यी हुन् सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने १२ मालपोत कार्यालय (ग्राफिक्ससहित)

देशभर रहेका १२६ मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा पुर्वी नेपालकै मालपोत कार्यालयको बाहुल्यता देखिन्छ ।

367B408218B985F-icon.png
6341views
BD6F306C9069F5C-Land-Plooting-final.jpg

काठमाडौं । सबैभन्दा धेरै घरजग्गा खरिद बिक्री हुने मालपोत कार्यालयमा पूर्वको इनरुवा अग्रस्थानमा रहँदा मनाङ मालपोत सबैभन्दा पछाडि रहेको छ । 

गएको आर्थिक वर्ष ०७९/८० मा सुनसरीको इनरुवा मालपोतबाट करिव २० हजार घरजग्गाको लिखत पारित हुँदा मनाङ र सिर्दिवास मालपोत कार्यालयबाट जम्मा २१/२१ वटा लिखत पारित भएका छन् ।

देशभर रहेका १२६ मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा पुर्वी नेपालकै मालपोत कार्यालयको बाहुल्यता देखिन्छ । पश्‍चिम नेपालको बाँके जिल्ला पनि रियल इस्टेटको हटस्पट बन्‍न थालेको छ ।

भूमि व्यवस्थापन विभागका अनुसार, एक वर्षमा १७ हजार ५६४ घरजग्गा किनबेच गराइ बाँकेको नेपालगञ्‍ज मालपोत कार्यालय दोस्रो नम्बरमा परेको छ । तेस्रोमा मोरङको बेलवारी मालपोत कार्यालय रहेको छ, जहाँ वर्षमा १६ हजार ४४९ घरजग्गाको लिखत पारित भएका छन् ।

धनुषाको जनकपुर मालपोतले वर्षमा १६ हजार ११६ घरजग्गा किनबेच गराइ चौथो बन्दा झापाको भद्रपुर मालपोत कार्यालय १२ हजार ८७० घरजग्गा किनबेच गराई देशकै प्रमुख पाँच मालपोतमा दहरिन पुगेको छ ।

आव ०७९/८० मा धेरै घरजग्गा किनबेच हुने प्रमुख १२ मालपोत

सातौंमा तौलिहवा 

छैठौं नम्बरमा रहेको सप्तरीको राजविराज मालपोत कार्यालयबाट १२ हजार ५१८ घरजग्गा किनबेच भएका छन् भने कपिलवस्तुको तौलिहवा मालपोतबाट ११ हजार ३३८ घरजग्गा किनबेच भई सातौं नम्बरमा छ ।

पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पाका मानिसहरु बसाई सरेर तराई झर्ने जिल्ला कपिलवस्तुमा घरजग्गा कारोबारमा उछाल आइरहेको देखिन्छ । 

कुनै समय सर्वाधिक घरजग्गा किनबेच हुने काठमाडौं उपत्यका, कास्की (पोखरा), रुपन्देहीका मालपोत कार्यालयहरु पछाडि पर्न थालेका छन् । 

उपत्यकाको ललितपुरस्थित लगनखेल मालपोतबाट वर्षमा १० हजार ७९४ घरजग्गा किनबेच भई आठौं नम्बरमा परेको छ । मोरङकै विराटनगर मालपोतबाट १० हजार ७५३ घरजग्गा किनबेच हुँदा देशकै प्रमुख १० मालपोतभित्र पर्न सकेको छ ।

भक्तपुरबाट १० हजार ७१३, बाराको कलैयाबाट १० हजार ४३४ र काभ्रेपलाञ्‍चाेक मालपोतबाट वर्षमा १० हजार ५९ घरजग्गा किनबेच भएका छन् । माथि उल्लेखित १२ मालपोत कार्यालय वर्षमा १० हजार भन्दा बढी घरजग्गा किनबेच गराउनेमा पर्छन् । 

जिल्लामा मोरङ पहिलो

सबैभन्दा धेरै घरजग्गा किनबेच गर्नेमा सुनसरीको इनरुवा मालपोत पहिलो भए पनि जिल्लागत आधारमा मोरङ पहिलो बनेको छ ।

गत आर्थिक वर्षमा मोरङबाट करिव ३१ हजार घरजग्गा किनबेच भएका छन् । काठमाडौं जिल्लामा रहेका ६ वटा मालपोत कार्यालयबाट २४ हजार ८३७ घरजग्गा किनबेच हुँदा दोस्रो बनेको छ ।

यस्तै, सुनसरी जिल्लामा २३ हजार ५४५, झापामा २१ हजार ९७८, दाङमा २१ हजार ९२५, बाँकेमा १७ हजार ५६४, चितवनमा १७ हजार १६, सिराहामा १६ हजार ५५०, धनुषामा १६ हजार ११६, सप्तरीमा १५ हजार २१३ घरजग्गा किनबेच भएका छन् ।

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

54A48C347EAAC81-home-insurance.jpg

शहरमा घरको नक्सा स्वीकृति गर्दा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गर्न खनाल आयोगको सुझाव

019ED0F5CF2C032-488054221_1066312985525237_3893123713646160684_n.jpg

अंशबण्डा गर्दा जग्गा नटुक्रिने गरी तल्लाहरु बाँड्न सुझाव, कित्ताकाटमा कडाई गर्नु