किन बढ्दैछ बसाइँ सराइ ? यी हुन् १० कारण

पछिल्लो समय गाउँहरुमा बाटोघाटो, स्कुल, बोर्डिङ, स्वास्थ्यसंस्था, खाने पानीलगायत सेवा सुविधाहरु पुग्दा पुग्दै पनि शहर पस्ने पनि उत्तिकै देखिन्छन् ।

367B408218B985F-icon.png
3912views
AF3362F48A57CD9-Migration final.jpg

काठमाडौं । नेपालमा बसाइँ सराइ तिब्र गतिमा बढिरहेको छ । आधुनिक सेवा सुविधा खोज्दै शहर बजारमा बसाइँ सर्ने धेरै छन् । पछिल्लो समय गाउँहरुमा बाटोघाटो, स्कुल, बोर्डिङ, स्वास्थ्यसंस्था, खाने पानीलगायत सेवा सुविधाहरु पुग्दा पुग्दै पनि शहर पस्ने पनि उत्तिकै देखिन्छन् ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार पछिल्लो पटक एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने कुल जनसंख्या ९३ लाख ४१ हजार ४०८ रहेको छ । मान्छे एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नुमा प्रमुख १० कारण रहेको जनगणनाको नतिजाले देखाएको छ ।

पछिल्लो जनगणनामा एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्नुको सबैभन्दा प्रमुख कारण विवाह रहेछ । बसाइँ सराइ गरेका कुल जनसंख्यामध्ये ३८.२ प्रतिशत विवाहका कारण बसाइ सकेका रहेछन् ।

यस्तै, काम-रोजगारी खोज्दै बसाइँ सराइ गर्ने १५.२ प्रतिशत, व्यापार-व्यवसायका सिलसिलामा २.८ प्रतिशत, अध्ययन/तालिमका सिलसिलामा ७.८ प्रतिशत, आश्रित १९.५ प्रतिशत, प्राकृतिक प्रकोप ०.७ प्रतिशत, कृषि ३.९ प्रतिशत, घर फर्किएको ४.१ प्रतिशत र अन्य ६.६ प्रतिशत रहेका छन् । 

बसाइँसराइ गरी आएका पुरुषमध्ये सबैभन्दा बढी ३०.६ प्रतिशत काम/रोजगारीको कारण र महिला ५८.२ प्रतिशत विवाहका कारण रहेको जनगणनाले देखाएको छ ।

जनगणना अनुसार हाल अक्सर बसोबास गरिरहेको गाउँपालिका वा नगरपालिकाबाट अर्को स्थानमा कहिल्यै पनि बसोबास नगरेको व्यक्तिहरु ६८.० प्रतिशत रहेका छन् । जसमध्ये पुरुष ७७.० प्रतिशत र महिला ५९.४ प्रतिशत रहेका छन् । 

कुल जनसंख्याको १०.८ प्रतिशत व्यक्तिहरु पछिल्लो पटक सम्बन्धित जिल्लाको अर्को गाउँपालिका वा नगरपालिकाबाट, १८.२ प्रतिशत जनसंख्या अर्को जिल्लाबाट र ३.१ प्रतिशत व्यक्तिहरु विदेशबाट बसाइँ सरेर हालको स्थानमा बसिरहेको देखिन्छ ।

जनगणना अनुसार पछिल्लो पटक बसाइँ सरेको अवधिको आधारमा हेर्दा बसाइँ सरेका कुल ९३ लाख ४१ हजार ४०८ जना मध्ये सबैभन्दा बढी ३१.८ प्रतिशत व्यक्तिहरुको पछिल्लो पटक बसाइँ सरेको अवधि १०–२४ वर्ष भएको देखिन्छ भने सबैभन्दा कम ३.५ प्रतिशत व्यक्तिहरुको पछिल्लो पटक बसाइँ सरेको अवधि १ वर्ष भन्दा कम छ । 

यस्तै, लैंगिक हिसावले सबैभन्दा बढी २९.१ प्रतिशत पुरुषहरु र ३३.३ प्रतिशत महिलाहरुको पछिल्लो पटक बसाइँ सरेको अवधि १०–२४ वर्ष भएको छ । पछिल्लो पटक बसाइँ सरेको अवधि ५० वर्षभन्दा बढी हुने व्यक्तिहरु ४.० प्रतिशत रहेका छन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

488D29D2CBE36C1-1715130988-q1sgw.jpg

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

273181CC185A6B4-1_pokhara-2-day-mustang-tour-with-muktinath-temple-2.jpg

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

43FE0B3E7599612-Pho-99.jpg

लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट