने गरेको छ ।

367B408218B985F-icon.png
920views
84982CE775E97FE-Ktm 1.PNG

काठमाडौं उपत्यका– देशकै केन्द्रीय राजधानी । अध्ययनको लागि होस् वा जागिर तथा व्यापार व्यवसायका लागि वा स्थायी बसोबासका लागि नै किन नहोस् सबैको  पहिलो रोजाइमा काठमाडौं पर्दै आइरहेको छ ।

मुलुक संघीय प्रणालीमा गइसके पनि धेरैको सपना हुने गरेको छ, काठमाडौंमा आफ्नै घर र जागिर वा व्यापार व्यवसाय होेस् । आफुलाई काठमाडौंको बासिन्दा भनेर चिनाउन पाउँदा गौरवान्वित महशुस गर्ने र समाजले पनि त्यस्तै इज्जत दिने अवस्था छ । 

शिक्षा, स्वास्थ्य, यातायात, व्यपार व्यवसाय, जागिरका अवसर, आधुनिक सेवा सुविधा, आधुनिक जीवनशैली सबै काठमाडौं केन्द्रित हुँदा पनि धेरैको आकर्षण देखिएको विज्ञहरुको तर्क छ ।  काठमाडौं उपत्यकामा ७७ वटै जिल्लाका मान्छे आएर बसोबास गर्छन् । आफ्नो सुन्दर भविष्यको रुपरेखा यहीँ कोर्ने गर्छन । सबैलाई राम्रो कमाई गरेर काठमाडौं उपत्यकाभित्र घरजग्गा जोड्नु छ । विदेशमा गएर कमाउनेको सपना पनि सबैभन्दा पहिला घरजग्गा जोड्ने हुने गरेको छ ।

त्यसैले काठमाडौंमा ठूलो संख्यामा घरजग्गा कारोबार हुन्छ । घरजग्गाको मूल्य छोइनसक्नु बढेर चुलीमा पुगिसकेको छ । यतिसम्म कि, अब त काठमाडौंं उपत्यकाभित्र खाली जग्गा भेटिन पनि मुस्किल पर्न थालिसकेको छ । 

अहिले उपत्यकामा जति पनि घरजग्गा किनबेच भइरहेका छन् ती सबै पुराना र पटक–पटक कारोबार भइरहेका घरजग्गा हुन् । भूमि व्यवस्थपन तथा अभिलेख विभाग, महानगर र नगरपालिकाहरुको तथ्यांक हेर्दा उपत्यकाभित्र घरजग्गा किनबेच, नयाँ घरको नक्सा पास तथा निर्माण सम्पन्न प्रमाणपत्र लिने दर पनि उच्च देखिन्छ । 

अहिले अनलाइन प्लेटफर्मबाट पनि घरजग्गा किनबेच धेरै हुन थालेको छ । रियलस्टेटको पायोनियर अनलाइन प्लेटफर्म नेपालहोम्स डटकममा उपत्यकाका हजारौं घरजग्गा बिक्रीका लागि लिस्टिङ भएका छन् ।
आज हामी घरजग्गा बढी खरिद बिक्री भइरहेका र मान्छेको बसोबासका लागि सबैभन्दा बढी चासो देखाएका प्रमुख १० स्थानबारे जानकारी गराउन गइरहेका छौं जुन नेपालहोम्समा लिस्टिङ भएका प्रोपर्टी र ग्राहकले घरजग्गा किन्‍न देखाइरहेको चासोका आधारमा मापन गरिएको हो ।

१. भैंसपाटी 

उपत्यकामा बसोबासका लागि ललितपुरको भैंसेपाटी क्षेत्र सबैभन्दा आकर्षक हटस्पट बनेको छ । भैंसेपाटीले भीआईपी आवासिय क्षेत्रको पनि पहिचान बनाएको छ । पछिल्लो समय मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको आवास क्षेत्र पनि भैंसेपाटीमै बनिरहेको छ । चर्चित नेतादेखि धनाढ्य व्यवसायीहरुको रोजाइ पनि भैसेपाटी नै बनेको छ । 

शहरी कोलाहलबाट केहि पर रहेको भैंसेपाटी शान्त र रमणीय भएकोले पनि आवासका लागि एकदमै उपयुक्त ठहरिएको हो । मन्त्रीका क्‍वार्टर, सुविधासम्पन्न अपार्टमेन्ट र हाउजिङ, देशकै ठूलोमध्येको हस्पिटल, नजिकै रिङरोड, शिक्षाको सहज पहुँच लगायतका सुविधाहरुले पनि भैंसेपाटी रोजाइमा पर्दै आइरहेको छ । 

अहिले भैंसेपाटीमा प्रतिआना ३५ लाखभन्दा मुनिको जग्गा पाउनै मुश्किल रहेको छ । नेपालहोम्सको साइटमा लिस्टिङ भएका भैंसेपाटीका जग्गाको मूल्य आनाको ३५ लाखदेखि डेढ करोड रुपैयाँसम्म रहेको छ।

२. बुढानिलकण्ठ

काठमाडौं उपत्यकाभित्र अर्को रोजाइको भिआइी ठाउँ हो, बुढानिलकण्ठ । काठमाडौंको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ शिवपुरी राष्‍ट्रिय निकुञ्‍जको काखमा रहेको छ । शान्त र कोलाहलमुक्त वातावरण, शितल ठाउँ, पानीको सुविधा, नजिकै हाइकिङ र मर्निङ वाक गर्न प्रशस्त ठाउँ भएकाले पनि बुढानिलकण्ठ क्षेत्र अत्याधिक रुचाइएको हो । 

बुढानिलकण्ठमा वरिष्‍ठ नेता, उच्चपदस्थ कर्मचारी, व्यवसायी लगायत हाइप्रोफाइल बसोबास गर्दै आइरहेका छन् । त्यहाँ हाउजिङ र अपार्टमेन्ट परियोजना पनि बनेका छन् । बसोबास बढ्दै गएपछि बुढानिलकण्ठमा जग्गाको भाउ छोइनसक्नु भइसकेको छ । नेपालहोम्स डटकममा बिक्रीका लागि सूचिकृत भएका बुढानिलकण्ठ क्षेत्रका जग्गाको मूल्य प्रतिआना न्यूनतम ३५ लाखभन्दा माथि नै रहेको छ । भिआइपी कोलोनीहरूमा त आनाकै ४५ लाख घटी जग्गा पाउन नसकिने स्थानीयवासी को भनाइ छ। यहाँ सिद्धार्थ कोलोनी , बुद्ध कोलोनी, टौलूंग, भंगाल, पासिकोट  आदि क्षेत्रमा घर-जग्गाको माग उच्च रहेको छ।   

३. थानकोट

पछिल्लो समय हटस्पट बन्दैछ थानकोट । पश्‍चिम क्षेत्रबाट काठमाडौं प्रवेश गर्ने मान्छेहरु थानकोट क्षेत्रमा बस्‍न रुचाउँछन् । एकातिर काठमाडौं प्रवेश गर्ने सबैभन्दा ठूलो पृथ्वी राजमार्ग र अर्कोतिर तुलनात्मक रुपमा सस्तोमा जग्गा पाइने भएकोले पनि थानकोट घरजग्गा किनबेचमा अग्रणी बन्‍न थालेको हो । 

नेपालहोम्स डटकमको वेवपोर्टलमा बिक्रीमा राखिएका घरजग्गाको सूचिमा थानकोटकै बाहुल्यता बढी देखिन्छ । काठमाडौं उपत्यकाका आवासीय क्षेत्रहरु भरिदै र महँगिदै गएपछि थानकोट क्षेत्र आवासीय हबको रुपमा चिनिदै गएको छ । 

सुरुङमार्ग लगायत विभिन्‍न विकासे परियोजना निर्माण भइरहेको हुनाले निकट भविष्यमै राम्रो प्रतिफल पाउने आशामा घरजग्गामा लगानी गर्ने बढ्दै गइरहेका छन् । त्यस क्षेत्रमा अहिले आवासिय प्रयोजनकै लागि बढी घरजग्गा किनबेच भइरहेको छ । चन्द्रागिरी केवलकारले पनि थानकोट क्षेत्रको आकर्षण बढाइदिएको छ । आवासीय एवम् लगानीका लागि प्रचुर सम्भावना बोकेको थानकोटमा अहिले जग्गाको मूल्य प्रतिआना १५–२० लाखभन्दा माथि रहेको छ ।

४. बालुवाटार

बालुवाटार एकदमै महँगो र भिआईपी एरिया हो । प्रधानमन्त्री निवास, विभिन्‍न राष्‍ट्रका राजदुतावास रहेकोले यस क्षेत्रमा स्थानीय बाहेक ठूलो आम्दानी भएका उच्चवर्गका मानिस बस्दै आइरहेका छन् । यस क्षेत्रमा विदेशी कुटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारीहरुको बसोबास रहेको छ । घर तथा अपार्टमेन्ट भाडामा लिएर बस्‍नेको संख्या पनि उत्तिकै छ । त्यस ठाउँमा जग्गाको मूल्य सानो बाटोमा प्रतिआना न्यूनतम ७० लाख रुपैयाँबाट सुरु हुन्छ । 

५. सानेपा

रिङरोडभित्र रहेको अर्को आकर्षक आवासीय क्षेत्रमा सानेपा पनि पर्छ । विलासी आवास रुचाउने उपभोक्ता तथा विदेशी कुटनीतिक नियोगका कर्मचारीहरुको बसोबास स्थलमध्ये सानेपा प्रमुख क्षेत्रमा पर्छ । यस ठाउँमा ठूला अपार्टमेन्ट र हाउजिङ परियोजना छन् । सानेपा–झम्सिखेल अपार्टमेन्टको त हब नै भन्दा पनि हुन्छ । उपत्यकाका सबैभन्दा राम्रा स्कुलमध्येका अधिकांश सानेपा क्षेत्रमै छन् । यो ठाउँ प्रिमियम आवासीय क्षेत्र हो । यहाँ जग्गाको मूल्य प्रतिआना ६०–७० लाख रुपैयाँभन्दा माथिबाट सुरु हुन्छ । 

६. इमाडोल

पछिल्लो समय ललितपुरको इमाडोल क्षेत्र पनि हटस्पट आवासिय क्षेत्र बनिरहेको छ । रिङरोडबाट नजिक, यातायातको सहज पहुँच र अन्य क्षेत्रको तुलनामा केहि सस्तोमा जग्गा पाइने भएकाले यस ठाउँमा बस्ती बाक्लिदै गएको हो । इमाडोलमा मध्यमवर्गीय र उच्चबर्गीय परिवारको बसोबास छ । नेपालहोम्स डटकमका बिक्रीमा राखिएका इमाडोल क्षेत्रका जग्गाको मूल्य न्यूनतम प्रतिआना २५ लाख रुपैयाँबाट सुरु हुन्छ ।

७. हात्तिवन

शहरी कोलाहलबाट केहि पर शान्त वातावरणमा रहेको हात्तिवन आवासको लागि एकदमै उचित क्षेत्र मानिन्छ । अहिले हात्तिवन क्षेत्रमा पनि खाली जग्गा पाउन मुस्किल पर्न थालेको छ जसले गर्दा जग्गाको मूल्य अचाक्ली बढेको छ । यस क्षेत्रमा सामुदायिक आवास तथा अपार्टमेन्टहरु निर्माण कार्य जारी छ । नजिकै रहेको धापाखेल हाउजिङ र अपार्टमेन्टको हब नै बनिसकेको छ ।

सातदोबाटोदेखि गोदावरीसम्म सडक बिस्तारको काम धमाधम भइरहेको छ । यसले गर्दा पनि यस क्षेत्रमा जग्गामा लगानीगर्नेको संख्या बढ्दै गएको हो । हात्तिवन आसपासमा अहिले जग्गाको मूल्य प्रतिआना ३५ लाख रुपैयाँभन्दा माथिबाट सुरु हुन्छ । 

८. लाजिम्पाट

लाजिम्पाट पनि धनाढ्य र भिआईपी बर्गको बसोबास स्थल हो । शहरको केन्द्रमा पर्ने लाजिम्पाटमा विभिन्‍न देशका राजदुतावास रहेका छन् । यो क्षेत्र आवासिय भन्दा पनि व्यवसायिक बढि भइरहेको छ । यो क्षेत्रमा विदेशी कुटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारीहरु भाडाको घरमा बस्‍ने गरेका छन् । लाजिम्पाटका भित्रि आवासीय क्षेत्रमा गाडी जाने बाटो भएको ठाउँमा आनाको न्यूनतम ६०-६५ लाख रुपैयाँ पर्ने व्यवसायी बताउँछन्। मुख्य व्यापारिक क्षेत्रमा त आनाको डेढ करोड घटी जग्गा भेट्न मुश्किल पर्ने एजेन्सी बताउँछन्। 

९. धापासी

बुढानिलकण्ठ भरिँदै गएपछि त्यो बस्ती धापासी हुँदै टोखासम्म फैलिन थालेको छ । पछिल्लो समय धापासी क्षेत्र पनि आवासको लागि मानिसले सर्वाधिक रुचाएको क्षेत्रमा पर्छ । ग्राण्डी हाउजिङ, ग्राण्डि भिल्ला, ग्राण्डी हस्पिटल आदिको निर्माणले पनि यस क्षेत्रप्रतिको आकर्षण बढेको हो । 

टोखा छहरे हुँदै नुवाकोट जाने बाटोको कारण पनि यहाँ नुवाकोटका मानिसले घर घडेरी जोड्ने गरेको पाइन्छ । टोखा–नुवाकोट सुरुङमार्ग बन्‍ने हल्लाले गर्दा पनि यस ठाउँमा मानिसको बसोबास बढ्नुको साथै जग्गाको मूल्य पनि आकासिएको हो । अहिले टोखामा आनाको २५ लाखभन्दा कम मूल्यमा जग्गा पाउन मुश्किल पर्छ ।

१०. महाराजगञ्‍ज

महाराजगञ्‍ज क्षेत्रमा विभिन्‍न राष्‍ट्रका राजदुतावास र आइएनजीओ रहेकोले भाडामा घर लिएर बस्‍ने विदेशीहरुको संख्या धेरैछ । राजदुतावास, देशकै ठूलो शिक्षण अस्पताल, कान्तिबाल अस्पताल, राष्‍ट्रपति निवास, प्रहरी अस्पताल, प्रहरी तालिम केन्द्र आदिले गर्दा पनि धेरै मानिसलाई महाराजगञ्‍ज बसाई सहज भएको हो ।

देशकै शक्ति केन्द्र भएकोले यो क्षेत्र सुविधा सम्पन्‍न र विकासशील भएको हो । यसले गर्दा मानिसको आकर्षण बढेको पाइन्छ । महाराजगंजमा घर किनेर बस्‍ने भन्दा पनि भाडाको घर तथा अपार्टमेन्टमा बस्‍नेको संख्या धेरै रहेको नेपालहोम्स डटकममा सूचिकृत भाडाका प्रोपर्टीले पनि पुष्‍टि गर्छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

488D29D2CBE36C1-1715130988-q1sgw.jpg

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

273181CC185A6B4-1_pokhara-2-day-mustang-tour-with-muktinath-temple-2.jpg

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

43FE0B3E7599612-Pho-99.jpg

लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट