९० मालपोतमा लागू भयो ‘पब्लिक एक्सेस मोडल’, के हुन् यस प्रणालीका विशेषता ?

यो प्रणाली ०७७ सालदेखि कार्यान्वयनमा आएको हो । क्रमशः अरु मालपोत कार्यालयमा पनि पाम प्रणालीमार्फत सेवा प्रवाह गर्दै जाने भूमि विभागले जनाएको छ ।

367B408218B985F-icon.png
1442views
A4FB34F58B1A8A0-Bhumi-Bivag-final.jpg

काठमाडौं । सेवाग्राहीले आफु अनुकूल तरिकाले इन्टरनेटको माध्यमबाट सहजतापूर्वक जग्गाको कारोबारका लागि अनलाइनबाट निवेदन दिन सकिने गरी ‘पब्लिक एक्सेस मोडल (पाम) प्रणाली विकास गरिएको छ । 

अहिलेसम्म यो प्रणालीमार्फत सेवा सञ्चालन भएका मालपोत कार्यालयको संख्या ९० पुगिसकेको छ । अझै तीन दर्जनभन्दा बढी मालपोत कार्यालयमा ‘पाम’ सञ्‍चालनमा आउन सकेको छैन । 

‘पाम’ ०७७ सालदेखि कार्यान्वयनमा आएको हो । क्रमशः अरु मालपोत कार्यालयमा पनि पाम प्रणालीमार्फत सेवा प्रवाह गर्दै जाने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

यस प्रणालिको माध्यमबाट भू–सेवा केन्द्रको संचालन तथा व्यवस्थापन समेत गरिएको छ । यस प्रणालीको माध्यमले जग्गाधनीले आफ्नो हक स्वामित्वमा भएको घरजग्गा (अचल सम्पत्ती) को हक हस्तान्तरण गर्न आवश्यक पर्ने लिखत तथा निवेदन आफ्नो घर वा आफुलाई पाएक पर्ने भू–सेवा केन्द्रमार्फत अनलाईन नै भरेर भराई सम्बन्धित भूमिसुधार तथा मालपोत कार्यालयमा पेश गर्न र प्रणालीबाटै लिखत निवेदन प्रिन्ट गर्न सक्दछन् । 

यसका प्रणालिका विशेषताहरु

- वेवमा आधारित भएको हुँदा इन्टरनेट भएको जुनसुकै स्थानबाट जग्गा प्रशासनका लागि आवश्यक निवेदन तथा फारम अनलाइन भर्न सक्ने ।

- सातै दिन चौबिसै घण्टाको सुविधा 

- भूमि प्रशासनको प्रकृयाका सम्बन्धमा जानकारी राख्ने ब्यक्ति संस्था तथा स्थानीय निकायले मालपोत नियमावली २०३६९छैठौ संशोधन० तथा भू–सेवा केन्द्र संचाल निर्देशिका, २०७६ बमोजिम अनुमति पत्र लिइ फारम भर्ने भराउने कार्य गर्ने सक्ने ।

- एउटै कार्यालयमा धेरै प्रयोगकर्ता मार्फत निवेदन दर्ता गर्न सकिने भएकोले कार्य सम्पादनमा छिटो छरितो हुने ।

- प्रणालिबाट अनलाईन निवेदन तथा फारम भरे पश्‍चात आवश्यक लिखत तथा निवेदन प्रिन्ट गर्न सकिने भएकोले हस्तलिखत निवेदन फारम तयार गर्नु नपर्ने ।

यो प्रणाली कसले चलाउन सक्छन ?

- जसले जग्गाको कारोबारको व्यवसाय गर्न चाहन्छन,

- जसलाई भूमी सम्वन्धी आधारभूत जानकारी रहेको छ,

- जोसँग इन्टरनेट सुबिधा उपलब्ध छ,

- जसले इन्टरनेटमार्फत वेब एप्लिकेसन चलाउन सक्छन,

- जोसँग प्रणाली संचालनको लागि भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ ले तोकिदिए अनुसार आवश्यक पुर्बाधारहरु छन्,

- जसले प्रणाली संचालनको लागि अनुमति पाएका छन् ।

यसका प्रणालीका प्रयोगकर्ताहरु

क) पटके प्रयोगकर्ता

यूजर नेम र पासवर्ड नलिई जग्गाधनी आफैले एक पटकको लागि आफ्नो हक स्वामित्वमा भएको अचल सम्पतिको हक हस्तान्तरण गर्न अनलाइन प्रणालीमा पहुँच प्राप्त गरी निवदेन तथा फारम भर्न सक्ने प्रयोगकर्तालाई ‘पटके प्रयोगकर्ता’ भनिन्छ।

ख) साधारण प्रयोगकर्ता

आफ्नो घरजग्गासँग सम्बन्धित विवरण हेर्न र अनलाइन निवेदन फारम भर्नको लागि भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ बमोजिम शुल्क दस्तुर तिरी यूजर नेम र पासवर्ड प्राप्त गरेका जग्गाधनीलाई ‘“साधारण प्रयोगकर्ता’ भनिन्छ।

ग)  भू–सेवा केन्द्र प्रयोगकर्ता

मालपोत नियमावली, २०३६ ९छैठौ संशोधन० परिच्छेद ६ (क) सेवा केन्द्र सम्बन्धी व्यवस्था बमोजिम अनुमति प्राप्त सेवा केन्द्रलाई सम्झनुपर्छ  । यस अन्तरगत व्यक्ति, संस्था र स्थानीय तह पर्छन । 

यस प्रणालीबाट प्रदान हुने सेवाहरु

- अनलाईन प्रणालीमा उपलब्ध भएका निवेदन तथा फारम भर्ने,

- कार्यालयमा पेश गरिने निवेदन तथा लिखतको लागि आवश्यक कागजातहरु प्रणालीमा अपलोड गर्ने,

- निवेदन र फारम भू(सूचना प्रणालीमा दर्ता गरी त्यस्ता निवेदन र फारम प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराउने,

- जग्गा प्रशासन सम्बन्धी आवश्यक सूचना सेवाग्राहीलाई प्रदान गर्ने,

- समय–समयमा मन्त्रालय वा विभागले सूचना गरी तोकेका अन्य सेवाहरु प्रदान गर्ने ।    

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

0FA69C57371CD41-C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब राजश्‍व संकलन

BAED24939FF09B3-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

धेरै राजश्व संकलन गर्ने प्रमुख पाँच मालपोत कार्यालय काठमाडौं उपत्यकाकै

5821D185711C8B0-26DC82D5F722931-20240610_131435.jpg

मार्बल र ग्रेनाइटका ढिक्कामा भन्सार महशुल घटायो, स्वदेशी उद्योग फस्टाउने