‘७० प्रतिशत घरमा यूपीभीसी झ्याल–ढोका’

परापूर्व कालदेखि नै घरको झ्याल–ढोकामा काठको प्रयोग हुँदै आइरहेको भएपनि पछिल्ला बर्षहरुमा बढ्दो जनसंख्याको चापले वन विनास हुँदै गइरहेको छ । काठको सहज आपूर्ति हुन छाडेपछि अहिले काठको विकल्पमा आल्मुनियम र युपिभिसीक झ्याल ढोका प्रयोगमा आउन थालेको हो । 

367B408218B985F-icon.png
3752views
72FC08345C03EF7-upvca.jpg

परापूर्व कालदेखि नै घरको झ्याल–ढोकामा काठको प्रयोग हुँदै आइरहेको भएपनि पछिल्ला बर्षहरुमा बढ्दो जनसंख्याको चापले वन विनास हुँदै गइरहेको छ । काठको सहज आपूर्ति हुन छाडेपछि अहिले काठको विकल्पमा आल्मुनियम र युपिभिसीक झ्याल ढोका प्रयोगमा आउन थालेको हो । 

काठको विकल्पमा सबैभन्दा पहिला आल्मुनियमका झ्याल ढोका प्रयोगमा आयो भने अहिले युपिभिसी प्रविधिले बजार कब्जा गर्न थालेको छ । 

काठको विकल्पमा आल्मुनियमका झ्याल ढोकाको प्रयोग बढ्दै गइरहेको बेलामा व्यवसायीले आल्मुनियमको गुणस्तरमा ध्यान नदिएपछि पुनः काठतर्फ मान्छेको आकर्षण बढ्दै गइरहेको थियो । तर, त्यति नै बेला विश्‍व बजारमा युपिभिसी प्रविधिको विकास भएसँगै काठ र आल्मुनियमको सट्टा युपिभिसीको प्रयोगकर्ता बढ्दै गइरहेका छन् ।

नेपाली बजारमा युपिभिसी भित्रिएको ६-७ बर्षजति भयो होला । २०७२ सालको भूकम्पपछि झ्याल ढोकामा युपिभिसीको प्रयोगले ब्यापकता पाएको हो । अहिले युपिभिसीले निर्माण बजारको ठूलो हिस्सा ओगट्न सफल भइसकेको छ । यसको प्रमुख कारण भनेको काठको अभाव हुन, आल्मुनियमको गुणस्तर खस्किँदै जानु र युपिभिसीको प्रयोग फाइदाजन देखिनु नै हो ।

काठ र आल्मुनियमको विकल्पमा युपिभिसी

काठ र आल्मुनियमको विकल्पमा झ्याल ढोका बनाउन प्रयोग गरिने युपिभिसीले अहिले नेपाली बजारमा बर्चश्व जमाउँदै गइरहेको छ । युपिभिसी काठ र आल्मुनियम भन्दा बढी उपयोगी भएको कारणले ग्राहक आकर्षित भइरहेका छन् । अहिले ६० देखि ८० प्रतिशत ग्राहकले घरमा युपिभिसी प्रयोग गरिरहेको अनुमान छ । 

अहिले युपिभिसीका उत्पादन आवासिय भवन, व्यापारिक भवन, अपार्टमेन्ट, हाउजिङ, सरकारी भवन, अफिस पार्टेशन, जिमहल पार्टेशन, प्रिफ्याव भवनमा प्रयोग हुँदै आइरहेको छ । युपिभिसीमा आगो नसल्किने, पानी नचुहिने, ध्वानी, धुवाँ र धुलो प्रदुषण रोक्ने, रङ लगाउन नपर्ने, घामले नतात्‍ने, मर्मत गरिरहनु नपर्ने लगायत विशेषताले काठ र आल्मुनियमको दाँजोमा युपिभिसी अब्बल ठहरिएको हो । 

युपिभिसीको गुणस्तर छान्‍ने ग्राहकको चेतना बढ्दो छ । हाल नेपाली बजारमा पाइने युपिभिसीको झ्याल ढोकाको कच्चा सामाग्री धेरै मात्रामा नेपाली बजारमै उत्पादन हुने गर्छ भने ठूलो मात्रामा चिन र भारतबाट पनि आयात गरिन्छ । नेपाली बजारको माग अनुसार आयात गरिने युपिभिसी ठूलो मात्रामा चिनबाट भित्रिन्छ भने थोरै मात्रामा भारतीय बजारबाट आउने गर्छ । चिनबाट आयात गरिने युपिभिसी भन्दा भारतीय युपिभिसी ३५ देखि ४० प्रतिशतसम्म महंगो हुने गर्छ । 

अहिले चिनको बजारबाट आयात गरिने सिमिति युपिभिसीमात्र त्यहाँको कम्पनीको ब्रान्ड स्टिकरमा आउने गर्छ, जुन कोन्च, जोन्कोइ, बेइदी, टोनिस लगायत हुन्छ । भारतीय ब्रान्डमा इन्क्राफ्ट, सिम्टा, कोरा, प्रोमिनान्स, भेका लगायत आउँछन् । चिनबाट आयात गरिने अधिकांश युपिभिसी प्रोफाइल्स आयात गर्ने नेपाली कम्पनीले आफ्नै ब्रान्ड स्टिकर टाँसेर आयात गरिरहेका छन् । 

मूल्यको तुलना

नेपाली अग्राखको झ्याल राख्दा सबै फिनिसिङ सक्दा प्रति बर्गफुट १५ सय रुपैयाँ पर्न आउँछ । युपिभिसीको झ्याल राख्दा कम मूल्य पर्छ । यदि चाइनाको युपिभिसी राखेमा प्रतिबर्गफुट ७ सय रुपैयाँजति पर्न आउँछ भने इन्डियन युपिभिसीको झ्याल ढोका राख्दा ३०-३५ प्रतिशत लागत थपिन्छ । युपिभिसीको नर्मल झ्याल राख्दा प्रतिबर्गफुट ९ सय देखि एक हजारसम्म राख्‍न सकिन्छ । यसरी अग्राख काठ र आल्मुनियमको झ्याल राख्दा करीव ३०-३५ प्रतिशत मूल्य फरक पर्न आउँछ । 

मान्छेहरु पहिले नबुझीकन झ्याल ढोका राख्छन् र पछि पछुताउने गर्छन् । अरुले भनेको भरमा केही बिचार नै नगरी झ्याल राख्नुभन्दा बुझेर राख्दा राम्रो हुन्छ । 

राम्रो गुणस्तरको युपिभिसी झ्याल ढोका बनाउने कम्पनी कसरी पहिचान गर्ने ?

  1. झ्याल ढोका बनाउन रोजेको खोजेको युपिभिसी प्रोफाइल्सको ब्रान्डका विषयमा जानकारी लिने । अहिले कम्पनीको वेबसाइटबाटै धेरै कुरा थाहा पाउन सकिन्छ ।
  2. युपिभिसीका झ्याल ढोका बनाउन प्रयोग गरिने मेशिन कस्तो गुणस्तरको हो पहिचान गर्ने ।
  3. झ्याल ढोकाको फ्रेमभित्र राखिने फलामको गुणस्तर र मोटाइ हेर्ने ।
  4. झ्याल ढोकामा राखिने ब्रस रबर ग्यासकेटको गुणस्तर हेर्ने ।
  5. झ्याल ढोकामा राखिने हार्डवेयर लक, ह्यान्डल, चुकुल सबै हेर्ने ।
  6. झ्याल ढोकामा प्रयोग गरिने शिशाको मोटाई न्यूनतम ५ एमएम राख्ने विषयमा कुरा गर्ने ।
  7. झ्याल ढोका फिटिङ पछिको सर्भिसका बारेमा पनि कुरा गर्ने ।
  8. झ्याल ढोका फिटिङपछि दिइने वारेन्टी, ग्यारेन्टी प्रोफाइल निर्माता कम्पनीबाट उपलब्ध गराउने विषयमा कुरा गर्ने
  9. काम गर्नुअघि लिएको तयारी मिति अनुसार काम सम्पन्‍न गर्ने विषयमा कुरा गर्ने 

ग्लोबल युपिभिसी प्रालि, ग्वार्कोका सञ्चालक  छत्र बस्नेतसँगको कुराकानीमा आधारित

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

488D29D2CBE36C1-1715130988-q1sgw.jpg

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

273181CC185A6B4-1_pokhara-2-day-mustang-tour-with-muktinath-temple-2.jpg

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

43FE0B3E7599612-Pho-99.jpg

लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट