नेपालमा ३८ प्रतिशत परिवार सिमेन्टको ढलान घरमा बस्छन्, ८६ प्रतिशतको आफ्नै घर

  

367B408218B985F-icon.png
637views
7E235D6FD21B1B8-kathmandu.jpg

काठमाडौं । नेपालमा करिव ३८ प्रतिशत परिवार सिमेन्ट कंक्रिटले छानो ढलान गरेको बलियो घरमा बस्ने गरेका छन् ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार अहिले देशभरी ६६ लाख ६० हजार ८४१ घरपरिवार रहेका छन्, जसमध्ये २५ लाख १५ हजार ९३ परिवार पक्की छानो भएको घरमा बस्‍ने गरेका हुन् ।

फलाम तथा टिनको जस्तापाताले छानो छाएका घरमा बस्‍ने परिवार ४१.९ प्रतिशत अर्थात् २७ लाख ९३ हजार ३४२ परिवार रहेका छन् ।

अझै पनि धेरै परिवार खर, पराल र छवालीको छानो भएको घरमा बस्‍ने गरेको जनगणनाको नतिजाले देखाएको छ । कुल परिवारमध्ये ३.९ प्रतिशत अर्थात दुई लाख ६० हजार ६ परिवार यस्तो घरमा बस्‍ने गरेका हुन् ।

टायलले छाएको घरमा बस्‍ने परिवार ६ लाख १३ हजार ९१२, ढुङ्वा–स्लेटले छाएको घरमा चार लाख ५ हजार ७७१, काठ वा फ्लेकले छाएको घरमा १८ हजार १९० परिवार र माटोले छाएको घरमा ४७ हजार ६४२ घरपरिवार बस्‍ने गर्छन् ।

१४ प्रतिशत परिवार भाडामा

नेपालमा रहेका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८६ प्रतिशत परिवार आफ्नै घरमा बस्छन् । ५७ लाख २८ हजार ५८६ परिवारमा आफ्नै स्वामित्वको घर छ ।

१४ प्रतिशत अर्थात ८ लाख ५० हजार ५६२ परिवार भाडाको घरमा बस्‍ने गछन् । कुनै संस्थाले उपलब्ध गराएको घरमा बस्ने परिवार ३६ हजार ८०९ र अन्य वैकल्पिक माध्यमबाट बस्‍ने परिवार ४४ हजार ८८४ रहेका छन् । 

७२ प्रतिशत आवासीय घर

नेपालभर कुल ७५ लाख ५२ हजार ६६ घर रहेको राष्ट्रिय जनगणनाले देखाएको छ, जसमध्ये ७१.७ प्रतिशत अर्थात् ५४ लाख १६ हजार ४१९ घर अवासीय प्रयोजनका रहेका छन् ।

यस्तै, व्यापारिक प्रयोजनका ३.१ प्रतिशत अर्थात् दुई लाख ३३ हजार १९०, सरकारी भवन २८ हजार १६२, शैक्षिक भवन ८४ हजार २३१, स्वास्थ्य संस्था १५ हजार २४४, उद्योग कलकारखानाका भवन ३२ हजार ३४४, बैंक तथा वित्तीय संस्थाका भवन ६ हजार ७१७, संस्थागत २४ हजार २६४, गोठ–धन्सार–मतान ७ लाख ६४ हजार ५९८ र अन्य ४ लाख ४३ हजार १९७ रहेका छन् ।

राष्ट्रिय जनगणना अनुसार कुल घरमध्ये ६.३ प्रतिशत अर्थात ४ लाख ७२ हजार ५१६ घर खाली रहेका छन् । पछिल्लो समय गाउँघरबाट शहर बजारमा बसाई सर्ने परिपाटीले धेरै गाउँ खाली हुन थालेका छन् । 

स्वदेशी सिमेन्टको खपत बढाउन सडक निर्माणमा ढलान प्रविधि अवलम्बन गरिने

नयाँ शहर निर्माण र शहरी पूर्वाधार विकास गर्न साढे ११ अर्ब बजेट बिनियोजन

जग्गाको कित्ताकाट फुकुवा गर्ने बजेटमा घोषणा, मूल्यांकनमा कडाई गर्ने संकेत

अर्थमन्त्री प्रकाशशरण महतले ल्याए १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट

आर्थिक सर्वेक्षण भन्छ– देशभर ४४ नयाँ सहरको पूर्वाधार निर्माण सुरु भइसक्यो

जनता आवास कार्यक्रमः साढे १९ हजार आवास इकाइ निर्माणको चरणमा

भैंसेपाटीमा मन्त्री निवास ९० प्रतिशत निर्माण सम्पन्‍न

धरहराभन्दा अग्लो बनाइँदै 'काठमाडौं भ्यु टावर', १४ तला थपेर २६ तले बनाउने तयारी

3A0CD965197AC01-8ACEDA690E11346-0C9F1EBA886C020-7AB8AB07AB3083A-new city.jpeg

आर्थिक सर्वेक्षण भन्छ– देशभर ४४ नयाँ सहरको पूर्वाधार निर्माण सुरु भइसक्यो

D647A2BE9E9798F-Janata-aabas-final.jpg

जनता आवास कार्यक्रमः साढे १९ हजार आवास इकाइ निर्माणको चरणमा

F1ED932BAF5F1A4-rokkka.jpg

१० महिनामा ३ लाख घरजग्गा रोक्का, २ लाख फुकुवा