विकास बैंकले नै दिन थाले १२.९९% ब्याजमा घरकर्जा, महालक्ष्मीले ल्यायो सुलभ कर्जा

महालक्ष्मी विकास बैंकले घर खरिद गर्न वा घर निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकलाई व्यावसायिक कर्जाअन्तर्गत सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको हो । 

367B408218B985F-icon.png
3233views
F2B91E8B9F59495-mahalaxmi-bikash-bank-final.jpg

काठमाडौं । बैंकमा तरलता बढ्न थालेपछि बैंकको कर्जाको ब्याजदर पनि क्रमशः घट्न थालेको छ । पछिल्लो समय विकास बैंकले नै १३ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने स्किम ल्याउन थालेका छन् ।

महालक्ष्मी विकास बैंकले ‘नयाँ वर्ष, नयाँ वर्ष सुलभ कर्जा’ भन्दै १२.९९ प्रतिशत ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेको छ ।

घर खरिद गर्न वा घर निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकलाई व्यावसायिक कर्जाअन्तर्गत सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ । 

बैंकले दुवै कर्जा योजनामा १२.९९ प्रतिशतको आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । यस्तै, नयाँ वर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने छ । 

महिला सशक्तीकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । 

बैंकले घर निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नेछ भने कर्जाको अधिकतम अवधि पनि ३० वर्ष राखिएको छ । घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुटजस्ता आकर्षक सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ । 

घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरूका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाहरूबाट उपलब्ध हुनेछन् । 

एनएमबि बैंकको ११.९९ प्रतिशत ब्याजदर

यसअघि नै एनएमबि बैंकले ११.९९ प्रतिशत स्थिर  (फिक्स) ब्याजदरको घरकर्जा योजना ल्याएको छ ।

१५ वर्ष अवधिसम्मको यो नयाँ घरकर्जा योजनाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पु र्‍याउने बैंकको विश्‍वास छ ।

उक्त योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत पु र्‍याउने छ । 

यस कर्जा योजनाले नयाँ ग्राहकहरू कुनै पनि बजार उतार–चढाव वा ब्याज दरहरूमा परिवर्तन भएता पनि उनीहरूको मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहनेछ भनी विश्वस्त हुन सक्ने बैंकले जनाएको छ ।

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

20A965574634631-nrb.png

पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

F7483CC03A7FBE5-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

बढ्दो तरलता र घट्दो ब्याजले घरजग्गामा कर्जा प्रवाह बढ्दै, जेठमा ५ अर्ब थपियो