क्यालिफोर्नियामा नयाँ कंक्रिटरहित, नेट–शून्य घर दीगो भवनको लागि एक ठूलो परिवर्तन हो, जसले परम्परागत निर्माण विधिहरुभन्दा ९९ प्रतिशत कम फोहोर उत्पादन गर्छ ।
काठमाडौं । अमेरिकाको सबैभन्दा धेरै जनसंख्या भएको राज्यमा घरको मूल्य पहिले नै उच्च छ । र, नयाँ आवासको लागि दबाब पनि छ । क्यालिफोर्नियाको कानूनमा सबै नयाँ आवासीय निर्माणहरु नेट–शुन्य हुन आवश्यक छ । निर्माण क्षेत्रमा नवीनता प्रेरित गरिरहेको छ ।
त्यहाँ गोल्डेन स्टेटमा माइटी बिल्डिङ्स नामक एक कम्पनीले आफ्नो उच्च गुणस्तरीय, अचम्मलाग्दो रुपमा अधिक टिकाउ आवास निर्माण गर्ने लक्ष्य राखेको छ । दुई बेडरुम, दुई वाथरुम विश्वकै पहिलो थ्रीडी प्रिन्टेड, नेट शून्य उर्जा आवास हो ।
दक्षिणी क्यालिफोर्नियामा योजना बनाइएको २० भन्दा बढी घरको समुदाय, यसको थ्रीडी–कप्रिन्ट तथा मोड्युलर डिजाइनले छिट्टै निर्माण सकाउन सकिन्छ । परम्परागत निर्माण विधीभन्दा आधाभन्दा कम समयमै घर निर्माण सकिन्छ ।
यो कम्पनीको पेटेन्ट Mighty Kit System™ ले स्वचालित अफसाइट कारखानामा उत्पादन गरिएका पूर्व–निर्मित, सटीक इञ्जिनियर प्यानलहरु प्रयोग गर्छ ।
प्यानलहरु पेटेन्ट गरिएको कम्पोजिट ढुंगाको सामाग्रीबाट बनेको हुन्छन्, जुन इपोक्सीमा आधारित प्राइमर र एक्रेलिक पेन्टले लेपित हुनुका साथै करिव शून्य फोहोर इन्सोलेसन प्रकृयाले भरिएको हुन्छ ।
यसको हलुका स्टील फ्रेमिङमार्फत युनिटको स्ट्रेन्थको सुनिश्चित गरिएको छ, जसले भरबाहन क्षमता बढाउँछ, असिमित रुपमा पुनः प्रयोग गर्न सकिन्छ र द्रुत निर्माण प्रकृयालाई सपोर्ट गर्न सटीक निर्मित अफ–साइट पनि हुन सक्छ ।
एकाइमा प्रयोग गरिएको थ्रीडी प्रिन्टेड हलुका ढुंगाको सामाग्री कंक्रीटभन्दा बलियो र हलुका छ । र, ६० प्रतिशत दिगो स्रोत र पुनः प्रयोग गरिएका अवयवहरु मिले बनेको छ । यो लचिलो हुँदा पनि छिट्टै ठिक हुन्छ ।
यसले वातावरणीय प्रभावलाई कम गर्दै सुन्दर घुमाउरो डिजाइनहरुको लागि अनुमति दिँदै युनिटको आधुनिक डिजाइनलाई जोड दिन्छ ।
भिडियोमा हेर्नुहाेस्
‘हामी भविष्यको टिकाउ आवास मानकको पुरा गर्नका लागि विश्वको पहिलो कम्पनी हुन पाउँदा उत्साहित छौं’ माइटी बिल्डिङका सीइओ स्लाभा सोलोनित्सिनले भने, ‘परिणामको रुपमा, आवास विकासकर्ताहरुले अब नाफा, गुणस्तर, डिजाइन र ग्राहकको सुरक्षाबीच छनौट गर्नु पर्दैन ।’
द गोल्डेन स्टेटको डजर्ट हट स्प्रिङ्सको चर्को गर्मीमा माइटी बिल्डिङ्स घरहरुको २०–घर समुदायका लागि साइट रहनेछ । मुल रुपमा कम्पनीले व्यक्तिगत खरिदारहरुलाई वान–अफ घरहरु अफर गरेको छ, तर केवल ४–५ महिनामै प्रत्येक युनिट निर्माण गर्न सक्षम भएपछि डेभलपरहरुले पनि चाँडै चासो लिन थाले ।
त्यहाँ इफिसेन्सी एडभान्टेजहरु पनि छन्, जुनक एकल युनिटहरुको सट्टा समुदायको निर्माणबाट आउँछ । यौर्य प्यानलहरुको जडान गरिएको प्रणाली र ताप पम्प प्रणालीहरु जसले ताप उर्जा ५० प्रतिशतसम्म घटाउन सक्छ, भवनको वातावरणीय साखको अझ धेरै चम्काउँछ ।
अधिक जलवायुमैत्री निर्माण विधिहरुको आवश्यकता र आवासको आवश्यकतामा बढ्दो जनसंख्याको साथ यो स्टिल एन्ड लाइट स्टोन सामाग्रीले निर्मित घर एक उज्जवल र अधिक दीगो भविष्यको प्रतिनिधित्व गर्न सक्छ ।
एजेन्सीको सहयोगमा