घरजग्गा बिक्रीको आयमा पुँजीगत लाभकर मात्रै तिरे पुग्‍ने, अतिरिक्त आयकर तिर्नु नपर्ने

प्राकृतिक व्यक्तिले नियमित घरजग्गा कारोबार गर्दा लाभमा ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर तिरे पुग्‍ने आन्तरिक राजश्‍व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

367B408218B985F-icon.png
15841views
4B11D072E67106C-4E94C52A1ECE69C-70D2F0D62C94B87-Rajasso final.jpg

काठमाडौं । घरजग्गा तथा शेयर कारोबारबाट भएको आम्दानीमा पुँजीगत लाभकर मात्रै तिरे पुग्‍ने भएको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा घरजग्गा कारोबारबाट भएको आम्दानीमा अतिरिक्त आयकर तिर्नुनपर्ने भएको हो । 

प्राकृतिक व्यक्तिले नियमित घरजग्गा कारोबार गर्दा लाभमा ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर तिरे पुग्‍ने आन्तरिक राजश्‍व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
‘हामीले अतिरिक्त कर तिर्नुपर्ने व्यवस्था गरेकै थिएनौं, साविककै व्यवस्था कायम छ’ महानिर्देशक मैनालीले भने, ‘तैपनि करको बिषयमा लगानीकर्तामाझ द्बिविधा सिर्जना भएपछि प्रस्ट पारेका हौं ।’ 

घरजग्गा र शेयर किनबेचमा एउटै करनीति लागू छ । दुबै कारोबारको लाभमा ५ वा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । त्यो नै अन्तिम कर हो ।

आगामी वर्षको बजेटमार्फत पुँजीगत लाभकरका अतिरिक्त आम्दानीमा कर लगाउने व्यवस्था गरेपछि शेयरका लगानीकर्ताहरुले सरकारको निर्णयविरुद्ध आन्दोलित भएका थिए । शेयर कारोबार नै बन्द गराएर लगानीकर्ता आन्दोलित भएपछि आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. प्रकाशशरण महत र सेयर बजारका लगानीकर्ताबीच छलफल भएको थियो ।

छलफलमा अर्थमन्त्री महतले पुँजीगत लाभकर नै अन्तिम कर हुने बताएका थिए । शेयर र घरजग्गा कारोबारको लाभमा एउटै करको व्यवस्था रहेको विभागका महानिर्देशक मैनालीले बताए ।
आर्थिक विधेयकमा के छ ?

आर्थिक विधेयक ०८० को दफा २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था गरेपछि लगानीकर्ता तर्सिएका थिए ।

दफा २९ मा भनिएको छ, ‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आव ०७६/७७ देखि ०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर एैन, २०५८ बमोजिम लाग्‍ने करको ५० प्रतिशत रकम २०८० चैत मसान्तभित्र दाखिला गरेमा सोमा लाग्‍ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ ।’

यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिले सो भन्दा अघिल्ला आर्थिक वर्षहरुको कर, शुल्क र ब्याज मिनाहा गर्ने विधेयकमा उल्लेख छ ।

आर्थिक विधेयकमा गरिएको देहायका व्यवस्थाका बारेमा स्पष्‍ट पार्दै आन्तरिक राजश्‍व विभागका महानिर्देशक मैनालीले भने, ‘यो कुनै वाध्यकारी व्यवस्था होइन, कारोबारीकै सुविधाका रुपमा लिइएको हो ।’ 

सम्पत्ती बैध बनाउने अवसर

घरजग्गा कारोबार शेयरभन्दा अलि फरक रहेको छ । शेयरको कारोबार पारदर्शी भएपनि नेपालमा घरजग्गा कारोबार अझै पारदर्शी हुन सकेको छैन । विभागका महानिर्देशक मैनालीका अनुसार घरजग्गा कारोबारमा थुप्रै समस्या छन् ।

‘यदि कसैले घरजग्गा कारोबारबाट राम्रै धन आर्जन गरेको छ, तर पुरै लाभको पुँजीगत कर तिर्ने गरेको छैन भने भोली उ सम्पत्ति सुद्धिकरण लगायतमा तानिन सक्ने अवस्था आउन सक्छ, किनभने उसँग जस्टिफाइ नहुने धेरै सम्पत्ति रहेको हुन्छ’ नाम नबताउने सर्तमा एक चार्टर्ड एकाउन्टेन्टले भने, ‘त्यस्तो अवस्थामा पछिल्लो तीन वर्षको आम्दानी घोषणा गरेर आयकर बुझाई चोखिन पाउने मौका मिलेको छ ।’ 

त्यसभन्दा अघिल्ला वर्षहरुमा घरजग्गा कारोबारबाट गरेको आम्दानीको आयकर, शल्क र ब्याज मिनाहा गरिदिने आर्थिक विधेयकमै व्यवस्था गरिएको छ । ‘हामीले कारोबारीलाई थप सुविधा दिएका हौं, तर यहाँ आयकर तिर्नैपर्ने व्यवस्था गरेको भन्दै प्रचार भयो’ महानिर्देशक मैनालीले भने, ‘यस विषयमा हामीले प्रष्‍ट पारिसकेका छौं ।’

नेपालमा दर्तावाला रजिष्‍टर्ड ब्रोकरभन्दा व्यक्तिगत तरिकाले व्यवसायिक रुपमा घरजग्गा कारोबार गर्नेको संख्या धेरै छ । घरजग्गा कारोबार पारदर्शी पनि छैन, यस क्षेत्रमा धेरै समस्या छन्, उनीहरुले घरजग्गा खरिद बिक्री गरिरहेका छन्, उनीहरुको नाममा पैसा/सम्पत्ति पनि थपिँदै गइरहेको छ, तर कर तिरेको हुँदैन ।

उदाहरणका लागि, कुनै पनि घरजग्गा बिक्रेताले सरकारलाई बुझाउनुपर्ने पुँजीगत लाभकरबाट जोगिन एक करोडमा बिक्री गरेको घरजग्गाको थैली रकम १५–२० लाख रुपैयाँमात्र राखेको हुन्छ । यस्तो अवस्थामा सरकारले मोटो रकम पुँजीगत लाभकर गुमाउन पुग्छ । 

यस्तो अवस्थामा सम्पत्ति शुद्धीकरण आकर्षित हुने र अरु झैझमेला पनि आइलाग्‍न सक्ने महानिर्देशक मैनालीको भनाई छ । यदि कसैले पनि अवैध रूपमा घरजग्गाबाट सम्पत्ति आर्जन गरेको छ भने उसले आफ्नो सम्पत्ति स्वघोषणा गरेर तीन आर्थिक वर्षको आयकर तिरेर बैध बनाउन पाउने अवसर पाएको छ । 

अर्थात्, घरजग्गा कारोबारीहरुलाई पनि एक पटक अवैध रुपमा आर्जन गरेको आम्दानीलाई बैध बनाउने अवसर दिइएको बताइन्छ । घरजग्गा कारोबारीले आफ्नो आम्दानी स्वघोषणा गरी तीन वर्षको आयकर तिरे पुग्छ ।

आव ०७६/७७ भन्दा अघि जतिसुकै कमाई गरे पनि माफी पाउने व्यवस्था आर्थिक विधेयकमै गरिएको छ । यो सुविधा कायमै रहेको महानिर्देशक मैनालीले बताए ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान