घरजग्गा किनबेच बढ्दै गए पनि बढेन बैंकको घरकर्जा

नेपाल राष्ट्र बैंक (एनआरबी)ले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती’ले ६ महिनामा घरजग्गा कर्जा ८७ प्रतिशतले घटेको देखाएको हो । 

367B408218B985F-icon.png
2719views
55CD43B9068FC62-6E3438F86F19B8E-D57ABEC1ACBD281-NRBBBB.jpg

काठमाडौं । सुस्ताएको घरजग्गा कारोबारले क्रमशः लय समात्‍न थाले पनि बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गामा प्रवाह गर्ने कर्जा भने बढ्न सकेको छैन् ।

नेपाल राष्ट्र बैंक (एनआरबी)ले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती’ले ६ महिनामा घरजग्गा कर्जा ८७ प्रतिशतले घटेको देखाएको हो । 

चालु आर्थिक वर्षको पुुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ८ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । जबकी, गत वर्षको सोही अवधिमा घरजग्गामा ६१ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । 

चालु आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा भने पुस मसान्तमा घरजग्गा कर्जा सामान्य बढेको देखिन्छ । साउनदेखि मंसिरसम्म पाँच महिनामा घरजग्गा क्षेत्रमा २ अर्ब ९६ करोड रुपैयाँ कर्जा पुस मसान्तमा बढेर ८ अर्ब २ करोड पुगेको छ ।

रियलस्टेट कर्जा ऋणात्मक 

चालु आवको ६ महिनामा १० अर्ब ७ करोड ५९ लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा प्रवाह भएको छ । तर, कमर्शियल रियलस्टेटतर्फ प्रवाह हुने कर्जा भने ऋणात्मक देखिएको छ ।

यस अवधिमा रियलस्टेट कर्जा २ अर्ब ७४ करोड रुपैयाँ ऋणात्मक देखिएको छ । मंसिर मसान्तमा रियलस्टेट कर्जा ५ अर्ब २९ लाख रुपैयाँ ऋणात्मक थियो ।

यसको मतलव, पछिल्लो महिना कमर्शियल रियलस्टेटमा प्रवाह हुने कर्जा करिव ठप्प जस्तै छ । कमर्शियल क्षेत्रमा प्रवाह भएको कर्जा उठ्ती धेरै छ भने नयाँ लगानी बढ्न सकेको देखिदैन ।

६ महिनाको अवधिमा बैंकले रेसिडेन्सियल रियलस्टेट (डेढ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा बाहेक) तर्फ ६ अर्ब २४ करोड, कमर्शियल कम्पलेक्स एन्ड रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा ७३ करोड, आम्दानी सिर्जना गर्ने कमर्शियल कम्पलेक्समा ३ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ ।

तर, अन्य रियलस्टेट (जग्गा खरिद तथा प्लटिङसमेत)मा प्रवाह हुने कर्जा १३ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक देखिएको छ । यसको अर्थ, यस क्षेत्रमा प्रवाह हुने कर्जा ठप्प छ, तर बैंकको पुरानो कर्जा असुली भने रफ्तारमा भइरहेको छ ।

पछिल्लो समय तरलता अभाव, चर्को ब्याजदर, महंगी, मागमा आएको सुस्तता लगायत कारणले समग्र अर्थतन्त्रमै मन्दी देखिएको छ ।

सबैभन्दा बढी मन्दीको मारमा घरजग्गा व्यवसाय परेको छ । बैंकले तरलता अभाव र चर्को ब्याजका कारण घरजग्गामा कर्जा लगानी गर्न सकेको देखिदैन । 

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

20A965574634631-nrb.png

पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

F7483CC03A7FBE5-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

बढ्दो तरलता र घट्दो ब्याजले घरजग्गामा कर्जा प्रवाह बढ्दै, जेठमा ५ अर्ब थपियो