मधेश प्रदेशकै पहिलो पाँचतारे बन्यो ‘होटल इच्छा’, डेढ अर्ब लगानी

घरजग्गा व्यवसायी इच्छा बहादुर वाग्लेले सुरुवातमा एक अर्ब २० करोड रुपैयाँ लगानी गरी ६० कोठाको होटल सञ्चालनमा ल्याएका थिए । हालै ३० करोड रुपैयाँ लगानीमा ४० कोठा थपेर १०० कोठा पुर्‍याइएको छ

367B408218B985F-icon.png
2155views
4D9D86367015009-Hotel Iccha.jpg

काठमाडौं । बाराको सिमरामा सञ्‍चालित होटल इच्छा पाँचतारा स्तरमा वर्गीकरण भएको छ ।  स्तरोन्‍नतीसँग होटल इच्छा मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटल बनेको छ ।

चारतारे स्तरमा मिनी क्यासिनोसहित ६ वर्षअघि सञ्‍चालनमा आएको होटल इच्छालाई  पर्यटन बोर्डले पाँचतारे होटलको अनुमित दिएको हो ।

घरजग्गा व्यवसायी इच्छा बहादुर वाग्लेले सुरुवातमा एक अर्ब २० करोड रुपैयाँ लगानी गरी ६० कोठाको होटल सञ्‍चालनमा ल्याएका थिए । हालै ३० करोड रुपैयाँ लगानीमा ४० कोठा थपेर १०० कोठा पुर्‍याइएको इच्छा हस्पिटालिटी समूहले जनाएको छ । 

सिमरा एयरपोर्टबाट २ किमी र हेटौंडाबाट ३५ किमी दुरीमा रहेको होटल २ विगाहा क्षेत्रफलमा फैलिएको छ ।

 इच्छा हस्पिटालिटी समूहले बारा पर्सा राष्ट्रिय निकुञ्‍ज अमलेखगञ्‍ज हात्तीसार पर्यटन क्षेत्रमा गार्डेन सफारी रिसोर्ट सञ्‍चालनमा ल्याउँदै छ । अहिले धमाधम निर्माण भइरहेको रिसोर्ट २०२८ भित्रै सञ्‍चालनमा ल्याउने वाग्लेले बताए ।

काठमाडौं तराई फास्ट ट्रयाक, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, औद्योगिक कोरिडोर र पर्सा राष्ट्रिय निकुञ्‍ज लगायतलार्य दृष्टिगत गरी रिसोर्ट सञ्‍चालनमा ल्याउन लागेको उनको भनाई छ ।

यस्तै, होटेल इच्छामा भारतको रक्सौल, मोतिहारी, मजुफ्पुर, दरभंगा, मधुवनी, बेतिया र पट्नालगायत क्षेत्रबाट पर्यटक आउने गर्छन् । यस्तै, औद्योगिक क्षेत्र बारा पर्सामा आवतजावत गर्ने व्यवसायी पनि इच्छामै बस्‍ने गर्छन् ।

यतिसम्म कि, उद्योगी व्यवसायीहरु काठमाडौंबाट प्लेनमा सिमरा अवतरण गरेर सिधै होटल इच्छामा गएर ब्याग विसाउन पुग्छन् । र, वीरगञ्जमा गएर दिनभर काम गर्ने र रातमा बस्‍न होटल इच्छामा फर्किने गर्छन् ।

होटल इच्छाका सञ्चालक एवं हाउजिङ तथा रियलस्टेट व्यवसायी वाग्ले नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष हुन् । 

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल