घरजग्गामा बैंकको कर्जा लगानी ठप्प, बढ्दै ऋण असुली, छैन नयाँ लगानी

अशोज महिनासम्म आइपुग्दा कुल कर्जाको आकार नै घटेर १५ अर्ब १० करोडमा झरेको नेपाल राष्ट्र बैंकले यही हप्ता सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले देखाउँछ ।

61526564F8F029F-CF0629FB4CAF6C4-A06C5E6A93C3DEC-690782BBB8B9042-A93FA17B1528526-3C62B2263E2F1E8-033DC20ECCE9A95-AFB279885985C12-banks-logo.jpg

काठमाडौं । चालु आथिएक वर्षको अशोज महिनामा घरजग्गामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ठप्प भएको छ । 

साउन र भदौ महिनामा घरजग्गामा कुल १८ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, अशोज महिनासम्म आइपुग्दा कुल कर्जाको आकार नै घटेर १५ अर्ब १० करोडमा झरेको नेपाल राष्ट्र बैंकले यही हप्ता सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले देखाउँछ ।

अर्थात्, पछिल्लो महिनामा बैंकको घरजग्गामा नयाँ कर्जा लगानी ठप्प भयो, तर पुरानो कर्जा असुली भने बढेको देखियो ।

घरजग्गा क्षेत्रमा प्रवाह हुने बैंकहरुको कर्जामा तरलता अभाव र बढ्दो ब्याजदरको असर भदौदेखि प्रष्टै देखिन थालेको छ । 

भदौ महिनामा मात्रै बैंकहरुले घरजग्गामा एक अर्ब ६८ करोड रुपैयाँमात्र कर्जा प्रवाह गर्न सकेका छन् । अशोज महिनामा यस्तो कर्जा ऋणात्मक देखियो ।

चालु आवको साउन महिनामा मात्रै १६ अर्ब ८० करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको थियो । 

बैंकले कर्जाको ब्याजदर बढाएर १८.२८ प्रतिशतसम्म पुर्याएका छन् । वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजदर १२ प्रतिशतभन्दा माथि रहेको छ ।

पछिल्लो समय चर्को ब्याजका कारण बैंकबाट कर्जा लिएर घरजग्गामा लगानी गर्नेहरु पनि निरुत्साहित भएका छन् । 

चालु आवको अशोजसम्म तीन महिनामा व्यक्तिगत आवासीय कर्जातर्फ ६ अर्ब ३९ करोड ७१ लाख रुपैयाँ र रेडिडेन्सियल कर्जातर्फ ८ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

राष्ट्र बैंकले अधिकतम डेढ करोड रुपैयाँसम्मको घरजग्गा कर्जालाई व्यक्तिगत आवासिय कर्जाको शिर्षकमा गणना गर्ने गर्छ ।

रियलस्टेट लोन शिर्षकमा प्रवाह भएको ८ अर्ब ७० करोड रुपैयाँ कर्जामध्ये रेसिडेन्सियल रियलस्टेट (डेढ करोडसम्मको व्यक्तिगत आवासिय कर्जा वाहेक)मा ३ अर्ब २८ करोड ३४ लाख, कमर्शियल जग्गा खरिद, प्लटिङमा ७८ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । 

कमर्शियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण शिर्षकमा तीन महिनाको अवधिमा कर्जा प्रवाह भन्दा ऋण असुली धेरै भएको देखिन्छ ।

कित्ताकाट ठप्प हुँदा घरजग्गा कारोबार सुस्तायो 

चालु आवको कात्तिक महिनामा देशभरीका मालपोत कार्यालयबाट २७ हजार ९३९ लिखत पारित भएका छन् । गत वर्षको कात्तिकमा देशभरी ५० हजार ८३ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

चालु आवको पहिलो महिना साउनमा ३३ हजार ८३४ लिखत पारित भएका छन् । जबकी, गत वर्षको साउनमा ७५ हजार ४१७ लिखत पारित भएका थिए । यस्तै, गत भदौमा ७० हजार ९० घरजग्गाको लिखत पारित भएकोमा यस भदौमा ३४ हजार ७२० लिखतमात्र पारित भएको तथ्यांक छ ।

गत अशोजमा ५९ हजार २२७ लिखत पारित भएकोमा यो अशोजमा २५ हजार ७८९ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।

यसरी घरजग्गकाको कारोबार निरन्तर खस्किनुमा कित्ताकाटमा रोकावटसँगै तरलता अभाव र ब्याजदर वृद्धि पनि मुख्य कारण रहेको व्यवसायीको तर्क छ ।

अझ सरकारले भूउपयोग नियमावली २०७९ जारी गरेपछि देशैभर कित्ताकाट ठप्प छ । भूमि मन्त्रालयले जग्गालाई कृषि र गैरकृषिमा वर्गिकरण नगरी कित्ताकाट नगर्न मालपोत कार्यालय र नापी कार्यालयलाई निर्देशन दिइएको छ । 

कृषि र गैरकृषि भूमि वर्गिकरण गरी कित्ताकाटका लागि सिफारिस दिने अख्तियारी पाएको स्थानीय तहले अहिलेसम्म जग्गाको वर्गीकरण गर्न सकेका छैनन् ।

जग्गाको वर्गीकरण नहुँदा कित्ताकाटसँगै घरजग्गा किनबेच पनि सुस्ताएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । 

गत आव ०७८/०७९ को श्रावण, भदौ र असोज महिनादेखि चालु आव ०७९/०८० को सोही महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 

आव ०७८/०७९ को श्रावण, भदौ र असोज महिनामा ४ लाख ४१ हजार ७७० भएको कित्ताकाट आवको ०७९/०८० को सोही तीन महिनामा ५६ हजार ३६० कित्ताकाट भएको विभागले बताएको छ । 

कर्जा प्रवाहमा संकुचन आउनुमा मुख्य कारण तरलता अभाव भएपनि कित्ताकाट नहुँदा घरजग्गाको किनबेच सुस्ताउनु पनि अर्को कारण हो । 

एकातिर बैंकले महंगो ब्याजमै भएपनि कर्जा लिन खोज्‍नेलाई लगानीयोग्य रकमको अभावका कारण ऋण दिन सकेका छैनन् । अर्कोतिर, चालु आवकै मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा पनि कडाई गरेको छ । 

उपत्यकामा बैंकहरुले घरजग्गामा फेयर मार्केट भ्यालूको ३० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाउँछन् । जबकी, यसअघि ४० प्रतिशत कर्जा लगानी गर्न पाउँथे । उपत्यकाबाहिरको हकमा पनि लगानीको अनुपात १० प्रतिशतले घटाइएको छ ।
 

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम आगडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

आँबुखैरेनीको मर्स्याङ्दी जलासयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ?

ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?

रियल इस्टेटबाट बनेका संसारकै धनाढ्यहरु

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

20A965574634631-nrb.png

पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

F7483CC03A7FBE5-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

बढ्दो तरलता र घट्दो ब्याजले घरजग्गामा कर्जा प्रवाह बढ्दै, जेठमा ५ अर्ब थपियो