घर बहाल सम्झौतासहित ९० दिनभित्र कर बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिका कार्यालयले ४ फागुनमा सार्वजनिक सूचना जारी गर्दै बहाल सम्झौतासहित कर बुझाउन ९० दिनको समयसीमा  दिएको हो ।

367B408218B985F-icon.png
5295views
223B0D9A57B85A6-8B09701898DBEB3-KTM Final (1).jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र घरजग्गा बहालमा लगाएका घरधनी करदातालाई ९० दिनभित्र बहालर कर रकम बुझाउन सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।

अब घरधनीहरुले सम्बन्धित वडा कार्यालयमा घरजग्गा बहाल कर बुझाउन जाँदा अनिवार्य रुपमा बहाल दिने र लिनेबीच गरिएको सम्झौतापत्र पनि पेश गर्नुपर्ने छ । 

काठमाडौं महानगरपालिका कार्यालयले ४ फागुनमा सार्वजनिक सूचना जारी गर्दै बहाल सम्झौतासहित कर बुझाउन ९० दिनको समयसीमा  दिएको हो ।

महानगरले हालै ‘घर बहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गर्दै आफ्नो क्षेत्रभित्र घरजग्गा, भवन वा जग्गा बहालमा दिँदा बहालमा लिने व्यक्तिसँग बहालमा दिने व्यक्तिले अनिवार्य घरबहाल सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ । महानगरले नयाँ निर्देशिकाको दफा ९ बमोजिम सम्झौता पत्रसहित बहाल कर बुझाउन अनुरोध गरेको जनाएको  छ ।

निर्देशिकाको दफा ९ मा भनिएको छ– ‘यो निर्देशिका प्रारम्भ हुनु अगावै घर बहालमा दिएका व्यक्तिहरूलेयोनिर्देशिका जारी भएको मितिले नब्बे दिन भित्र यस निर्देशिकाबमोजिम महानगरपालिकाले तोकेको ढाँचामा घर बहालसम्बन्धी विवरण सम्बन्धित वडा कार्यालयमा अनिवार्य रूपमा पेस गर्नुपर्ने छ ।’ 

घरजग्गा बहालमा लिने/दिने कार्यलाई व्यवस्थित, पारदर्शी र कानुनबमोजिम गराउन घर बहालमा लिने–दिनेबीचको सम्बन्धलाई व्यवस्थित बनाउने, बहालमा लिए–दिएको विषयमा उत्पन्‍न हुनसक्ने सम्भावित विवादको निरूपणलाई छिटो–छरितो र न्यायोचित ढङ्गले समाधान गर्ने र महानगरको बहाल कर असुली कार्यलाई सरल, पारदर्शी र व्यवस्थित बनाउन नयाँ निर्देशिका बनाई लागू गरेको महानगरको दाबी छ । 

यस्तो छ घरजग्गा बहालको नयाँ व्यवस्था

१) काठमाडौंभित्र घर बहालमा दिने र लिनेबीच अनिवार्य सम्झौता गरेको हुनुपर्ने छ । जसमा दिने/लिने दुबै पक्षको सम्पूर्ण विवरण समेटिनुपर्छ ।

२) लिखित सम्झौतामा बहालमा लिने/दिने क्षेत्रफल, तला, कोठाहरुको बहाल रकम उल्लेख गर्नुपर्ने छ । दोस्रो पक्ष (बहालमा लिने)ले पहिलो पक्ष (बहालमा दिने)लाई प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको बहाल रकम बुझाउनुपर्नेछ । बहाल रकम नगदै वा पहिलो पक्षले तोकेको बैङ्क खातामा जम्मा गरिदिनुपर्ने छ । नगदै बुझेमा घरधनीले बहाल बुझि लिएको भर्पाई गरिदिनुपर्नेछ भने बैंक खातामा जम्मा गरेमा सोको भौचरको एकप्रति पहिलो पक्षलाई दोस्रो पक्षले उपलब्ध गराउनुपर्ने छ ।

३) सम्झौताको बमोजिम बहालमा बस्‍नेले तिर्नु बुझाउनुपर्ने रकम प्रत्येक महिनाको ७ गतेभित्र बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्काे महिनाको मसान्तभित्र तिर्न÷बुझाउन सक्ने छ । तीन महिनाभित्र समेत घर बहाल रकम नतिरे नबुझाए पहिलो पक्षले यो सम्झौता स्वतः भंग भएको मानी घर खाली गराउने प्रक्रिया अघि बढाउन सक्नेछ ।

४) यो सम्झौता विपरीत काम गरेमा घरधनीले बहालबाट हट्न लिखित निर्देशन दिन सक्ने छ । यस्तो निर्देशन प्राप्त भएपछि दोस्रो पक्ष (बहालमा बस्ने)ले बहालबाट हट्नुपर्ने छ । बहालमा बस्‍नेले बहालमा लिएको घर छोड्नुपर्ने भएमा ३५ दिनको पूर्व लिखित सूचना पहिलो पक्षलाई दिई घर बहालको सम्झौता अन्त गर्न सक्नेछ । जुन पक्षबाट सम्झौता भंग गर्ने प्रक्रिया प्रारम्भ गरेको भए पनि सो सम्बद्ध कागजातसहित वडा कार्यालयलाई लिखित जानकारी गराउनुपर्नेछ ।

५) काठमाडौं महानगरपालिकालाई तिर्नु बुझाउनुपर्ने बहाल कर पहिलो पक्षको नामबाट दोस्रो पक्षले बुझाई सो रकम बहाल रकमबाट कट्टा गरी कर तिरेको कागजसहित पहिलो पक्षलाई बहाल रकम भुक्तानी गर्नुपर्नेछ ।

६) घर बहाल रकम प्रत्येक दुई–दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुनेछ ।

७) व्यवसाय कर, पानी, बिजुली, टेलिफोन तथा फोहरमैला व्यवस्थापन वापत तिर्नु/बुझाउनुपर्ने कर दस्तुरको दायित्व दोस्रो पक्ष (बहालमा लिने)को हुनेछ ।

८) सम्झौताको अवधि ३ वा ४ वा कति वर्षको हो सम्झौतापत्रमा उल्लेख गर्नुपर्ने छ । दुबै पक्षको सहमतिमा सम्झौताको म्याद थप गर्न सकिने कुरा पनि उल्लेख गर्नुपर्ने छ ।

९) सम्झौताको परिपालना गर्नु/गराउनु दुवै पक्षको कर्तव्य हुने छ । सम्झौता कार्यान्वयनको क्रममा कुनै विवाद भएमा आपसी छलफल तथा सहमतिबाट विवादको निरूपण गर्ने, सहमतिबाट विवाद समाधान हुन नसकेमा प्रचलित कानुनबमोजिम सम्बद्ध वडा कार्यालयमा उजुरी पेस गर्न सकिने भएको छ ।

१०) बहालमा लिने घरको बिमा पहिलो पक्ष (घरधनी)ले गर्नुपर्ने छ । यदि दोस्रो पक्ष (बहालमा लिने)ले बिमा गर्ने हो भने प्रिमियमबापतको रकम बहाल रकमबाट कट्टा गरी पहिलो पक्ष (घरधनी)लाई बहाल रकम बुझाउन सकिने छ ।
 

सोह्रौं योजनाको लक्ष्यः योजनाबद्ध, दिगो र उत्थानशील शहरीकरण

जेठमा ३० युनिट अपार्टमेन्ट किनबेच

बागमती प्रदेशको बजेटः 'बृहत हेटौंडा सहर' बनाउन सम्भाव्यता अध्ययन गरिने

घरजग्गा किनबेचसँगै कित्ताकाट पनि बढ्यो, जेठमा एक लाख ६५ हजार कित्ताकाट

जेठमा दुई वर्षयताकै उच्च घरजग्गा कारोबार, कर्जामा खुकुलो नीतिको प्रभाव

काठमाडौंलाई ‘ओपन एन्ड लाइभ म्युजियम’ र ‘क्रियटिभ सिटी’का रुपमा विकास गरिने

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा

सिमरामा खुल्यो देशकै पहिलो ग्रेनाइट उद्योग

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति