क्रसर बन्द भएपछि गिट्टी–बालुवाको चर्को अभाव, निर्माण क्षेत्र प्रभावित

गिट्टी–बालुवाको अभाव चर्किंदा व्यक्तिगत घर, हाउजिङ तथा अपार्टमेन्ट परियोजना, कमर्शियल भवनदेखि ठूलो विकासे आयोजना निर्माणसम्म प्रभावित भएका छन् ।

367B408218B985F-icon.png
6959views
8E769018937C56C-gitii-baluwa.jpg

काठमाडौं । देशभरीका क्रसर उद्योग बन्द हुँदा गिट्टी–बालुवाको अभाव भएपछि निर्माण क्षेत्र प्रभावित भएको छ । बालुवा र गिट्टीको अभावमा देशभरी झन्डै ८० प्रतिशत निर्माण कार्य प्रभावित भएको बताइएको छ ।

आरसीसी संरचना निर्माणमा नभई नहुने गिट्टी–बालुवाको अभाव चर्किंदा व्यक्तिगत घर, हाउजिङ तथा अपार्टमेन्ट परियोजना, कमर्शियल भवनदेखि ठूलो विकासे आयोजना निर्माणसम्म प्रभावित भएका छन् ।

गृह मन्त्रालयले २२ पुसदेखि देशभरका अवैधानिक क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर, क्रसर व्यवसायीहरुको छाता संस्था नेपाल क्रसर तथा खानी उद्योग महासंघले विरोध स्वरुप देशभरका उद्योग बन्द गराएको छ ।

देशभर ११ सय भन्दा बढी क्रसर उद्योग सञ्‍चालनमा रहेको गृहको आँकडा छ, जसमध्ये तीन सयभन्दा बढी क्रसर उद्योग वैधानिक रुपमा सञ्चालन हुँदै आइरहेका छन् । अवैध रुपमा सञ्‍चालन भइरहेका ८ सयभन्दा धेरै अवैध क्रसर उद्योगलाई बन्द गराएको गृहको जिकिर छ ।

अहिले देशभर निर्माण भइरहेका आठ हजार आयोजनामध्ये गिट्टी बालुवाको अभावमा २० प्रतिशतको मात्र काम भइरहेको छ ।

क्रसर उद्योग बन्द भएर अभाव चर्किएपछि बजारमा गिट्टी–बालुवा दोब्बर मूल्यमा बिक्री भइरहेको थियो । त्यही दोब्बर मूल्यमा पनि पछिल्लो समय अभाव चर्किएपछि पाउन छाडिसकेको बताइन्छ ।

प्रतिटिप्पर चार हजार पर्ने गिट्टीको मूल्य आठ–नौ हजारसम्म पुगेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘पहिला गिट्टी ४ हजार टिपर भन्थे, पछि ८/९ हजार पुगेको थियो । अहिले त छँदै छैन भन्छन्’ उनले भने ।

पर्याप्त तयारी बिना नै  एक्कासी क्रसर उद्योगहरु बन्द गराउँदा देशभरको निर्माण क्षेत्र प्रभावित भएको निर्माण व्यवसायीको गुनासो छ । 

९ चैत ०७७ मा सर्वोच्च अदालतले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न आदेश दिएको थियो । 

तर, सरकारभन्दा बलिया क्रसर उद्योगीहरुले स्थानीय प्रशासनलाई प्रभावमा पारेर निरन्तर क्रसर चलाउँदै आइरहेका थिए ।

गृहमन्त्रीको कुर्चीमा रवि लामिछाने आएपछि सर्वोच्चको सोही आदेशलाई आधार मानेर देशभरका अवैध क्रसर उद्योग बन्द गराउन थालेका हुन् ।

सरकारले समय नै नदिई एकैपटक अवैध क्रसर बन्द गराउँदा त्यसको असर निर्माण क्षेत्रमा देखिएको हो ।
 

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल