पौने दुई अर्ब खर्चिएर क्यानले बनायो सिनामंगलमा ‘आलिसान महल'

एनोट आर्किटेक्चर एण्ड आर्किटेक्टले डिजाइन गरेको ११ तलाको यो भवन बाहिरबाट जति आकर्षक देखिन्छ, भवनभित्रको इन्टेरियर र त्यहाँ उपलब्ध सुविधाहरु कुनै भव्य तारे होटेलको भन्दा कम छैन । 

367B408218B985F-icon.png
20076views
EF7C7C214F2E03E-2-final.jpg

काठमाडौं । तिनकुनेबाट एयरपोर्टतर्फ जाँदै गर्दा सिनामंगल चोक कट्ने वित्तिकै देब्रेतर्फ भिरालो ठाउँमा अनौठो खालको भवन देखिन्छ । सिसैसिसाले सजिएको भव्य भवन देख्‍ने वित्तिकै तपाइँलाई लाग्‍न सक्छ– ‘एयरपोर्ट नजिकै तारे होटल बन्दै रहेछ ।’

बिल्कुल भिन्न डिजाइनमा तयार भएको भवनले जो कोहीको ध्यान खिच्‍न सक्छ । त्यो बाटो हुँदै यात्रा गर्नेहरुले एक पटक भवनतर्फ नजर लगाएकै हुन्छन् । आठ वर्षअघि निर्माण सुरु भएर स्ट्रक्चरले आकार लिएदेखि नै यो भवनले कौतुहलता जगाइरहेको छ । किनभने, भवनको बाहिरी डिजाइन नै आकर्षक र फरक छ । 

यो कुनै तारे होटल होइन । न कुनै ठूलो घरानाको कर्पोरेट अफिस नै हो । बैंकले बनाएको मुख्यालय (हेडअफिस) त हुँदै होइन । यो उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को मुख्यालय हो ।

क्यानले करिव दुई अर्ब रुपैयाँ खर्चिएर बनाएको मुख्यालय आज (शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच बजे उद्घाटन गर्दैछन् । 

एनोट आर्किटेक्चर एण्ड आर्किटेक्टले डिजाइन गरेको ११ तलाको यो भवन बाहिरबाट जति आकर्षक देखिन्छ, भवनभित्रको इन्टेरियर र त्यहाँ उपलब्ध सुविधाहरु कुनै भव्य तारे होटेलको भन्दा कम छैन । 

भवनलाई अपांगमैत्री बनाइएको छ । भवनसम्म पुग्‍न पनि ह्वीलचेयरमा आउजाउ गर्न मिल्ने गरी अतिरक्त बाटो बनाइएको छ । हरेक तलामा ट्वाइलेट पनि अपांगमैत्री छन् । 

क्यानका विभिन्‍न निकायहरुलाई एकीकृत गर्न पनि ठूलो अफिस निर्माण गरिएको हो । क्यानका एरोड्रम, इञ्जिनियरिङ विभाग लगायत नयाँ भवनमा सरिसकेका छन् ।

यो भवन ०७२ सालदेखि निर्माण सुरु गरिएको थियो, तर भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायत विविध कारणले समयमै निर्माण हुन सकेन । भवन निर्माणको जिम्मेवारी तुण्डी रसुवा जेभीले निर्माण गरेको हो । 

चार रोपनी दुई आना क्षेत्रफलमा निर्माण गरिएको नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्ने क्यानले जनाएको छ । भवनमा सहज आउजाउका लागि चारवटा लिफ्ट जडान गरिएको छ ।

भवन परिसरमा झन्डै सयवटा गाडी र डेढ सयभन्दा बढी मोटरसाइकल पार्किङ गर्न मिल्छ ।

भवनमा पुग्‍नुअघि पानीका फोहोरा (वाटर फाउन्टेन)ले स्वागत गर्छ । भवनको मुल प्रवेशद्धारमा मान्छे पुग्‍ने वित्तिकै आफै खुल्ने र बन्द हुने सेन्सर जडित सिसाको ढोका छ । भवनलाई भव्य र बिलासी बनाउन डिजाइनमा कुनै कसर बाँकी राखिएको छैन ।

हरेक तलामा सिसाको पार्टेसन छ । सातौं तलामा रहेको महानिर्देशकको कार्यकक्ष छ । सातौं तलामा सञ्चालक समितिको कार्यकक्ष र दुईवटा मिटिङ हल पनि छ ।

यस्तै, भवनमा पत्रकार सम्मेलनलगायत विभिन्‍न प्रयोजनका लागि करिव दुई सय जना अटाउने हल पनि छ । महानिर्देशकले भिभिआइपीहरुसँग मिटिङ गर्न छुट्टै ठाउँ बनाइएको छ ।

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

30A061DD36AB2FC-HvvJI0lH-Mining_36-3.jpg

निर्माण क्षेत्र जुर्मुराउँदा खानी तथा उत्खनन् उद्योगसम्म तरङ्गित

122372EF269AFAE-Blog-Image02-940x630px.jpg

के तपाईंलाई थाहा छ, घर निर्माण अनुमतिका सात प्रकृयाहरु ?

E7EE0E75BD6A756-G Ramayana Hotel.jpg

रोयल थिम’सहित जी–रामायण होटल सञ्‍चालनमा