सरकारले भक्तपुरमा आकर्षक घडेरीहरू बिक्री गर्दै, आनाको मूल्य कति ?

आयोजनामा न्यूनतम तीन आना एक पैसा दुई दामदेखि पाँच आना तीन पैसा दुई दाम क्षेत्रफलसम्मका घडेरी बिक्रीमा राखिएको छ, जसको मूल्य प्रतिआना ४५ लाखदेखि ६८ लाख २५ हजार रुपैयाँसम्म न्यूनतम मूल्य तोकिएको छ ।

367B408218B985F-icon.png
55645views
156D7032765C8A8-Dibyshwori-3-finla.jpg

काठमाडौं । सरकारले भक्तपुरमा चौडा सडकयूक्त सुविधा सम्पन्न विकसित घडेरीहरु बिक्री गर्न लागेको छ । काठमाडौं उपत्यका विकास प्राधिरण (केभिडिए)ले सार्वजनिक बोलपत्र आह्वान गरी ‘दिव्येश्वरी जग्गा एकीकरण आयोजना’ विकसित घडेरी बिक्री गर्न लागेको हो ।

यो आयोजना साविकको भक्तपुरको थिमी नगरपालिका–१७ (हाल वार्ड नं. २) मा रहेको छ । प्राधिकरणले आयोजनामा विभिन्न क्षेत्रफलका ११ वटा घडेरी बिक्री गर्न लागेको बोलपत्रमा उल्लेख गरेको छ ।

आयोजनामा न्यूनतम तीन आना एक पैसा दुई दामदेखि पाँच आना तीन पैसा दुई दाम क्षेत्रफलसम्मका घडेरी बिक्रीमा राखिएको छ, जसको मूल्य प्रतिआना ४५ लाखदेखि ६८ लाख २५ हजार रुपैयाँसम्म न्यूनतम मूल्य तोकिएको छ ।

आयोजनाभित्र ६ मिटरदेखि ११ मिटरसम्म चौडा सडक रहेको छ । आयोजनामा सबैभन्दा सस्तो घडेरीको मूल्य एक करोड ५१ लाख ८९ हजार रहेको छ भने सबैभन्दा महंगो घडेरीको मूल्य तीन करोड ८३ हजार रुपैयाँ रहेको छ ।

प्राधिकरणले घडेरी बिक्री गर्नका लागि ३० दिनको म्याद राखेर ३१ साउनमा सार्वजनिक बोलपत्र आह्वान गरेको हो । विकसित घडेरी खरिद गर्नका लागि तीन हजार रुपैयाँ शुल्क तिरेर प्राधिकरणको काठमाडौं जिल्ला आयूक्तको कार्यालय वा आयोजनाको साइट कार्यलयबाट खरिद गरी दरखास्त दिनुपर्नेछ ।

दरखास्त दिँदा आफुले कवोल गरेको अंकको १० प्रतिशतले हुने रकम दिव्येश्वरी जग्गा एकीकरण आयोजनाको नाममा सिद्धार्थ बैंकको तीनकुने साखामा रहेको खाता नम्बर ०१७१५३४२५१७ मा दाखिला गरी सोको सक्कल भौचर र नागरिकताको प्रतिलिपि संलग्न राखी बोलपत्र आह्वन गरेको मिति (३१ साउन)को ३१औं दिन दिउँसो १२ बजेसम्म गोप्य शिलवन्दी बोलपत्र फारम आयोजनाको साइट कार्यलय दिव्येश्वरी भक्तपुरमा पेश गर्न भनिएको छ ।

प्राप्त बोलपत्रहरु सोही दिनको दुई बजे आयोजनाको साइट कार्यालयमा खोलिने बताइएको छ । 

दिव्येश्वरी जग्गा एकीकरणा आयोजनामा बिक्रीमा राखिएका घडेरीको विस्तृत विवरण


 

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

1526E8ECC1A35D1-Marpha-2-houses-edit.jpg

स्याउको बगान, प्राचीन घर र बास्तुकलाले पर्यटकीय हब बन्दै मार्फा

485FFC3CA47B01F-migration.jpg

बढ्दै छ मूलथलो छाडी बसाइँ सर्नेको दर, बागमती प्रदेश पहिलो रोजाइमा

A6CBA28C0DB3921-EU.jpg

युरोपमा भाडाको घरमा बस्नेहरु सबैभन्दा धेरै जर्मनीमा, कुन देशमा कति ?