यस्तो बन्दैछ ग्वार्कोमा फ्लाईओभर

आरसी, समानान्तर र रेलिग्रेले फ्लाइओभर निर्माणको ठेक्का पाएको सडक विभागले जनाएको छ । यो फ्लाइओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँ लगानी हुने अनुमान छ ।

367B408218B985F-icon.png
11438views
14593D096917743-Gwarko final.jpg

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा बन्‍न लागेको देशकै पहिलो फ्लाइओभर (ओभर पास)को निर्माण शुक्रबारदेखि सुरु हुँदैछ । निर्माण सुरु भएको १४ महिनाभित्र काम सम्पन्‍न गर्ने लक्ष्य राखिएको छ ।

आरसी, समानान्तर र रेलिग्रेले फ्लाइओभर निर्माणको ठेक्का पाएको सडक विभागले जनाएको छ । यो फ्लाइओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँ लगानी हुने अनुमान छ ।

यस फ्लाई ओभरको कुल लम्बाइ ४९० मिटर हुनेछ । त्यसमा बालकुमारी तर्फबाट दुई सय ८० मिटर लामो र्‍याम र सातदोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्‍याम बनाइनेछ । बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुने बताइएको छ ।

फ्लाई ओभरको उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ मिटरको हुनेछ । 

सडक विभागले ट्राफिक व्यवस्थापन गर्न रिङरोडको ग्वार्काे, सातदोवाटो र एकान्तकुना चोकमा फ्लाईओभर बनाउने योजना अघि बढाएको छ ।

काठमाडौं उपत्यकामा धेरै सवारी साधन जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो । यहाँ फ्लाईओभर निर्माण सकेपछि अन्य चोकमा पनि क्रमशः फ्लाईओभर निर्माण गर्दै जाने विभागको योजना छ ।
 

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल