बजाज अटोका अध्यक्ष निरज बजाजले मुम्बईमा किने चार अर्बको ट्रिपलेक्स पेन्टहाउस

367B408218B985F-icon.png
1310views
C59AA39EB3EB9BF-india-.jpg

काठमाडौं । भारतको रियलस्टेट बजारमा अहिलेसम्मकै सबैभन्दा महंगो ट्रिपलेक्स पेन्टहाउस किनबेच भएको छ । 

बजाज अटोका अध्यक्ष निरज बजाजले मुम्बईको मालाबार हिलमा २५२.५ करोड भारतीय रुपैयाँमा सी–फेसिङ (समुद्रतर्फ फर्किएको) अपार्टमेन्ट किनेका हुन् । यो रकमलाई नेपाली मुद्रामा सटही गर्दा चार अर्ब चार करोड रुपैयाँ हुन्छ ।

यसअघि, वर्ष २०२३ को सुरुमै वेल्स्पन समूहका अध्यक्ष बीके गोयन्का र एभिन्यू सुपरमार्केटका राधाकृष्ण दमानीको गरी दुईवटा ठूला सम्झौताहरु रद्द भएका थिए । 

१ मे २०२१ देखि बजाज अटोको अध्यक्षका रुपमा काम गरिरहेका निरज बजाजले म्याक्रोटेक डेभलपर्सबाट लक्जरी अपार्टमेन्ट किनेका हुन् । 

अपार्टमेन्ट खरिद बिक्री सम्बन्धिसम्झौतापत्रमा १३ मार्चमा हस्ताक्षर भएको थियो, मनीकन्ट्रोलले इन्डेक्सट्याप डटकमद्धारा साझा गरेको कगजपत्रहरु उदृत गर्दै बतायो ।

रिपोर्टका अनुसार ट्रिपलेक्स अपार्टमेन्टको कुल क्षेत्रफल १८,००० वर्गफिट (कार्पेट एरिया १२,६२४ वर्गफिट) छ । र, यस अपार्टमेन्टका लागि आठवटा कार पार्किङ्ग गर्न मिल्ने स्लटहरु पनि राखिएको छ ।

निरज बजाजले खरिद गरेको अपार्टमेन्ट लोधा मालाबार प्यालेसमा छन्, जसमा ३१ तला छन् । पेन्टहाउस अपार्टमेन्ट खरिद गर्ने सम्झौताका लागि १५.१५ करोड भारु अर्थात् २४ करोड २४ लाख नेपाली रुपैयाँ स्ट्याम्प शुल्क तिरको प्रतिवेदनमा उल्लेख छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

488D29D2CBE36C1-1715130988-q1sgw.jpg

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

273181CC185A6B4-1_pokhara-2-day-mustang-tour-with-muktinath-temple-2.jpg

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

43FE0B3E7599612-Pho-99.jpg

लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट