पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न– जग्गा बेचेर विदेश पढ्न जानेले देशलाई के योगदान गरे ?

पाण्डेले भने, ‘विदेशमा पढ्न पठाउने नीतिका कारण नेपालको जग्गा बेचेर हुन्डीबाट पैसा विदेश लगिरहेका छन् ।'

367B408218B985F-icon.png
952views
78A9C251BB25D69-Surendra-Pandey-final.jpg

काठमाडौं । एमाले सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उच्च शिक्षाका लागि विदेश जाने युवाहरुले मोटो रकम विदेश लगेको बताएका छन् ।

‘हुनेखाने र जग्गा बिक्री गरेर विदेश पढ्न जानेहरुबाट १० महिनामा ५१ अर्ब रुपैयाँ बाहिरिएको छ’ अर्थसमितिको बैठकमा पाण्डेले भने, ‘विदेशमा पढ्न पठाउने नीतिका कारण नेपालको जग्गा बेचेर हुन्डीबाट पैसा विदेश लगिरहेका छन् ।’

यो नीति आमजनताभन्दा पनि सुकिला मुकिला हुनेखाने वर्गतिर बढी केन्द्रित भएको उनको आशंका छ । उनले थपे– ‘उच्च शिक्षाका लागि विदेश जाने नीतिमा कडाई गर्नुपर्छ, यो विषयमा बोल्नुपर्ने बेला आएको छ, जग्गा बिक्री गरेर विदेश पढ्न जाने अवस्था आउन दिनु हुन्न ।’

उच्च शिक्षाका लागि भन्दै जग्गा बिक्री गरेर हुन्डीमार्फत पैसा विदेश पुर्याउनेले रेमिट्यान्समा कति सहयोग गरिरहेका छन् ? विदेशमा उच्च शिक्षा पढेर देशलाई के योगदान गरेका छन् ? देशको समृद्धिमा के सहयोग पुग्यो ? अहिले पनि खाडी मुलुकमा जाने गरिव बर्गका कामदारहरुले पठाउने रेमिट्यान्सकै कारण देश चलिरहेको छ ।

पूर्व अर्थमन्त्री पाण्डेले स्वदेश फर्किने शर्तमा मात्रै नेपालबाट पैसा बोकेर बिदेश पढ्न जाने सुविधा दिनुपर्ने व्यवस्था गर्न आग्रह गरे ।

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

00F024FA1A91167-Khadga-b-gurung-final.jpg

पुनः नापी तथा हालसाविकका समस्या, चुनौती र समाधानका उपाय

1EC620D8C9F9519-saarc-final.jpg

यस्तो छ जग्गा प्रशासन ‘कित्ता नापी र जग्गा दर्ता’मा सार्क मुलुकको अभ्यास

8207B062FB9DF98-PanchKhal.jpg

यस्तो छ नेपालमा जग्गाको स्वामित्व र भोग चलनका किसिम (विचार)