कैलालीमा खुल्दैछ पाँचतारे होटल, १५ तले होटलमा दुई अर्ब लगानी हुने

367B408218B985F-icon.png
7374views
F96146D68E2E8E0-Room.jpg

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–७ मा पर्ने हरैयामा पाँचतारे होटेल निर्माण सुरु भएको छ । यो होटेल सञ्‍चालनमा आउँदा सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटेल हुनेछ ।

आइडिया ग्रुपले निर्माण गर्न लागेको ‘आइडिया होटेल एन्ड क्यासिनो’को गत साउनमै कांग्रेस नेता डा. शशांक कोइरालाले शिलन्यास गरेका थिए । आइडिया ग्रुपमा गैरआवासीय नेपालसहित चिनियाँहरु पनि साझेदार छन् ।

आइडिया ग्रुपले दुई बिगाहा क्षेत्रफलमा होटेल निर्माण सुरु गरेको हो । होटेलमा १५० कोठा रहने बताइएको छ । होटेल सञ्‍चालनमा आउँदा दुई अर्बभन्दा बढी लगानी हुने अनुमान छ । 

होटेलको १५औँ तलामा हेलिप्याड निर्माण गरिने भएको छ । होटेलमा पूर्ण क्षमताको क्यासिनो सञ्‍चालन गरिने छ, जहाँ १५ सय जनाको क्षमता हुनेछ । सिमावर्ती भारतीय पर्यटकलाई लक्षित गरेर क्यासिनो सञ्‍चालन गर्न लागिएको हो ।

होटेलमा इन्फिनिटी स्वीमिङ पुल, स्काइ वार, स्काइ वाक, रुफटप हेलिकोप्टर ल्यान्डिङ हेलीप्याड, रेष्टुरेन्ट, क्याफे, जीम साउनालगायत सुविधा हुनेछन् । 

हङकङमा मुख्य कार्यालय रहेको आइडिया ग्रुपका मुख्य लगानीकर्ता गैरआवासीय नेपालीहरु भए पनि चिनियाँहरु पनि साझोदार छन् । ग्रुपको अध्यक्ष गोकर्ण श्रेष्ठ हुन् भने इन्टरनेशनल डाइरेक्टरमा छिङ छिङ त्से रहेका छन् । 

कैलालीमा निर्माण गर्न लागिएको पाँचतारे होटेलमा आइडिया ग्रुपसहित पोखराको सौभाग्य रियल स्टेट एन्ड कम्पनीको पनि लगानी रहनेछ । 

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल