काठमाडौं बाहिर उद्योग सार्नेलाई जग्गा किन्दा रजिष्ट्रेशन शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं उपत्यकाका तीन जिल्लामा तीनवटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् ।

367B408218B985F-icon.png
769views
438362D112C5CE1-balaju_industrial-final.jpg

काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका उत्पादनमुलक उद्योगहरुलाई प्रदेशकै अन्य जिल्लामा स्थानन्तरण गर्न प्रोत्साहन गर्ने नीति लिएको छ ।

प्रदेश सरकारले आर्थिक विधेयक २०७९ मार्फत उपत्यकाभित्र रहेका उत्पादनमुलक उद्योगलाई बागमती प्रदेशका अन्य जिल्लामा स्थानान्तरण गरेमा उद्योगको नाममा जग्गा खरिद गर्दा लाग्ने घरजग्गा रजिष्ट्रेशन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

यसअघि केन्द्र सरकारले पनि उपत्यकाभित्र सञ्चालित उद्योगहरु बाहिर स्थानान्तरण गर्नका लागि विभिन्न प्याकेज सुविधाहरु घोषणा गरेको थियो । तर, उद्योगीले उपत्याका छाडेर बाहिर निस्कन चासो देखाएका छैनन् । 

काठमाडौं उपत्यकाका तीन जिल्लामा तीनवटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् । साथै, अन्य ठाउँमा पनि उद्योग सञ्चालनमा भइरहेका छन् । 

यस्तै, प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्रका मालपोत कार्यालयबाट घरजग्गा कारोबार हुँदा आर्थिक ऐन, २०७५ बमोजिम दाखिला गर्नुपर्ने बागमती सभ्यता शुल्कमध्ये १४ साउन २०७५ देखि ३१ साउन २०७५ सम्ममा लिखत रजिष्ट्रेशन गर्दा विविध कारणले संकलन हुन छुट भएको बागमती सभ्यता शुल्क पनि मिनाहा गरिदिएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति