भूमि डेभलपर्सले मोफसलका शहरहरुमा पनि आवास परियोजना बनाउनेछ

‘गोदावरी भिलेज’ नाम दिइएको ४० रोपनी क्षेत्रफलको यस परियोजनामा ७१ युनिट लक्जरियस घरहरु बन्‍नेछन् । भूमिको यो पहिलो यात्रा हो । 

367B408218B985F-icon.png
1426views
373B10183B39609-12.jpg

पुराना तीन व्यवसायिक घरानाहरु विशाल ग्रुप, बाबा ग्रुप र देवेनारा ग्रुपको संयुक्त लगानीमा भूमि डेभलपर्सले गोदावरीको टौखेलमा हाउजिङ निर्माण सुरु गरेको छ । यसै परियोजनामार्फत तीनवटै घराना आवासिय रियलस्टेट बिजनेशमा प्रवेश गरेका हुन् । यो समूहको भैरहवा, वीरगञ्‍ज, चितवन, विराटनगरलगायत प्रमुख शहरमा पनि ‘भर्टिकल’ र ‘होरिजेन्टल’ आवास परियोजना निर्माण गर्ने दीर्घकालीन लक्ष्य छ । ‘गोदावरी भ्याली’लाई पाइलट प्रोजेक्टको रुपमा लिएर परियोजना निर्माण र बजारीकरणमा जुटेका भूमि डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सौरभ तिम्सिनासँग आवास परियोजनाको लक्ष्य, तरलता अभाव, बढ्दो ब्याजदर लगायत विषयमा नेपालहोम्सले गरेको कुराकानीको सम्पादित अंशः 

उत्पादनमुलक उद्योग, व्यापार, सेवालगायत विभिन्‍न क्षेत्रमा जमिरहेका तीन व्यवसायिक घरानाहरु रियल इस्टेट क्षेत्रमा प्रवेश गरेका छन् । रियल इस्टेटमा प्रवेश गर्नुको उद्देश्य के हो ? 

विशाल, बाबा र देवेनारा ग्रुप संलग्‍न भूमि डेभलपर्स प्रालिले पहिलो आवासिय प्रोजेक्ट गोदावरीको टौखेलमा निर्माण सुरु गरेको छ । ‘गोदावरी भिलेज’ नाम दिइएको ४० रोपनी क्षेत्रफलको यस परियोजनामा ७१ युनिट लक्जरियस घरहरु बन्‍नेछन् । भूमिको यो पहिलो यात्रा हो । 

साझेदारी गरिरहनुभएका तीनवटै स्थापित व्यवसायिक घराना हुनुहुन्छ । उहाँहरु सामूहिक र संयुक्त आवास निर्माणमा फुलफ्लेजमै लागौं भन्‍ने सोँच बनाएरै यात्रा सुरु गर्नुभएको छ । हाम्रो उपत्यकाको ललितपुरबाट सुरु भएको व्यवस्थित अवास निर्माणको यात्रालाई बुटवल, भैरहवा, चितवन, वीरगञ्‍ज, विराटनगर लगायत मोफसलका शहरसम्म पुर्‍याउने अठोट छ । तीनवटै ग्रुपका मोफसलका शहरहरुमा ठुल्ठुला फ्याक्ट्री सञ्‍चालनमा छन् । त्यहाँ खाली जग्गा पनि छ । कतिपय पछि फ्याक्ट्री राख्‍ने उद्देश्यले किनिएका जग्गाहरु पनि छन्, जहाँ अहिले उद्योगका प्लान्ट राख्‍न व्यवहारिक रुपमा सम्भव भइदिएन । त्यो जग्गाहरुमा पनि भूमिले अपार्टमेन्ट र हाउजिङ निर्माण गर्नेछ । हामीलाई औद्योगिक तथा व्यापारिक शहरहरुमा हाउजिङ र अपार्टमेन्ट परियोजना बनाउन जग्गाको कारण रोकिनु पर्दैन ।

यो समूहले आवासीय परियोजनाहरु निर्माणमा काम नगरेको भएपनि कमर्शियल कम्पलेक्स भने बनाइरहेकै थियो । विशाल ग्रुप र देवेनारा ग्रुपको लगानीमा विराटनगरमा सेन्टर मलदेखि लिएर अरु कमर्शियल भवनहरु बनिसकेका छन् । हाम्रो समूह हाउजिङ तथा अपार्टमेन्टमा भविष्य राम्रो देखेरै लागेका हौं । बजार विस्तृत अध्ययन गरेर व्यवस्थित आवास विकासमा दीर्घकालीन सोँच राखेर प्रवेश भएको हो । 

पहिलो प्रोजेक्ट ‘गोदावरी भ्याली’ कस्तो बन्दैछ ? लक्षित ग्राहकहरु को हुन् ? 

एउटा सुविधा सम्पन्‍न हाउजिङमा उपलब्ध हुने सबै सुविधाहरु उपलब्ध हुन्छन् । ओपन स्पेस, स्वीमिङ पुल, हेल्थ क्लव भई नै हाल्छन् । हाउजिङ भन्‍ने वित्तिकै गेटेड कम्युनिटी त भइहाल्यो । त्यहाँ एउटै कम्पाउन्डभित्र ७१ घरहरु हुनेछन् । हामीले सबै घर ओपन बनाउँछौं । हरेक घरका लागि छुट्टाछुट्टै कम्पाउन्ड र गेट हुँदैन । युरोपियन स्टायलको खुला घरहरु बनाउँछौं । समुदायलाई पूर्णतया खुला बनाउन व्यक्तिगत कम्पाउन्ड नबनाइने हो । हरेक घरको अगाडि सुन्दर बँगैचा र पर्याप्त खुला ठाउँ हुनेछ । हाउजिङमा प्रवेश गर्दा र घरबाहिर निस्कँदा डिफ्रेन्ट किसिमको भाइभ पैदा होस् भनने हाम्रो उद्देश्य हो ।

हाउजिङमा इन्फिनिटी हिटेड स्वीमिङ पुल बनाइने छ जहाँबाट गोदावरीको रमणीय हरियो वनको अनन्द लिन सकिने छ । पूर्ण रुपमा सुसज्जित व्यायमशाला (जिम) हल हुनेछ । मल्टिप्रपोज कम्युनिटी हल, आकर्षक र विलासी ढंगले इन्टेरियर डिजाइन गरिएकोे स्टिम वाथ र साउनाको पनि सुविधा हुनेछ । दिनभरी थकान भएर घर फर्किदा स्टिम वाथ र साउनमा बसेर आनन्द महशुस गर्न पाइने छ । 

हाउजिङ परियोजनाभित्र तारहरु अन्डरग्राउन्ड गरिनेछ । केटाकेटी खेल्नका लागि चिल्ड्रेन प्ले ग्राउन्ड एरिया हुनेछ । घरमा व्यक्तिगत विद्युतीय गाडी चार्जिङ पोर्ट राखिने छ । चौबिसै घण्टा सुरक्षा व्यवस्था हुनेछ । घरहरु आधुनिक टचका साथ सुन्दर ढंगले डिजाइन गरिएको छ । यहाँ बसोबास गर्ने बासिन्दाले लक्जरी जीवनशैलीको अनुभूति गर्न पाउने कम्पनीको भनाई छ । 

हामीले उच्चमध्यम र उच्च वर्गको ग्राहकलाई लक्षित गरेर गोदावरी भ्याली बनाउँदै छौं । साढे ४ आनामा बनेको २७ सय स्क्‍वायर फिटको घरको मूल्य ३ करोड ९० लाख रुपैयाँ राखेका छौं । केही छुट पनि भएकोले तीन करोड ७० लाखसम्म किन्‍न पाइन्छ । यस्तै, ठूलो क्षेत्रफलमा अलि धेरै सुविधा भएको घर खोज्‍नेहरुका १२ आनासम्म बनेका घरहरु उपलब्ध हुनेछन् । गोदावरी भ्यालीमा अधिकतम नौ करोडसम्मका घरहरु हुनेछन् । 

हाउजिङका घरमा ग्राहकको आकर्षण कस्तो पाउनुहुन्छ ? गोदावरी भ्यालीमा इन्क्‍वायरी कत्तिको आइरहेको छ ?

हाउजिङको घरमा बस्‍नुपर्छ भन्‍ने भावना हिजोभन्दा बढेको छ । तर, उल्लेख्य भने होइन । बाहिर व्यक्तिगत घरमा बस्दा विदाको समयमा घुम्‍न जान पनि डर लाग्छ । किनभने, घरमा कोही नभएको मौका पारेर चोर पस्छ कि भन्‍ने जहिल्यै डर हुन्छ । तर, हाउजिङमा चौबिसै घण्टा सुरक्षा हुने हुँदा घरमा ढोका लगाएर जति दिन बाहिर जान पनि सकिन्छ । पछिल्लो समय नेपालीहरुमा विदा हुने वित्तिकै घुम्‍न जाने संस्कृति बढ्दो छ । तर, कतिपय घरमा चोरी हुन्छ कि भन्‍ने डरले घर छाड्न सक्दैनन् । त्यही भएर पनि हाउजिङका घरमा आकर्षण बढ्दो छ । पैसा हुनेहरुले हाउजिङकै घरहरु खोज्‍न थालेका छन् । 

हाउजिङले पाँचतारे होटेलकै सहर सेवा सुविधा दिन थालेका छन् । सुरक्षामा सम्झौता हुँदैन । इन्टेरियर पनि लक्जरियस हुने गर्छ । त्यसैले पनि हाउजिङका घरमा आकर्षण बढ्दैछ । हामीले गोदावरीमा बनाइरहेको हाउजिङमा पनि आकर्षण देखिएको छ । अनलाइन प्लेटफर्ममार्फत थुप्रै इन्क्‍वायरीहरु आउने गर्छन् । हामीले लक्जरियस सेवा सुविधाहरु उपलब्ध गराउने हुँदा घर अलि महंगो नै छन् । तर, त्यस्ता ग्राहकहरु शहरमा प्रशस्तै हुनुहुन्छ ।

अहिलेसम्म कति घरहरु बुकिङ भए ?

प्रतिकुल अवस्थामै हाउजिङका २९ घरहरु बुकिङ भइसकेका छन् । वर्तमान अवस्था केही सहज भइदियो भने एक वर्षभित्र सबै घरहरु बिक्री गसिक्छौं भन्‍ने छ ।

भनेपछि तरलता संकट र बढ्दो ब्याजदरले असर धेरै नै परेको छ ? 

पक्कै पनि । अहिले बैंकहरु तरलता अभावसँग जुधिरहेका छन् । ब्याजदर पनि बढेर एक वर्षमै दोब्बर भएको अवस्था छ । यसले रियलस्टेटमात्र होइन कि ओभरअल इन्डष्‍ट्रिजलाई नै असर पारेको छ । व्यक्तिगत रुपमा घर बनाउने पनि प्रभावित छन् । यदि तरलता अभाव र ब्याजदर वृद्धि हुँदैनथ्यो भने सायद हामीले अधिकांश घर बिक्री गरिसकेका हुन्थ्यौं ।

यो समस्या लामो समय लम्बिदैन । केही महिनाभित्रै पक्कै समाधान हुन्छ । विगतका संकटमा पनि यस्तै देखिएको छ । कुनै पनि समस्या आएपछि केही समयमा हराएर जाने गर्छ । तरलता समाधान हुने वित्तिकै ब्याजदर पनि घट्नेछ, अर्थतन्त्र फेरी पुरानै लयमा फर्किन्छ ।

भूमिले हाउजिङ लञ्‍च गर्दा अहिलेको समस्या देखिएको थिएन । तर, बिचमा अवस्था बिग्रिदै गइरहेको छ । तपाईंहरुको परियोजना निर्माणमा पनि ढिलाई हुने होला । उता बुकिङ गर्नेले चाँडै घर खोज्‍ने होलान । कसरी व्यवस्थापन गर्नुहुन्छ ?

यो समस्या लामो समय लम्बिदैन । हाम्रो परियोजना तीन वर्षको हो । तीन वर्षसम्म त यो मन्दी पक्कै नरहला । आगामी ५/६ महिनासम्म पनि समस्या लम्बियो भने त्यो बेलाको ‘क्यास फ्लो’ आफै जेनेरेट गरेर रिकभरी गर्ने योजना छ । ठूला व्यवसायीक घरानाहरु संलग्‍न हुँदा क्यास फ्लोमा पनि खासै समस्या नरहला । प्रोजेक्ट ह्यान्डओभर तोकिएकै समयमा गर्ने छौं । 

पहिला तीन आनामै पनि घर बनाएर बिक्री गर्न पाइन्थ्यो । तर, नयाँ भूउपयोग नियमावली २०७९ जारी भएपछि चार आनाभन्दा कममा घर बनाउन नपाउने भएको छ । यसले हाउजिङका घरको मूल्य अझै बढाउने देखिन्छ । 

जग्गाको क्षेत्रफल बढेपछि घरको मूल्य पनि बढ्ने भइहाल्यो । तर, हामीले नियमावली नआउँदै चार आनाभन्दा बढी क्षेत्रफलमै घर बनाउन थालेका थियौं । हाम्रो सबैभन्दा कम क्षेत्रफलको जग्गा साढे चार आना रहेको छ ।

भूमि डेभलपर्सलाई संशोधित नियमावलीले खासै असर गर्दैन । यदि बुकिङ लिइसकेपछि जग्गाको क्षेत्रफल बढाउनुपर्ने अवस्था आउँथ्यो भने अलि समस्या हुन्थ्यो । ग्राहकलाई पैसा थप्‍न भन्‍नुपर्ने हुन्थ्यो । ग्राहक भड्किन पनि सक्थे । त्यो समस्या हामीले झेल्नु परेन । तर, चार आनाभन्दा कम क्षेत्रफलमा घरहरु बनाउन सुरु गरिसकेका हाउजिङ डेभलपरलाई कित्ताकाट गरिनसकेको भए समस्या आउने देखियो ।

पहिलो प्रोजेक्टका लागि गोदावरी नै किन रोज्‍नुभयो ? 

काठमाडौं उपत्यकामा आवासीय क्षेत्रहरुको सर्किट हेर्ने हो भने बुढानिलकण्ठ हुँदै भैंसेपाटी भएर धापाखेलसम्मप पुगेको छ । पहिला बुढानिलकण्ठ, भैंसेपाटी, इमाडोल, धापाखेल क्रमशः व्यवस्थित आवासीय क्षेत्र बन्दै गइरहेका छन् । अबको तार्गेट भनेको गोदावरी नै हो । त्यहाँको हरियाली र स्वच्छ वातावरणकै कारण आकर्षण बढिहाल्छ । सडक पनि फराकिलो पारिँदैछ ।

बुढानिलकण्ठमा चक्रपथबाट ७ किलोमिटर दुरीसम्म पुग्दा पनि जग्गा आनाको ८०/९० लाख रुपैयाँभन्दा कममा पाउन सकिदैन । तर, त्यति नै दुरीमा रहेको हाम्रो प्रोजेक्टमा जग्गाको मूल्य आनाको ३५/४० रुपैयाँमात्र छ । गोदावरी भोलीका दिनमा बढ्ने ठाउँ हो ।

गोदावरी उपत्यका सातदोबाटोबाट २० मिनेटको दुरीमा छ । चार लेनको सडक विस्तार भइरहेको हुँदा ट्राफिकिङको पनि समस्या रहँदैन । फेरी, गोदावरीबाट बाहिर निस्कने सडक नहुँदा भिडभाडा यसै पनि कम हुन्छ । शिक्षाका लागि सेन्टजेभियर्स स्कुल, लिटिल एन्जल्उ स्कुल र जेम्स स्कुल नजिकै रहेका छन् । शान्त तथा रमणीय ठाउँमा बासोबास गर्न खोज्‍नेहरुका लागि गोदावरी उपयुक्त थलो हो । यो ठाउँमा पनि निकट भविष्यमा बुढानिलकण्ठ र भैंसेपाटीमा जस्तै प्रोपर्टीको मूल्य बढ्ने छ । प्रोपर्टीमा लगानी गर्नेहरुका लागि पनि गोदावरी उपयुक्त छ ।

‘भर्टिकल लिभिङ’मा जाने कि नजाने ?

अबको आवश्यकता भनेकै भर्टिकल लिभिङ हो । हिजोको दिनमा व्यक्तिगत घर खोजिए पनि अब हाईराइज अपार्टमेन्टको खोजी हुन थालेको छ । अहिले १.५ करोडदेखि दुई करोडसम्मको अपार्टमेन्ट बढी खोजीमा छन् । हामी पनि भर्टिकलमा जान्छौं । जग्गाको उपलब्धता कम हुँदा शहरी क्षेत्रमा भर्टिकल लिभिङमा जानै पर्छ । ०७२ को भूकम्पपछि ठूला अपार्टमेन्ट आएका छैनन् । तर, पछिल्लो समय भूकम्पको घाउ बिर्सिएर ग्राहकहरुबाट अपार्टमेन्टको खोजी हुन थालेपछि काठमाडौं उपत्यकासहित पोखरा, रुपन्देही, वीरगञ्‍ज लगायत ठाउँमा धमाधम अपार्टमेन्ट निर्माण भइरहेको देखिन्छ ।

‘भर्टिकल लिभिङ’मा आकर्षण बढाउन के गर्नुपर्छ ? 

शहरी क्षेत्रमा जग्गाको उपलब्धता घट्दै गइरहेको छ । मूल्य दैनिक चर्किदै छ । एउटा ठिकठिकैको आम्दानी भएको मान्छेले उपत्यकामा घडेरी किनेर घर बनाउन सक्ने अवस्था छैन । कुनाकाप्चामै पुग्दा पनि आनाको २५/३० लाखभन्दा तल घडेरी भेट्याउन मुस्किल पर्न थालेको छ । त्यसैले सस्तोमा आवास उपलब्ध गराउने हो भने भर्टिकल लिभिङमा जानैपर्छ । अपार्टमेन्टको मूल्य तलनात्मक रुपमा सस्तो पनि हुन्छ ।

सरकारले भर्टिकल लिभिङ बढाउन नीतिहरु सहज बनाइदिनुपर्छ । पछिल्लो समय भवन निर्माण मापदण्ड संशोधन गरेर भर्टिकल लिभिङलाई प्रोत्साहित गरिएको छ, जुन सकरात्मक छ ।

यस्तै, सरकारले नै यो ठाउँमा भर्टिकल र यो ठाउँमा होरिजेन्टल आवास बनाउने भनेर ठाउँ छुट्याइदिन जरुरी देख्छु । त्यसो भयो भने हामी डेभलपरलाई पनि सहज हुन्छ । सरकारले भर्टिकल लिभिङमा आकर्षण बढाउन सहुलियतपूर्ण ऋण दिन सक्छ । व्यक्तिग घर भन्दा अपार्टमेन्ट किन्दा बैंकले बढी ऋण लगानी गर्न पाउने व्यवस्था गरिदिन सक्छ । 

अहिले कति मूल्यका आवासहरु बढी खोजि भइरहेको छ ?

तीनदेखि चार करोडसम्मका घर र डेड करोडदेखि दुई करोडसम्मका अपार्टमेन्टको बढी खोजी हुने गरेको छ । 

यसको मतलब, मध्यम वर्गले घरको सपना देख्‍न छाडिसके ? अहिले पनि मध्यम वर्गले पहुँच राख्‍ने भनेको एकदेखि दुई करोडसम्मको घरहरु हुन् । के अब उपत्यकामा मध्यम वर्गले घरको सपना नदेख्दा हुन्छ ?

त्यही भएर भर्टिकलमा जानुपर्ने भएको हो । हाईराइज अपार्टमेन्ट परियोजनामा जाँदा शहर पनि राम्रो हुन्छ । अहिले आफुखुशी व्यक्तिगत घर बनाउने परिपाटीले शहर कुरुप बनेको छ । ठूला अपार्टमेन्ट बनेपछि सस्तोमा आवास खोज्‍नेले पनि पाउँछन् । मध्यम वर्गलाई आवास दिलाउने हो भने ठूला अपार्टमेन्ट निर्माणमा प्राथमिकता दिनुपर्छ । राज्यले पनि अपार्टमेन्ट निर्माण गर्ने ठाउँ छुट्याइदिनुपर्ने हुन्छ । भर्टिकल लिभिङ सुन्दर शहरको गहना पनि हो ।

१० वर्षको अवधिमा कम्युनिटी लिभिङको डेभलप कस्तो छ ?

पछिल्लो समय ‘कम्युनिटी लिभिङ’मा आकर्षण बढ्दो छ । मान्छेले कम्युनिटी लिभिङका फाइदाहरु पनि थाहा पाउँदै हुनुहुन्छ । कम्युनिटी लिभिङबारे थाहा पाउनेले बाहिर बस्‍न खोज्दैनन् । कतिपयलाई हाउजिङ र अपार्टमेन्टमा बस्दा मासिक/वार्षिक रुपमा समुदायलाई मोटो रकम शुल्क तिर्नुपर्छ भन्‍ने डर पनि देखिन्छ । तर, बाहिर बस्दा पनि विभिन्‍न सेवा सुविधाहरु खरिदमा त्यो पैसा गइरहेको हुन्छ, हामीले थाहा नपाएको मात्र हो । 

हाउजिङका घरहरु खोज्‍नेहरु बढी कुन क्षेत्रका हुने गर्छन् ?

डाक्टर, इञ्‍जिनियर, बैंकरहरु । सरकारी कर्मचारी त्यति हुनुहुन्‍न । उद्यमी व्यवसायीहरु पनि हुने गरेका छन् । तर, सबैभन्दा धेरै डाक्टर नै रहेछन् । 

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

00F024FA1A91167-Khadga-b-gurung-final.jpg

पुनः नापी तथा हालसाविकका समस्या, चुनौती र समाधानका उपाय

1EC620D8C9F9519-saarc-final.jpg

यस्तो छ जग्गा प्रशासन ‘कित्ता नापी र जग्गा दर्ता’मा सार्क मुलुकको अभ्यास

8207B062FB9DF98-PanchKhal.jpg

यस्तो छ नेपालमा जग्गाको स्वामित्व र भोग चलनका किसिम (विचार)