जग्गाको कित्ताकाट फुकुवा गर्ने बजेटमा घोषणा, मूल्यांकनमा कडाई गर्ने संकेत

आगामी आवमा सबै नापी, भूमिसुधार तथा मालपोत कार्यालयमा भू–सूचना प्रविधिमा आधारित अनलाइन सेवा प्रणाली कार्यान्वयनमा ल्याइने छ । यस्तै, सेवाग्राहीले विद्युतीय माध्यमबाट ट्रेस नक्सा, दृष्‍टिवन्धक, रोक्का लगायतका सेवा लिन सक्ने व्यवस्था मिलाइने अर्थमन्त्री डा. महतले बताएका छन्

367B408218B985F-icon.png
1245views
D021F3B1F935630-CEC682B54A05BAB-WhatsApp Image 2023-04-18 at 20.16.57.jpg


काठमाडौं । सरकारकाले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पुरानै अवस्थामा कित्ताकाट फुकुवा गर्ने घोषणा गरेका हुन् ।

नयाँ भूउपयोग नियमावली २०७९ जारी भएपछि देशैभर कित्ताकाट ठप्प थियो । अहिले स्थानीय तहले कृषि र गैरकृषि भनेर वर्गीकरण गरेको जग्गामात्र कित्ताकाट भइरहेको छ । तर, अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण टुंग्याउन सकेका छैनन् । 

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले भने– ‘जग्गाको कित्ताकाट फुकुवा भएपछि घरजग्गा क्षेत्रको कारोवार विस्तार हुने विश्‍वास लिएको छु ।’

घरजग्गाको खरिद विक्री मूल्यलाई यथार्थपरक, व्यवस्थित र पारदर्शी बनाउन आगामी आर्थिक वर्ष महानगरपालिका र उपमहानगरपालिकाबाट भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा गरिएको छ ।

यस्तै, सरकारले वैज्ञानिक आधारमा जमिनलाई खेतीयोग्य र अन्य प्रयोजनको लागि वर्गीकरण गर्ने व्यवस्था मिलाउने भएको छ । यस्तै, भूउपयोग योजना तर्जुमा र कार्यान्वयनमा स्थानीय तहलाई सहयोग एवं सहजीकरण गरी भूमिको वर्गीकरणलाई पारदर्शी र यथार्थपरक बनाइने छ ।

‘जग्गा प्रशासनमा सुशासन’ भन्ने नारासहित जग्गा प्रशासनसम्बन्धी कामलाई सूचना प्रविधिमा आधारित बनाउने घोषणा गरिएको छ ।

आगामी आवमा सबै नापी, भूमिसुधार तथा मालपोत कार्यालयमा भू–सूचना प्रविधिमा आधारित अनलाइन सेवा प्रणाली कार्यान्वयनमा ल्याइने छ । यस्तै, सेवाग्राहीले विद्युतीय माध्यमबाट ट्रेस नक्सा, दृष्‍टिवन्धक, रोक्का लगायतका सेवा लिन सक्ने व्यवस्था मिलाइने अर्थमन्त्री डा. महतले बताएका छन् ।

सरकारले जग्गा प्रशासनलाई मितव्ययी र व्यवस्थित बनाई एकद्वार प्रणालीबाट सेवा प्रदान गर्न नापी कार्यालय तथा मालपोत कार्यालयलाई क्रमशः एकीकृत गर्ने रणनीति लिने भएको छ ।

नापनक्सा क्षेत्रमा अत्याधुनिक लाइडर प्रविधिको प्रयोगलाई निरन्तरता दिने र मालपोत तथा नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाट प्राप्त गर्न सक्ने गरी जग्गा प्रशासनसम्बन्धी कानूनलाई परिमार्जन गर्ने पनि बजेटमा उल्लेख छ ।

नापजाँच गर्न छुट भएका गाउँ ब्लक जग्गा र दर्ता हुन छुट भएका बेनिस्साको स्वबासी जग्गाको नापजाँच तथा दर्ता गरी जग्गाधनी दर्ता प्रमाणपूर्जा उपलब्ध गराइने भएको छ । आगामी आवमा गाउँ ब्लक क्षेत्रको जग्गा नाप जाँच कार्य सम्पन्‍न गरिने छ ।

देशभरका सरकारी, सार्वजनिक, सामुदायिक तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापनका लागि एकीकृत अभिलेख तयार गर्ने र स्थानीय तह तथा स्थानीय प्रशासनबीच समन्वय गरी सार्वजनिक जग्गाको संरक्षण गर्ने अर्थमन्त्रीले घोषणा गरेका छन् । 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

339B79705BB2E37-Chamber-Pic-15-final.jpg

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव