हाँडीगाउँ क्षेत्रमा ५० फिटभन्दा अग्लो घर बनाउन नपाइने

त्यहाँको लिच्छिविकालीन सभ्यता झल्काउने उपत्यकाकै नगर सभ्यताको केन्द्र पनि मानिन्छ ।

367B408218B985F-icon.png
1342views
E3C89152D1EE268-Hadi-gaun-final.jpg

काठमाडौं । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा !’ यो उखान हामीले सानैदेखि सुन्दै र भन्दै आएको हो । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलीपल्ट मनाइने हाँडीगाउँको जात्रा रथको आकार र त्यसमा प्रयोग हुने सामाग्रीका कारण पृथक मानिन्छ ।

हाँडीगाउँ खाली जात्राका कारण मात्रै पृथक र चर्चामा रहिरहने होइन । हाँडीगाउँ आफैमा लिच्छिविकालीन सभ्यता झल्काउने उपत्यकाकै नगर सभ्यताको केन्द्र पनि मानिन्छ । आधुनिक सहरीकरण र संस्कृतिले कमजोर बन्दै गएको हाँडीगाउँको पुरानो सभ्यता बचाउन काठमाडौं महानगरपालिका सक्रिय बनेको छ ।

अब काठमाडौंको हाँडीगाउँ क्षेत्रमा अग्लो घर बनाउन नपाइने भएको छ । ५० फिटभन्दा अग्ला घर बनाउन नपाइने गरी हाँडीगाउँ गुरुयोजना तयार गरिएको छ ।

उपत्यकाकै केन्द्र मानिने हाँडीगाउँको सांस्कृतिक जीवन्तता बचाउन बनाइएको गुरुयोजनामा अग्ला घर तथा भवन निर्माणमा रोक लगाउने व्यवस्था समेटिएको छ । 

काठमाडौं महानगरले ५० फिटभन्दा होचा घर तथा भवन निर्माणका लागि लाग्‍ने नक्सा पास दस्तुरमा समेत ९० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

शनिबारमात्रै हाँडीगाउँ क्षेत्रलाई व्यवस्थित गर्न सरोकारवालाबीच सांस्कृतिक, सामाजिक, वातावरणीय, पूर्वाधारलगायत विभिन्‍न पक्षबाट छलफल तथा विमर्श गरिएको थियो । सो कार्यक्रममा आर्कीटेक्टहरू पद्मसुन्दर महर्जन र सबिना तुलाधरले आफ्नो कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

धार्मिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक महत्वका भित्री सहरी क्षेत्रलाई मानवकेन्द्रित क्रियाकलापमा अभ्यस्त बनाउँदै लैजाने महागनरको तयारी छ । 

सांस्कृतिक र सामाजिक क्रियाकलाप हुने स्थानमा सवारीसाधनको सहज पहुँचले मानिसहरू मठमन्दिर जाँदा, स्वस्थ जीवनका लागि खेलकुदमा जाँदासमेत मोटरको प्रयोग गरिदिँदा प्राचीन स्मारक क्षेत्रको मौलिकपनमा खतरा बढाएको सरोकारावालाको ठहर छ 

हाँडीगाउँ क्षेत्रको वातावरणीय सुधार गर्न वल्र्ड कार फ्री डे ५ असोज ०८० का दिन सवारी निषेध कार्यक्रम सञ्‍चालन गरिने भएको छ ।

शनिबार कार्यपत्र प्रस्तुत गर्दै महर्जन र तुलाधरले हाँडीगाउँको पुनरुत्थानका लागि अझै पनि काम गर्न सकिने र प्राचीन स्वरूपलाई फर्काउन सकिने धारणा राखेका थिए । 

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

1526E8ECC1A35D1-Marpha-2-houses-edit.jpg

स्याउको बगान, प्राचीन घर र बास्तुकलाले पर्यटकीय हब बन्दै मार्फा

485FFC3CA47B01F-migration.jpg

बढ्दै छ मूलथलो छाडी बसाइँ सर्नेको दर, बागमती प्रदेश पहिलो रोजाइमा

A6CBA28C0DB3921-EU.jpg

युरोपमा भाडाको घरमा बस्नेहरु सबैभन्दा धेरै जर्मनीमा, कुन देशमा कति ?