भारतीय बजारमा नेपाली सिमेन्ट निर्यातका लागि चौधरी ग्रुप र अदानी ग्रुपवीच रणनीतिक साझेदारी

अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको छ । 

367B408218B985F-icon.png
4574views
85C47419600D115-News2.jpg

काठमाडौं । नेपालको चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच दुई देशवीचमा सिमेन्ट विजनेशको अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सहमति भएको छ । 

नेपाल र भारतवीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट विजनेशमा नयाँ अध्याय शुरू गरेका हुन् । नेपालसँग सिमा जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्‍नति र प्रगतीप्रतिको अटल समर्पणलाई दर्शाउँछ । 

यस अवसरमा चौधरी ग्रुपका प्रबन्धनिर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’ प्रवन्ध निर्देशक चौधरीले भने । 

नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउदै दुवै व्यापारिक समुहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । साझा मुल्य मान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समुहले लिएका छन् ।

प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यवसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे । उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्व दिई भूमिका खेलेकेमा र अटल समर्थनको लागि आभार व्यक्त गरे । 

हालैमात्र वरुण चौधरी माल्दिभ्समा रहँदा परेको गम्भिर दुर्घटनाको समयमा गौतम अदानीले गरेको सहयोगले उनको जीवनमा ठुलो महत्व राखेको कुरा पनि स्मरण गरेका छन् । 

अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको छ । 

चौधरी ग्रुप दशकौँदेखि औद्योगिक र व्यापारिक विरासत बोकेको नेपालको प्रतिष्ठित औद्योगिक घराना हो । एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्स लगायतका क्षेत्रहरुमा बलियो उपस्थितिका साथ चौधरी ग्रुप नेपालको आर्थिक वृद्धि र विकासमा समर्पित रहदै आएको छ ।
 

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

30A061DD36AB2FC-HvvJI0lH-Mining_36-3.jpg

निर्माण क्षेत्र जुर्मुराउँदा खानी तथा उत्खनन् उद्योगसम्म तरङ्गित

122372EF269AFAE-Blog-Image02-940x630px.jpg

के तपाईंलाई थाहा छ, घर निर्माण अनुमतिका सात प्रकृयाहरु ?

E7EE0E75BD6A756-G Ramayana Hotel.jpg

रोयल थिम’सहित जी–रामायण होटल सञ्‍चालनमा