नयाँ शहर निर्माण र शहरी पूर्वाधार विकास गर्न साढे ११ अर्ब बजेट बिनियोजन

मुख्य पर्यटकीय शहरहरू पोखरा, जनकपुर र लुम्बिनी कोरिडोरमा रहेका नगरपालिकाहरूमा एकिकृत शहरी पुर्वाधार निर्माण गर्न १ अर्ब १३ करोड  विनियोजन गरिएको छ । 

367B408218B985F-icon.png
321views
E67A1333746744C-Dr-Prakash-Sharan-Mahat_3-1024x630.jpg

काठमाडौं । सरकारले देशका विभिन्‍न ठाउँमा अगाडि बढाइएका नयाँ शहर आयोजना, सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माणाधीन शहरी पूर्वाधार आयोजना र पर्यटकीय शहरका कोरिडोरमा रहेका नगरपालीकाहरुमा शहरी पूर्वाधार निर्माण गर्न ११ अर्ब ३६ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सुरक्षित, स्वच्छ, व्यवस्थित र आर्थिक रूपमा गतिशील शहर निर्माणका लागि गुणस्तरीय शहरी पूर्वाधार सेवा तथा सुविधा उपलब्ध गराउने गरी शहरी विकासतर्फको बजेट केन्द्रित गरेको बताए ।

बसन्तपुर, खुर्कोट, चौरजहारी, बैतडी–पाटन लगायतका नयाँ शहर आयोजनाको पूर्वाधार निर्माण कार्यका लागि २ अर्ब १९ करोड विनियोजन गरिएको छ । यस्तै, सुर्खेत जिल्लाको भेरीगंगा उपत्यकाको एकीकृत शहरी विकासको गुरुयोजना तर्जुमा गरी निर्माण कार्य अगाडि बढाउने पनि अर्थमन्त्री महतले घोषणा गरेका छन् । 

यस्तै, सघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माणाधीन शहरी पूर्वाधार आयोजना सम्पन्‍न गर्न ८ अर्ब ४ करोड विनियोजन गरिएको छ । यसअन्तर्गत सघन वस्ती भएका नगर क्षेत्रमा सडक, ढल निर्माण लगायतका पूर्वाधार विकासका कार्यक्रम सञ्‍चालन गरिने अर्थमन्त्री महतले बताए ।

मुख्य पर्यटकीय शहरहरू पोखरा, जनकपुर र लुम्बिनी कोरिडोरमा रहेका नगरपालिकाहरूमा एकिकृत शहरी पुर्वाधार निर्माण गर्न १ अर्ब १३ करोड  विनियोजन गरिएको छ । 

चितवनको सौराहा क्षेत्रमा साइकल लेन निर्माण गर्ने अर्थमन्त्री महतले घोषणा गरेका छन् ।

आगामी वर्ष संसद भवन निर्माण सम्पन्‍न गर्ने

सकारले सिंहदरबारभित्र निर्माण गरिरहेको संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्‍न गर्ने लक्ष्य लिएको छ ।

भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्‍न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको अर्थमन्त्री महतले बताएका छन् । 

०७९ फागुन मसान्तसम्म संघीय संसद भवन निर्माण कार्य ६१ प्रतिशत सम्पन्‍न भएको आइतबार सार्वजनिक गरिएको ‘आर्थिक सर्वेक्षण ०७९–८०’ मा उल्लेख छ ।

Photo: Onlinekhabar

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान