बैंक तथा फाइनान्सले घटाए निक्षेपको ब्याजदर, अब कर्जाको पनि घट्ला ?

सुरुमा बाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेपछि क्रमशः विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याजदर घटाउने निर्णय गरेका हुन् । 

367B408218B985F-icon.png
2592views
8AF99B4AF4ED8AF-rates-down-arrow-house-executive.jpg

काठमाडौं । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले निक्षेपको ब्याजदर घटाएका छन् । १ चैतदेखि लागू हुने गरी तीनवटै वर्गका बैंकले निक्षेपको ब्याजदर घटाउने घटाउने निर्णय गरेका हुन् ।

बैंकको चर्को ब्याजदर घटेपछि अर्थतन्त्रलाई पनि केही राहत मिल्ने अपेक्षा गरिएको छ । पछिल्लो समय बैंकको चर्को ब्याजदरको विरुद्ध उद्योगी व्यवसायी सडकमै उत्रिएका छन् ।

सुरुमा बाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेकोमा विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याजदर घटाउने निर्णय गरेका हुन् । 

‘क’ वर्गका बाणिज्य बैंकहरुले बचतको ब्याजदर मात्र घटाएका छन् । तर, विकास बैंकले मुद्दति (फिक्स) र बचत दुबैको ब्याजदर घटाउने निर्णय गरेका छन् । यस्तै, फाइनान्स कम्पनीले मुद्दती बचतको मात्रै ब्याजदर घटाउने निर्णय गरेका छन् ।

वाणिज्य बैंकको ब्याजदर

बाणिज्य बैंकहरुले मुद्दती बचतको ११ प्रतिशत ब्याजदरलाई यथावत राखेका छन् । हाल कायम बचतको ब्याजदर ६.४२ देखि ८.४ प्रतिशतलाई घटाएर ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय गरेका छन् ।

बैंकहरुले गत माघमा मुद्दती बचतमा १२.१३३ प्रतिशत रहेको ब्याजरलाई ११ प्रतिशतमा झारेका थिए । बैंकले कर्जा प्रवाह गर्दा लिने प्रिमियम पनि एक प्रतिशत बिन्दूले घटाएका छन् । अब बेसरेटमा अधिकतम पाँच प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्नेछन् । 

विकास बैंकको ब्याजदर

‘ख’ बर्गका विकास बैंकहरुले बचतको ब्याजदर ०.१५ प्रतिशतले घटाउने निर्णय गरेका छन् । १ चैतदेखि विकास बैंकहरुले बचतमा न्यूनतम ब्याजदर ६.६ प्रतिशतदेखि अधिकतम ८.६ प्रतिशतसम्म मात्रै ब्याज दिनेछन् ।

मुद्दति निक्षेपको ब्याजदर अवधि हेरेर दुई थरी निर्धारण गरेका छन् । अहिले विकास बैंकहरुले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका छन् । 

अबदेखि एक वर्षदेखि माथिको मुद्दती निक्षेपमा ब्याजदर ०.१५ प्रतिशतले घटाएर ११.६० प्रतिशत र एक वर्षभन्दा कम मुद्दती निक्षेपमा ब्याजदर ०.२५ प्रतिशतले घटाएर ११.५० प्रतिशत मात्रै ब्याज दिनेछन् ।

फाइनान्स कम्पनीको ब्याजदर

बाणिज्य बैंक र विकास बैंकले ब्याजदर घटाएपछि फाइनान्स कम्पनीले ब्याजदर घटाउने निर्णय गरेका हुन् । फाइनान्स कम्पनीले एक बर्षको मुद्दति निक्षेपमा ब्याजदर ०.२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेका छन् । 

फाइनान्स कम्पनीको छोटो र लामो अवधिको मुद्दति निक्षेपमा ब्याजदर पनि फरक फरक हुने बताइएको छ । 

तीन महिनामाथिको मुद्दती निक्षेपमा ब्याजदर ०.१५ प्रतिशतले घटाउने निर्णय गरेका छन् । तर, बचतको ब्याजदरमा भने कुनै निर्णय गरिएको छैन ।

कर्जाको ब्याजदर घट्ला ?

निक्षेपको ब्याजदर घटेपछि कर्जाको ब्याजदर पनि घट्ने छ । वैशाखदेखि बैंकबाट कर्जा लिने ग्राहकले पनि केही सस्तोमा ऋण पाउनेछन् । वैशाखदेखि ऋणको ब्याजदर पनि दुई प्रतिशतसम्मले घट्ने अनुमान गरिएको छ ।

निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ र आधारदर (बेसरेट) पनि घट्नेछ । बेसरेट घट्ने वित्तिकै ऋणको ब्याज दर पनि घट्ने छ । त्यसमाथि वाणिज्य बैंकले कर्जा प्रवाह गर्दा लिने गरेको प्रिमियम पनि एक प्रतिशत बिन्दूले घटाउने निर्णय गरिसकेका छन् ।

के हो बेसरेट ?

कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर ९ बेस रेट ० हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९ र ७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागु गर्ने उल्लेख गरिएको थियो ।

आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागु भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो । जसमा कर्जाको जोखिम प्रिमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागु हुन्छ ।

तर आधार दर कर्जाको वास्तविक व्याजदर होइन । यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्‍न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्‍चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

20A965574634631-nrb.png

पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

F7483CC03A7FBE5-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

बढ्दो तरलता र घट्दो ब्याजले घरजग्गामा कर्जा प्रवाह बढ्दै, जेठमा ५ अर्ब थपियो