नेपालमा सुपरमार्केट कल्चर : न्यूरोडको बिशाल बजार हुँदै मोफसलसम्मको यात्रा

भाटभटेनीले काठमाडौंमा मात्र होइन, उपत्यका बाहिरका ठूला शहरहरुमा पनि आक्रामक ढंगले आउटलेट विस्तार गरिरहेको छ । शहरीया नेपालीको सपिङ कल्चर विकासमा भाटभटेनी सुपरमार्केटको सबैभन्दा बढी भूमिका रहेको छ

367B408218B985F-icon.png
1164views
9D10188BB097801-Untitled-1.jpg

अहिलेको व्यस्त दुनियाँमा मानिसहरु बजार–बजार डुलेर होइन, आफूलाई आवश्यक वस्तुहरु एकै ठाउँमा किनमेल गर्न चाहन्छन् । महिनाभरीका लागि आवश्यक पर्ने सामानहरु एकैचोटी एउटै छानामुनि किन्‍ने संस्कृति नेपालमा पनि बढ्दैछ । पसल चहारेर किनमेल गर्ने संस्कृति विस्तारै घट्दैछ । 

त्यसैले त, शहरका चोक–चोक, गल्ली–गल्लीमा सुपरमार्केट तथा सपिङ मुल खुल्न थालेका छन् । अहिले काठमाडौं उपत्यकामा मात्र होइन, मोफसलका शहरमा पनि ठूला सुपरमार्केट र सपिङ मलहरु खुल्न थालिसकेका छन् । बजारमा पसलहरु चहार्दै बार्गेनिङ गरेर किनमेल गर्ने परिपाटी क्रमशः घट्दै गइरहेको छ ।

आधुनिक जीवनशैली र उपभोक्ताको परिवर्तित चाहनालाई ध्यानमा राखेरै भाटभटेनी, बिगमार्ट, सेल्सबेरी, सेलवेज, के एन्ड के, साथी मार्ट तथा काठमाडौं मल, सिभिल मल, सिटी सेन्टरजस्ता सुपरमार्केट, मिनी मार्केट र ठूला सपिङ मलहरु काठमाडौंसहित देशैभरी फैलिरहेका छन् । 

भाटभटेनीले काठमाडौंमा मात्र होइन, उपत्यका बाहिरका ठूला शहरहरुमा पनि आक्रामक ढंगले आउटलेट विस्तार गरिरहेको छ । शहरीया नेपालीको सपिङ कल्चर विकासमा भाटभटेनी सुपरमार्केटको सबैभन्दा बढी भूमिका रहेको छ । 

सपिङ मल र सुपरमार्केटमा नुनदेखि सुनसम्म खरिद गर्न सकिन्छ। दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ताचप्पल, पेय पदार्थ, सौन्दर्य सामाग्री, विद्युतीय समान, सुनचाँदी, मोबाइल, ल्यापटप, भान्साका सामान, केटाकेटीका खेलौना, बैंक तथा वित्तीय संस्था पनि एउटै छानामुनि हुन्छ । भोक लागेमा खानको लागि रेष्‍टुरेन्ट, बच्चाहरु भुलाउन गेमिङ जोन, मनोरञ्‍जनका लागि मल्टिप्लेक्स पनि हुन्छन् । पछिल्लो समय सपिङ मलसँग तारे होटलको फ्यूजन हुन थालेको छ । स्वीमिङ गर्नका लागि रुफटपमै स्वीमिङ पुल बनाइएको हुन्छ । 

यसरी सुरु भयो

पश्‍चिमा मलुकहरुमा दोस्रो विश्‍वयुद्धपछि आधुनिक किनमेल संस्कृति विकसित भएको बताइन्छ । भारत, चीन लगायत दक्षिण एसियाली मुलुकमा पनि आधुनिक किनमेल संस्कृति ह्वात्तै बढेको छ । इन्डियाको दिल्ली, मुम्बई, चन्डिगढ लगायत शहरहरुमा ठूला–ठूला आधुनिक सपिङ मलहरु खुलेका छन् जहाँ विश्‍वस्तरको सपिङ एक्सपेरियन्स गर्न पाइन्छ । आधुनिक विश्‍वमा चीनले त फड्को मारिसकेको छ । 

नेपालमा सुपरमार्केट संस्कृति साढे ४ दशकअघि सुरु भएको हो । काठमाडौंको न्यूरोड शुक्रपथमा नेपालकै पहिलो आधुनिक सपिङ कम्पलेक्स 'बिशाल बजार' खुलेपछि नेपालमा सुपरमार्केट संस्कृति सुरु भएको मानिन्छ । लिफ्ट सहितको आधुनिक संगठित बजार खुलेपछि काठमाडौंका मध्यम तथा उच्च बर्गका उपभोक्ताको ध्यान विशाल बजारले तानेको थियो ।

तत्कालिन राजा महेन्द्रले विदेश जाँदा ठूला डिपार्टमेन्टल स्टोर देखेपछि नेपालमा पनि एकै ठाउँमा आधुनिक भावनमा किनमेल गर्न सहज होस् र व्यवसायिक गतिविधि पनि बढोस् भनेर विशाल बजार स्थापना गर्न लगाएको विकिपेडियामा उल्लेख छ ।

२०२६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा, राजदरबारका सचिव इन्द्रमणि राजभण्डारी र व्यवसायी जुद्ध बहादुर श्रेष्‍ठलाई बोलाएर एउटा सुसंगठित बजार खोल्ने इच्छा व्यक्त गरेको बताइन्छ ।

अहिले सुपरमार्केट देशैभरी फैलिसकेको छ । भाटभटेनी, सिभिल मल, काठमाडौं मल, सिटी सेन्टर, केएल टावर, वल्र्ड ट्रेड सेन्टर सिटीसी मल, बिजी मल, रञ्‍जना ट्रेड सेन्टर, लविम मल, स्टार मल, शेर्पा मल, पिपुल्स प्लाजा, ललितपुर मल, राइजिङ मल, ताम्राकार हाउस, विश्‍वज्योति मल, बिगमार्ट, सेल्सबेरी, सेलवेज, साथी मार्ट लगायत दर्जनौं सपिङ मल, सुपरमार्केट र मिनी सुपरमार्केट सञ्‍चालनमा छन् । 

मिनी मार्टहरु शहरका टोलैपिच्छे खुलेको देखिन्छ । त्यहाँ पनि शहरीया उपभोक्ताहरुको बाक्लै भिडभाड हुने गर्छ । 

काठमाडौं बाहिर फैलिदै

नेपालमा चेन सुपरमार्केटका ‘ट्रेन्ड सेटर’ मिनबहादुर गुरुङले तीन दशकको अवधिमा उपत्यकासहित देशभरका प्रमुख शहरमा साम्राज्य खडा गरेका छन् ।

पोखरा, बुटवल, नारायणगढ, धरान, नेपालगञ्‍ज, भैरहवा, विराटनगर, इटहरी, हेटौंडा, बीरगन्ज, चितवन लगायत शहरमा भाटभटेनी पुगिसकेको छ । अहिलेसम्म भाटभटेनीका २८ भन्दा धेरै आउटलेट खुलिसकेका छन् । भाटभटेनीकै देखासिकी गरेर अरु थुप्रै सुपरमार्केट र डिपार्टमेन्टल स्टोर खुलिरहेका छन् ।

बिगमार्ट पनि काठमाडौं उपत्यकाका कुनाकाप्चासम्म पुगेको छ । बजार सम्भवना भएका ठाउँहरुमा बिगमार्टले स्टोर विस्तार गर्दै गइरहेको छ । सञ्चालनमा आएको डेढ बर्षमै साथी मार्टले देशभरी १०० भन्दा धेरै आउटलेट पुर्याइसकेको छ ।

स्थानीय व्यवसायी एवं प्रदेशसभा सदस्य बिन्दू कुमार थापाले पोखरामा ‘पोखरा ट्रेडमल’ सञ्‍चालनमा ल्याएका छन् । त्यहाँ भाटभटेनीको आउटलेट पनि खुलिसकेको छ । यस्तै, सेल्सबेरी र सेलवेजका पनि आउटलेट सञ्‍चालनमा छन् । 

चौधरी ग्रुपले चितवनको भरतपुरमा सिजी ल्यान्डमार्क’ सञ्‍चालनमा ल्याएको छ, जहाँ बिजनेश होटल, मल्टिप्लेक्स, फुड कोर्ट, गेमिङ जोन, पसल, कन्फ्रेन्स हल, ब्यांक्‍वेट, स्वीमङ पुललगायत सुविधाहरु उपलब्ध छन् । 

चितवनको भरतपुरमा भाटभटेनीको आउटलेटले पनि स्थानिय उपभोक्ताहरुको सपिङ कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ । 

प्रतिनिधिसभा सांसद एवं व्यवसायी मोती दुगडले विराटनगरमा ‘दि सेञ्चुरियन मल’सहितको पाँचतारे होटल सञ्‍चालनमा ल्याउँदै छन् । जहाँ खुद्रा पसल, क्यासिनो, स्वीमिङ पुल, रेष्‍टुरेन्ट, ब्यांक्‍वेट, गेमिङ जोन, ग्रोसरी सप, स्वीमिङ पुल, पार्क लगायत सुविधा हुनेछन् ।

पूर्वी नेपालको झापा, भद्रपुरदेखि पश्‍चिमको महेन्द्रनगरसम्म ठूला सपिङ मल, सुपरमार्केट र मिनी मार्केट खुलिरहेका छन् । पोखरा, बुटवल, भैरहवामा पनि ठूला मलहरु खुलिरहेका छन् । नेपालगञ्‍जमा भाटभटेनीकै आउटलेट खुलिसकेको छ । स्थानीय व्यवसायिक सक्रियता पनि देशभरिका शहरहरुमा आधुनिक सपिङ मलहरु खुलिरहेको देखिन्छ ।
 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि