राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र

झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्ने पत्तो छैन ।

367B408218B985F-icon.png
622views
E3038FDC385C191-shree-scaled-e1695109436321.jpg

ललितपुर । ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ वर्ष बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन ।

झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्‍ने पत्तो छैन । संरक्षणको अभावले वरिपरी उम्रिएका घाँसहरुले भवनलाई घेरेका छन् । छेउका बोटबिरुवाहरु बढेर श्रीमहल नै ढाक्न थालेका छन् ।

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरुका लागि निर्माण गरेको श्रीमहलमा भूकम्पअघि स्थानीय विकास मन्त्रालय थियो । त्यसको केही समयपछि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको कार्यालय सञ्‍चालन भएको थियो । भूकम्पपछि स्थानीय पूर्वाधार विभाग श्रीमहल छेवैको भवनमा सरेको छ ।

भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनःनिर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो । तर, पछि प्राविधिक त्रुटि देखाउँदै हात झिकेको थियो । आफैँ निर्माण गर्छौं भनेर जिम्मा लिएको स्थानीय पूर्वाधार विभागले पनि काम गर्न नसकेपछि अहिले सहरी विकास तथा भवन निर्माण विभागलाई सुम्पिएको छ ।

स्थानीय पूर्वाधार विभागका उपसचिव प्रेमप्रसाद लुइँटेलका अनुसार चालु आर्थिक वर्षदेखि श्रीमहल पुनःनिर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागले लिएको छ । उनले भने 'श्रीमहल पुनःनिर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागलाई कागजात हस्तान्तरण गरेका छौँ । श्रीमहल पहिलेकै संरचनामा निर्माण हुने सहमति भएको छ ।'

हाल चारैतिरको भाग जीर्ण देखिएको श्रीमहलको परिसरमा पर्खाल भत्केर झरेका इँटा छरिएका छन् । भवन भूतबङ्गला जस्तै भएको छ । श्रीमहल परिसरमा आदिवासी जनजाति आयोग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनालगायत अन्य सरकारी कार्यालयका भवन छन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

30A061DD36AB2FC-HvvJI0lH-Mining_36-3.jpg

निर्माण क्षेत्र जुर्मुराउँदा खानी तथा उत्खनन् उद्योगसम्म तरङ्गित

122372EF269AFAE-Blog-Image02-940x630px.jpg

के तपाईंलाई थाहा छ, घर निर्माण अनुमतिका सात प्रकृयाहरु ?

E7EE0E75BD6A756-G Ramayana Hotel.jpg

रोयल थिम’सहित जी–रामायण होटल सञ्‍चालनमा