संयुक्त आवाससम्बन्धी नीति तथा कानुनमा पुनरावलोकन गर्ने घोषणा, नयाँ सहर प्राथमिकतामा

एउटा शहरी आयोजनाको निर्माण नसक्दै अर्को नयाँ शहर घोषणा गर्ने परिपाटीले अहिले देशभर नयाँ शहर आयोजनाको संख्या ५८ पुगिसकेको अवस्था छ ।

367B408218B985F-icon.png
1069views
FCE92C6BFE7880C-7BC30A6210AA2D0-home-final.jpg

काठमाडौं । सरकारले संयुक्त आवाससम्बन्धी विद्यमान नीति तथा कानूनमा पुनरावलोकन गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।

विद्यमान नीति तथा कानूनमा पुनरावलोकन गरी संयुक्त आवास निर्माणलाई सहजीकरण गर्ने सरकारले शंकेत देखाएको छ ।

यस्तै, आवास तथा बस्ती विकासमा तीन तहका सरकारको भूमिका स्पष्ट हुने गरी मौजुदा नीति तथा कानूनमा परिमार्जन गर्ने घोषणा गरिएको छ ।

भौतिक पूर्वाधार विकासको एकीकृत रणनीति तयार गरिने भएको छ । युटिलिटी करिडोरको विषयसमेत समावेश गरी नयाँ शहरी विकाससम्बन्धी कानून ल्याइने छ । 

कर्णाली भेरी गंगा उपत्यकाको नमूना आधुनिक शहरको गुरुयोजना तयार गरी निर्माण कार्य अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

मध्यपहाडी  लोकमार्ग आसपासका १० वटा नयाँ शहरलाई पहिचानयुक्त शहरको रुपमा विकास गर्ने फेरी पनि घोषणा गरिएको छ । यी नयाँ शहर निर्माणलाई हरेक नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिइए पनि काम भने अपेक्षित हुन सकेको छैन् ।

बरु, एउटा शहरी आयोजनाको निर्माण नसक्दै अर्को नयाँ शहर घोषणा गर्ने परिपाटीले अहिले देशभर नयाँ शहर आयोजनाको संख्या ५८ पुगिसकेको अवस्था छ । यस विषयमा महालेखा कार्यालयले पनि सरकारलाई सचेत बनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका महानगरपालिका र नगरपालिकाहरुको सहभागितामा एकीकृत संयन्त्र निर्माण गरी शहरी विकाससम्बन्धी कार्यक्रमहरु एकीकृत र समन्वयात्मक रुपमा सञ्चालन गर्ने घोषणा गरिएको छ ।

ग्रामिण उत्पादनको सजिलै बजारीकरण गर्न साना बजार केन्द्र तथा बस्तीहरुलाई आधारभूत सेवासहित विकास गरिने भएको छ । 

काठमाडौं उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी नदी किनाराका अतिक्रमित भूमि खाली गराइने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

विपन्‍न समुदायका फुस तथा खरका छाना भएका आवासलाई जस्तापाताको छानाले प्रतिस्थापन गर्दै लगिने भएको छ । अपांगता भएका व्यक्ति, असहाय तथा एकल महिला एवं जेष्ठ नागरिकलाई लक्षित गरी आवास विशेष पार्क र उद्यान निर्माण गरिने छ ।

काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भूभागका ठूला शहरको फोहरमैला दिगो र निर्बाध व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गर्ने भनिएको छ । स्थानीय तहहरुलाई फोहरमैला व्यवस्थापन र बहुउपयोगका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

शहरी तथा राजमार्ग वरिपरि यात्री, पर्यटक सेवाग्राहीको अत्यधिक चाप हुने सार्वजनिक स्थानमा निजी तथा सामुदायिक साझेदारीमा कम्तीमा एक हजार सुविधा सम्पन्‍न सार्वजनिक सौचालय र विश्रामस्थल निर्माण गर्ने पनि घोषणा गरिएको छ ।

सरकारले राजमार्गहरुमा सार्वजनिक निजी साझेदारीमा स्मार्ट रोडसाइड स्टेशन निर्माण सुरु गर्ने बताएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति