काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा काठमाडौं महानगरपालिकाले ६५ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम गत आवको साउनको तुलनामा करिव सवा २० करोड रुपैयाँ बढी हो ।
गत आवको साउनमा महानगरले ४५ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । महानगरले आव ०७७÷७८ को साउनमा २६ करोड ३९ लाख, आव ०७८÷७९ को साउनमा ४३ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।
महानगरका अनुसार सबैभन्दा धेरै राजश्व घरबहाल करबाट ३१ करोड ६० लाख र सम्पत्ति करबाट १२ करोड ५८ लाख प्राप्त भएको छ ।
महानगरले भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ शुल्क, सिफारिस दस्तुरलगायत शिर्षकमा राजश्व संकलन गर्दै आएको छ ।