काठमाडौं महानगरले उठायो १० अर्ब २५ करोड राजस्व, करिव लक्ष्य नजिक

367B408218B985F-icon.png
625views
1B0734DB214655E-D8CAB548150DB82-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष ०७९/०८० मा १० अर्ब २५ करोड ४१ लाख रूपैयाँ राजस्व असुल गरेको छ ।

कामपाले गत आवको लागि दश अर्ब ४१ करोड  रूपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले संघ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ ।

आव ०७८/०७९ मा कामपाले दश अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी एक अर्ब ३६ करोड बढी असुल भएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।

जसमा सबैभन्दा बढी बहाल करमा दुई अर्ब ५६ करोड असुल भएको छ, त्यस्तै सम्पत्ती करमा एक अर्ब आठ करोड, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताए ।

त्यस्तै, नक्शापास दस्तुरबाट १० करोड ११ लाख भन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो ।

आव ०७८/७९ मा जम्मा चार अर्ब ४६ करोड आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव ०७९/८० मा पाँच अर्ब ८२ करोड राजस्व उठाउन सफल छ ।

कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।

'गत आवमा बाँडफाँटबाट कामपाले एक अर्ब ८५ करोड पाएको छ,' राजश्व विभाग प्रमुख काफ्लेले भने, ‘अघिल्लो वर्षको तुलनामा एक अर्ब ६८ करोड ९४ लाखले कमी हो, अघिल्लो वर्ष करिब तीन अर्ब ५५ करोड रूपैयाँ प्राप्त गरेको थियो ।’

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

0FA69C57371CD41-C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब राजश्‍व संकलन

BAED24939FF09B3-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

धेरै राजश्व संकलन गर्ने प्रमुख पाँच मालपोत कार्यालय काठमाडौं उपत्यकाकै

5821D185711C8B0-26DC82D5F722931-20240610_131435.jpg

मार्बल र ग्रेनाइटका ढिक्कामा भन्सार महशुल घटायो, स्वदेशी उद्योग फस्टाउने