व्यक्ति वा परिवारको नाममा कति जग्गा राख्‍न पाइन्छ ? यस्तो छ भूमि सम्बन्धि ऐनमा व्यवस्था

भूमि सम्बन्धी ऐनमा तराई, काठमाडौं उपत्यका र पहाडी तथा हिमाली भेगमा व्यक्ति वा परिवारको नाममा राख्‍न पाउने जग्गा हदबन्धी सिमा फरक फरक तोकेको छ ।

367B408218B985F-icon.png
2196views
0AB093AD1CC78F6-Jagga_1.jpg

काठमाडौं । आफुसँग टन्‍न पैसा छ भन्दैमा धेरै जग्गा जमिन जोडेर राख्‍न पाइँदैन । भूमि सम्बन्धी ऐनले कुनै पनि व्यक्ति वा उसको परिवारले राख्‍न पाउने जग्गाको अधिकतम हदबन्दी तोकिदिएको छ । कसैले व्यापार व्यवसाय गर्नका लागि सरकारको स्वीकृति लिएर हदबन्दी भन्दा बढी जग्गा किनेर राख्‍न पाउने व्यवस्था छ । तर, जुन प्रयोजनका लागि हदबन्दी भन्दा बढी जग्गा लिइएको हो त्यो भन्दा फरक प्रयोजनमा जग्गा जमिन प्रयोग गर्न भने पाइँदैन । ऐनमा व्यापार व्यवसायको प्रकृति अनुसार हदबन्दीभन्दा बढी राख्‍न पाउने जग्गाको पनि सिमा तोकिदिएको छ ।

भूमि सम्बन्धि ऐन, २०२१ को आठौं संशोधन अनुसार कुनै पनि व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले १० विगाहामा नबढ्ने गरी जग्गा राख्‍न पाइउने व्यवस्था गरेको छ । भूमि सम्बन्धी ऐनमा तराई, काठमाडौं उपत्यका र पहाडी तथा हिमाली भेगमा व्यक्ति वा परिवारको नाममा राख्‍न पाउने जग्गा हदबन्धी सिमा फरक फरक तोकेको छ । तराईमा सबैभन्दा बढी, पहाडी भेगमा त्यसभन्दा कम र काठमाडौं उपत्यकामा सबैभन्दा कम जग्गा राख्‍न पाउने व्यवस्था छ ।

भूमि सम्बन्धि ऐन अनुसार भित्री मधेश र तराई क्षेत्रमा अधिकतम १० बिगाहासम्म जग्गा जमिन राख्‍न पाइन्छ । यस्तै, काठमाडौं उपत्यकामा २५ रोपनी र काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा ७० रोपनी जग्गा राख्‍न पाउने व्यवस्था छ । 

तर, कुनै व्यक्ति वा उसको परिवारले घरबारीको निमिक्त भित्री मधेश र तराई क्षेत्रमा १ बिगाहा, काठमाडौं उपत्यकामा र उपत्यका बाहिरको पहाडी क्षेत्रमा ५/५ रोपनी जग्गा थप गरी राख्‍न पाउने व्यवस्था ऐनमा गरिएको छ ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि