घरको बीमा भनेको के हो ? यो किन आवश्यक छ ?

घरको सामान्य मर्मत सम्भार र रंगरोगन त आफै गरौंला । तर, कहिलेकाहीँ भैपरी आउने समस्याहरु भूइँचालो, जमिन धस्सिने, बाढी, पहिरो, आगालागी लगायतले घरमा क्षति गरे कसरी परिपूर्ति गर्ने ?

367B408218B985F-icon.png
1150views
C4098785E15726B-downtown 1.png

जीवनभरको कमाइले घर निर्माण गरेपछि त्यसको संरक्षण आवश्यक हुन्छ । घरको सामान्य मर्मत सम्भार र रंगरोगन त आफै गरौंला । तर, कहिलेकाहीँ भैपरी आउने समस्याहरु भूइँचालो, जमिन धस्सिने, बाढी, पहिरो, आगालागी लगायतले घरमा क्षति गरे कसरी परिपूर्ति गर्ने ?

यसका लागि हामीले घरको बीमा गर्नुपर्ने हुन्छ । बीमा गरेपछि भैपरी आउने क्षतिको परिपूर्ति बिमा कम्पनीले गरिदिन्छन् । त्यसैले पनि घरको बीमा गरेर ढुक्क हुँदा सबैभन्दा राम्रो हुने बीमा कम्पनी सञ्‍चालकहरु बताउँछन् । 

घरको बीमा भनेको के हो ?

घर दुई प्रकारका हुन्छन्, एउटा आवासिय घर र अर्को व्यवसायिक भवन । हामी बसोबास गर्ने आवासलाई आवासिय घर भनिन्छ । कुनै पनि व्यवसायिक वा व्यापारिक प्रयोजनको लागि बनाइएका व्यापारिक मल, बिजनेश कम्प्लेक्स, उद्योग, होटल लगायत व्यवसायिक घर हुन् । प्रभु इन्स्योरन्स कम्पनीकी  मार्केटीङ म्यानेजर जसोधा जोशीका अनुसार, आवासिय घरको बीमा एक वर्षको लागि गरिन्छ । बीमा गर्ने भनेको भैपरी आउने क्षतिको परिपूर्तिको प्रत्याभूतिका लागि गरिने करार भएको उनले बताए । 

घरको बीमा किन गर्ने ?

घरको बीमा गर्नु भनेको आफ्नो सम्पत्तीको सुरक्षा गर्नु हो । हामीले आफ्नो लागि एउटा सुन्दर घर बनाउँछौ । कुनै पनि बेला केही कारणवश वा अप्रत्याशित रुपमा प्राकृतिक विपत्ती (भूकम्प, आगलागी, बाढि, पहिरो) आएर घरमा क्षति पुर्याउन सक्छ । यदि हामीले घरको बीमा गरेका छौं भने आर्थिक हिसाबले सुरक्षित हुन सक्छौं । 

नेपालमा बैंकबाट कर्जा लिएर घर बनाउँदा कर्जा स्वीकृतिका लागि घरको बीमा पनि गराउँछ । बैंकले कर्जा सुरक्षणका लागि घर धितो राखेको हुन्छ । सँगसँगै भैपरी आउने विपत्तीको क्षतिपूर्तिका लागि घरको बीमा पनि गराएको हुन्छ । त्यसो गर्दा बैंक पनि कर्जा असुलीका लागि ढुक्क हुने गर्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स भैरहवा शाखाका प्रमुख सतिश भुसालका अनुसार, सामान्य रुमा बुझ्नुपर्दा तपाई हाम्रो आफ्नो सम्पत्तीको सुरक्षाको लागि नै बीमा गर्नु आवश्यक हुन्छ । 

घरको बीमा गर्ने प्रकृया 

भुसालका अनुसार, घरको बीमा गर्ने प्रकृया त्यति झन्झटिलो छैन । तपाईले घर बनाउँदा कति लगानी गर्नुभएको छ सोही अनुसार बीमा कम्पनीहरुका प्रतिनिधीले तपाईको प्रोपर्टीको मूल्यांकन गर्छन् । त्यसपछि सामान्य फारम भरेर सम्झौता गर्नुपर्ने हुन्छ । 

यस प्रक्रियामा आवश्यक पर्ने कागजातहरु निम्‍न छन्:

  • घर मालिकको विवरण
  • नागरिकताको प्रमाणपत्र
  • घरको चार किल्ला खुलेको कागज
  • घरजग्गाको लालपुर्जा

यस्ता छन् घरको प्रिमियर स्किमहरु

धेरैलाई लाग्‍न सक्छ कि घरको बीमा गराउँदा धेरै खर्च लाग्छ । तर बीमा कम्पनीका प्रतिनिधिहरुका अनुसार आवासिय घरको बीमा शुल्क धेरै सस्तो रहेको छ । एक करोडसम्मको प्रोपर्टीको बीमाशुल्क त्यसको ०.५ प्रतिशत पर्न आउने भुसाल बताउँछन् । अर्थात्, एक करोडको प्रोपर्टीको बीमा गराउँदा वार्षिक ५ हजार ६७२ रुपैयाँ बुझाउनुपर्ने हुन्छ । 

के–के क्षति हुँदा क्षतिपूर्ति पाइन्छ ?

घरको भौतिक संरचनामा आन्तरिक तथा बाह्य विभिन्‍न कारणले हुने क्षतिको परिपूर्ति बीमा कम्पनीले गर्छन् । घरमा के–कस्तो अवस्थामा भएको क्षतिको जिम्मा बीमा कम्पनीले लिन्छन् त ? लुम्बिनी जनरल इन्स्योरेन्सका शाखा प्रमुख भुसालले निम्‍न जानकारी गराए: 

अग्‍नीजन्य क्षति

  • आगलागी वा अग्‍नीको कारणले भएको क्षति

हावाजन्य क्षति

  • हावा, हुरी, बतास आँधिबेहोरी वा तुफानको कारणले भएको क्षति
  • चक्रवात वा भुमरीको कारणले भएको क्षति
  • कुनै प्रकारको वायुमण्डलीय उथलपुथल

पानीजन्य क्षति

  • झरी वा वर्षाको पानीको कारणले भएको क्षति
  • असिना, हिउँ वा हिमनदी कारणले भएको क्षति
  • बाढी, डुबानको कारणले भएको क्षति
  • पाइप, बाँध, पोखरी, ढल वा पानीको निकास बन्द वा त्यसबाट चुहावट वा फुटेर भएको क्षति

भूमिजन्य क्षति

  • भुइँचालोको कारणले भएको क्षति
  • कुनै विष्फोटन भई जमिन हल्लिएको कारणले भएको क्षति

खस्‍ने वा भासिने सम्बन्धि क्षति

  •  पहिरो वा भू–स्खलनको कारणले भएको क्षति
  •  ढुङ्गा खस्‍ने कारणले भएको क्षति
  •  हिलो वा लेदो बग्‍ने कारणले भएको क्षति
  •  जमिन, ढिस्को, बालुवा, माटो, रोडा, ढुङ्गा, ईट्टा खस्‍ने वाभासिने कारणले भएको क्षति
  •  किनार, बाटो, सडक खस्‍ने वाभासिने कारणले भएको क्षति

चट्याङजन्य क्षति

  • चट्याङको कारणले भएको क्षति

विष्फोटनजन्य क्षति

  • विष्फोटनको कारणले भएको क्षतिअन्तरफुटनको कारणले भएको क्षति

आकाशीय सामाग्रीजन्य क्षति

  • हवाईयान, रकेट, आकाशमा उड्ने वस्तुको कारणले भएको क्षति
  • आकाशीय पण्डि, अपरिचित वस्तुको कारणले भएको क्षति
  • आकाशको माध्यमबाट अकास्मत आउने कुनै पनि यन्त्र, उपकरण वा वस्तुको कारणले भएको क्षति
  •  उड्ने वस्तुको उच्च आवाजको कारणले भएको क्षति

धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति

  •  सवारी साधन, रेल, जनावर वा अन्य चलायमान वस्तुले धक्का दिएर, छोएर, लडेर वा लागेर भएको क्षति
  •  रुख, विरुवा, खम्बा, तार, सामान, यन्त्र, उपकरण वा अन्य बाह्य वस्तुले धक्का दिएर, छोएर, लडेर वा लागेर भएको क्षति
  • अन्य घर वा भौतिक संरचनाले धक्का दिएर, छोएर, लडेर वा लागेर भएको क्षति

स्वजलन

  •  स्वजलन, आन्तरिक जलन वा आफै बलेको कारणले भएको क्षति

हुल, दंगा वा आतंकवादजन्य क्षति

  • हुल दंगाको कारणले भएको क्षति
  • हड्तालको कारणले भएको क्षति
  • रिसइवीपूर्ण कार्यको कारणले भएको क्षति
  • आतंककारी तथा विध्वंशात्मक क्रियाकलापका कारणले भएको क्षति
  • प्रतिघातका कारणले भएको क्षति

अन्य क्षति

मिसायल परिक्षण तथा अन्य कारणले भएको क्षति
 

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

आश्विन शुक्ल चौथी तिथिः आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

नदी र खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने सरकारको निर्णय

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा

6E889373FB60BFB-Property of Ministers.jpg

कुन मन्त्रीसँग कति सम्पत्ति ?