२० प्रतिशत अपार्टमेन्ट विदेशीलाई बिक्री गर्न बाटो खुल्यो !

रियलस्टेट व्यवसायीले विदेशीलाई अपार्टमेन्ट बिक्री गर्न पाउने गरी नीति बनाउने बताइएको छ

367B408218B985F-icon.png
487views
351C61B1239BFA9-Janardan-Sharma-Budget-2079_80-1024x624.jpg

काठमाण्डौ । सरकारले नेपालमा निर्माण भएका २० प्रतिशत अपार्टमेन्ट विदेशीलाई बिक्री गर्न दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै एकसय युनिटसम्मको अपार्टमेन्टमा बढीमा २० प्रतिशत् अर्थात् २० युनिट अपार्टमेन्ट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न दिने घोषणा गरेका छन् ।

मुलुकमा बिदेशी मुद्राको सञ्‍चिती कम भइरहेका बेला डलर आम्दानी बढाउने उदेश्यले यो ब्यबस्था गरिएको हो । बिदेशीलाई बिक्रि गरिने अपार्टमेन्ट खरिदका लागि नेपालका बैंक तथा बित्तिय संस्थाबाट ऋण लिन नपाइने र पूर्णतया नगदमा किन्‍नुपर्ने भएकाले मुलुकको डलर आम्दानी बढ्ने सरकारको बिश्वास छ ।

‘यसले नेपालको इज्जत पनि बढाउँछ, बिदेशी मुद्राको आर्जन पनि बढाउँछ’ एक रियलस्टेट ब्यबसायीले भने– हामीले ५० प्रतिशत नै बिदेशीलाई बिक्रि गर्न दिनुपर्ने माग गरेका थियौं, तर २० प्रतिशत नै भए पनि निकै राम्रो सुरुवात हो ।’

यसरी बिदेशीलाई बिक्रि गरिएको अपार्टमेन्टका स्वामित्व ९९ बर्षका लागि मात्र हुने गरी कानुनी प्रबन्ध गर्न लागिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । ९९ बर्षपछि बिक्रि गरिएका अपार्टमेन्ट स्वतः सरकारका नाममा हुनेछन् । विदेशीलाई अपार्टमेन्ट बिक्री गर्दा विदेशी मुद्रा भित्रिनुका साथै पर्यटन क्षेत्रलाई पनि सहयोग पुग्‍ने विश्वास छ ।

नेपाल जग्गा तथा आवास विकास संघले पनि सरकारलाई विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्रीका लागि खुला गर्न सुझाव दिएको थियो । निजी क्षेत्रका अग्रणी संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि अपार्टमेन्ट बिदेशीलाई बिक्री गर्न दिनुपर्ने सुझाव दिएका थिए ।

Photo: OnlineKhabar

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान