काठमाडौंमा सस्तो डेरा चाहियो ? यी हुन् सस्तोमा डेरा पाइने १० स्थान !

अहिले काठमाडौंका घरधनीले जति चाहन्छन् त्यति नै हुने गरेको छ घरभाडा । त्यसैले कोर सिटीमा एउटै कोठाको १०-१२ हजार रुपैयाँसम्म घरभाडा तिर्नुपर्छ । फ्ल्याट लिनुपरे कम्तिमा २५ हजार खर्चिनु पर्छ ।

367B408218B985F-icon.png
3122views
7D466C7FACA4BF2-Kathmandu valley.jpg

संघीय राजधानी काठमाडौं शहर पूर्व मेचीदेखि पश्‍चिम महाकालीसम्म सबैको पहिलो रोजाईको गन्तव्य हो । अध्ययनका लागि होस् वा रोजगारी गर्न, व्यापार व्यवसाय गर्न होस् वा विलासी जिवन जिउन । सबैको पहिलो रोजाईमा पर्छ काठमाडौं ।

मुलुक संघीय प्रणालीमा गइसकेपछि काठमाडौंको चाप विस्तारै घट्ने अनुमानका विपरित बर्षेनी काठमाडौंमा भिडभाड बढ्दै गइरहेको छ । अब काठमाडौंमा घर बनाउनका लागि खाली जग्गा पाउन पनि मुस्किल हुन थालिसकेको छ । काठमाडौं बाहिरबाट आउनेहरु डेरा भाडामा बस्‍ने भएपछि यहाँका घरधनीको मुख्य पेशा नै घरभाडा हुन थालेको छ । 

अहिले काठमाडौंका घरधनीले जति चाहन्छन् त्यति नै हुने गरेको छ घरभाडा । त्यसैले कोर सिटीमा एउटै कोठाको १०-१२ हजार रुपैयाँसम्म घरभाडा तिर्नुपर्छ । फ्ल्याट लिनुपरे कम्तिमा २५ हजार खर्चिनु पर्छ । आफुले दुःख गरेर कमाएमो पैसा सबै घरभाडामै सिध्यिने भएपछि खाने के गरी ? अब त सामान्य आम्दानी हुनेहरु रिङरोडभित्र फ्ल्याट वा कोठा लिएर बस्‍न नसक्ने अवस्था भइसकेको छ ।

के तपाईंलाई थाहा छ, रिङरोडबाट केही किलोमिटर बाहिर निस्कने हो भने अझै पनि सस्तोमै घरभाडामा पाउन सकिन्छ । अहिले रिङरोड बाहिर पनि धेरै घरहरु बनिरहेका छन् जहाँ छानी छानी घर खोजेर भाडामा बस्‍न पाइन्छ । रिङरोडभित्र पुराना घरमा बस्‍नुको सट्टा रिङरोड बाहिर नयाँ घरमै सस्तो मूल्यमा बस्‍न पाइन्छ भने किन खुम्चिएर बस्‍ने त !

अहिले रिङरोड बाहिर पनि हरेक ठाउँमा सार्वजनिक यातायातको राम्रो व्यवस्था छ । त्यसमाथि पछिल्लो समय आफ्नै एउटा मोटरसाइकला, स्कुटर वा गाडी नहुने व्यक्ति कमै हुनुहुन्छ होला । केही मिनेटको यात्रामा सस्तो मूल्यमा नयाँ घरमा कोठा भाडा पाउन सक्ने सम्भावना छ ।

आज हामी रिङरोड बाहिरका सस्ता ठाउँहरु जहाँबाट मुख्य शहरमा सजिलै आउन सकिन्छ, ती ठाउँहरुको हामी जानकारी गराउँदै छौं ।

कपन 

कपन तथा बुढानिलकण्ठ क्षेत्रमा ४ कोठाको फ्ल्याटमा मासिक १० हजारदेखि १५ हजार रुपैयाँसम्म तिरेर बस्‍न सकिन्छ । भित्री टोलमा रहेका घरको कोठाहरु ४ हजारदेखि ५ हजारसम्म र मुख्य सडकमा रहेका घरका कोठाहरु ६ हजारमै बस्‍न पाइने स्थानीय बताउँछन् ।

रिङरोडबाट २ देखि ३ किलोमिटर दुरीमै सस्तोमा कोठा पाइने मात्र होइन, बच्चाबच्चीका लागि पठनपाठन र स्वास्थ्योपचारका लागि राम्रा हस्पिटल पनि यही क्षेत्रमा छन् । यो क्षेत्रबाट काठमाडौं शहरमा आउनका लागि सार्वजनिक यातायातको राम्रो प्रबन्ध पनि छ ।

माकलवारी-जोरपाटी 

गोकर्णेश्‍वर माकलवारीमा ४ कोठाको फ्ल्याट १२ देखि १६ हजारसम्म पाउन सकिन्छ । एउटा कोठा लिएर बस्‍ने हो भने ठाउँ हेरिकन ४ देखि ८ हजारसम्म कोठा पाउन सकिने स्थानीय बताउँछन् । यो ठाउँमा पनि सार्वजनिक यातायातको राम्रो प्रबन्ध छ । स्कुल, बजार तथा अस्पतालको सेवा पनि राम्रो रहेको छ। नजिकै नेपाल मेडिकल कलेज , अपाङ्ग अस्पताल , शंकरापुर अस्पताल रहेकाले पनि यो ठाउँमा हाल आकर्षण बढेको छ। 

कालिमाटी

कालिमाटीका भित्री क्षेत्रहरुमा पनि फ्ल्याट १२ देखि १८ हजार र कोठाहरु ४ देखि ७ हजारसम्म पाइन्छन् । कालिमाटी रिङरोड भित्रै पर्ने भएकोले शहरको जुनसुकै भागमा सजिलै पुग्‍न सकिन्छ । तर, कालिमाटीको भित्री भागमा रहेका घरमा पुग्‍न निकै साँघुरो बाटाहरु रहेका छन् । यस क्षेत्रमा पार्किङको भने समस्या छ ।

धापासी

पछिल्लो समय बसोबासका लागि सर्वाधिक रोजाइमा पर्ने ठाउँमध्ये धापासी पनि पर्छ । रिङरोडबाट केही किलोमिटर दुरीमा रहेको धापासीमा १२ देखि १८ हजारसम्म ४ कोठे फ्ल्याट र ५ देखि ८ हजारसम्म कोठाहरु पाउन सकिन्छ । यस क्षेत्रमा शिक्षा र स्वास्थ्यको राम्रो प्रबन्ध छ । सार्वजनिक यातायात सजिलै पाउने हुँदा आवात जावत गर्न पनि सजिलो रहेको स्थानीय बताउँछन् ।

टोखा

टोखा पनि पछिल्लो समय सर्वाधिक रोजाइको ठाउँ बनेको छ । टोखामा १० देखि १५ हजारसम्म ४ कोठे फ्ल्याट र ३ देखि ६ हजारसम्म कोठाहरु पाउँछ । सार्वजनिक यातायातका लागि कुनै चिन्ता लिनु पर्दैन । यो क्षेत्रमा खानेपानीको पनि राम्रो प्रबन्ध छ । नजिकै ग्रान्डी हस्पिटल छ । 

लुभु

ललितपुरको लुभुमा पनि आकर्षण बढ्दो छ । लुभुमा धमाधम नयाँ आवासिय घरहरु बनिरहेका छन जुन घरमा सस्तोमै डेरा पाइन्छन् । त्यहाँ ४ कोठे फ्ल्याट १० देखि १५ हजारसम्म र कोठाहरु ३ देखि ६ हजारसम्म रोजीरोजी पाइन्छन् । त्यहाँ पनि सार्वजनिक यातायातको राम्रो सुविधा छ । शिक्षाका लागि राम्रा राम्रा स्कुलहरु खुलिरहेका छन् । 

हरिसिद्धी देखि गोदावरीसम्म 

ललितपुरकै हरिसिद्धी, सानागाउँ, गोदामचौर, बिष्‍ट गाउँमा पनि सस्तोमै कोठा पाउन सकिन्छ । रिङरोडबाट २-३ किलोमिटर दुरीमा रहेको हरिसिद्धी र सानागाउँमा ८ देखि १२ हजारसम्म ४ कोठे फ्ल्याट पाउन सकिन्छ । कोठाहरु ४-५ हजारमै पाइन्छन् । सम्म परेको फाँटमा अहिले धमाधम नयाँ घरहरु बनिरहेका छन् । यस्तै, गोदामचौरमा ८-१० हजारमै रोजेको फ्ल्याट पाउँछ ।

ललितपुरको गोदावरीमा पनि १० देखि १५ हजारसम्म राम्रै फ्ल्याट पाउन सकिन्छ । सार्वजनिक यातायातको राम्रो प्रबन्ध भएको गोदावरीमा बस्नका लागि पनि शान्त र रमणिय ठाउँ हो । खाने पानीको कुनै दुःख छैन । पछिल्लो समय गोदावरी आवासका लागि सर्वाधिक रोजाइमा पर्न थालेको छ । शहरमा आउनका लागि पनि केही मिनेटको यात्रा गरे पुग्छ ।

मुलपानी

काठमाडौंको मुलपानीमा ४ कोठे फ्ल्याट १० देखि १२ हजारसम्म पाउँछ । कोठाहरु ३ हजारमै पाइन्छन् । थानकोट क्षेत्र बसोबासका लागि हटस्पट बनेको छ । चौडा सडक र सार्वजनिक यातायातको राम्रो प्रबन्ध भएको हुँदा थानकोट क्षेत्र सर्वाधिक रोजाइमा पर्न थालेको हो । थानकोट क्षेत्रमा ८ देखि १५ हजारसम्म रोजी रोजी फ्ल्याट लिएर बस्‍न पाइन्छ । त्यहाँ ४-५ हजारमै कोठा भाडामा पाइन्छन् । नेपालटार र फुटुङ क्षेत्रमा पनि १० देखि १५ हजारसम्म फ्ल्याट पाउँछ । बालाजुबाट २ किलोमिटर दुरीमा रहेको नेपालटार शहरबाट निकै नजिक पर्छ । 

भक्तपुर र कीर्तिपुर 

किर्तिपुरमा पनि १०-१५ हजारमा राम्रा फ्ल्याट पाइन्छन् । भक्तपुरको दुवाकोट, दधिकोट, सिरुटार, बालकोट, सानो ठिमी, सल्लाघारी लगायत धेरै ठाउँहरुमा अहिले पनि ८ देखि १५ हजारसम्म छानी छानी ४ कोठे फ्ल्याट लिएर बस्‍न पाइन्छ । अहिले भक्तपुरका सबै ठाउँमा सार्वजनिक यातायात पुगिसकेको छ । पछिल्लो समय आवासका लागि भक्तपुरका क्षेत्रहरु रोजाइमा परिरहेका छन् । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

5A5F42A22E9BC18-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड

D320DE208F1331D-69517920_1373867986102917_7204198105871286272_n.jpg

शहरी क्षेत्रमा भाडाको आवास कार्यक्रम सञ्चालन गरिनुपर्ने

F45519E163BCE2E-476958839_1341435693663267_1821604850385103110_n.jpg

धेरै घरजग्गा कारोबार हुनेमा मोरङ पहिलो, काठमाडौं चौथो स्थानमा, मनाङ र मुस्ताङ पुछारमा